मुख्य समाचार
पश्चिम एसियाको युद्धले विश्वका उद्योग व्यवसायमा २५ अर्ब डलर बढीको नोक्सानी
पश्चिम एसियाको युद्धले विश्वका उद्योग व्यवसायमा २५ अर्ब डलर बढीको नोक्सानी

। इरानमाथि अमेरिका र इजरायलले सुरु गरेको युद्धका कारण विश्वभरका उद्योग व्यवसायहरूले अहिलेसम्म कम्तीमा २५ अर्ब अमेरिकी डलरभन्दा बढीको नोक्सानी बेहोरेका छन्।

अमेरिका, युरोप र एसियाका सेयर बजारमा सूचीकृत कम्पनीहरूले सार्वजनिक गरेका वित्तीय विवरणहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले सोमबार यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो।


प्रतिवेदनअनुसार विश्वका प्रमुख बजारका कम्तीमा २७९ वटा ठूला कम्पनीहरूले इरान द्वन्द्वका कारण आपूर्ति शृङ्खलामा आएको अवरोध र आकाशिएको इन्धन मूल्यलाई मुख्य कारण देखाउँदै आपतकालीन कदमहरू चाल्न सुरु गरेका छन्।

युद्धको बढ्दो लागतका कारण कतिपय कम्पनीहरूले आफ्ना उत्पादनको मूल्य बढाएका छन् भने कतिपयले उत्पादन नै कटौती गरेका छन्।



त्यस्तै, केही कम्पनीहरूले आफ्ना सेयरधनीहरूलाई दिने लाभांश र सेयर ब्याकब्याक प्रक्रिया स्थगित गरेका छन् भने कर्मचारी कटौती गर्ने, इन्धनमा अतिरिक्त शुल्क लगाउने र सरकारसँग आपतकालीन आर्थिक सहायता माग्नेसम्मका कदम चालेका छन्।

घरायसी उपकरण बनाउने प्रसिद्ध कम्पनी ‘ह्वर्लपुल’ का प्रमुख कार्यकारी अधिकृत मार्क बिट्जरले यस महिनाको सुरुमा विश्लेषकहरूसँग कुरा गर्दै यो आर्थिक मन्दी सन् २००८ को विश्वव्यापी वित्तीय संकट जस्तै रहेको बताएका छन्।

ह्वर्लपुलले आफ्नो वार्षिक नाफाको अनुमानलाई आधा घटाउँदै लाभांश वितरण समेत रोकेको छ। बिट्जरका अनुसार उपभोक्ताहरू अहिले नयाँ सामान किन्नुको साटो पुराना सामान नै मर्मत गरेर चलाउनेतर्फ लागेका छन्।

रोयटर्सका अनुसार आर्थिक प्रक्षेपण घटाउने कम्पनीहरूमध्ये सबैभन्दा ठूलो हिस्सा युरोपेली कम्पनीहरूको छ। युरोपका १३० कम्पनीहरूले आफ्नो नाफाको अनुमान घटाएका छन् भने एसियाका ६१ र अमेरिकाका ५९ कम्पनीहरू यसबाट प्रभावित भएका छन्।

विशेषगरी युरोपेली सङ्घ र बेलायतका कम्पनीहरू सबैभन्दा बढी मारमा परेका छन् । त्यसमाथि, चार वर्षअघि युक्रेन युद्ध सुरु भएपछि रुसी तेल र ग्यासको आयात बन्द गर्दा इन्धनको मूल्य पहिलेदेखि नै उच्च थियो।

प्रसिद्ध फास्टफुड चेन ‘म्याकडोनाल्ड्स’ का सीईओ क्रिस केम्पचिन्स्कीले अहिलेको मुख्य समस्या नै ग्यास र इन्धनको उच्च मूल्य रहेको बताएका छन्। त्यस्तै, ‘नेवेल ब्रान्ड्स’ का मुख्य वित्तीय अधिकारी मार्क एर्सेगले कच्चा तेलको मूल्यमा प्रतिब्यारेल ५ डलरको वृद्धि हुँदा आफ्नो कम्पनीको लागत ५० लाख डलरले बढ्ने जानकारी दिएका छन्।

‘कन्टिनेन्टल’ का कार्यकारी रोल्यान्ड वेल्जबकरले यो युद्धको वास्तविक र पूर्ण प्रभाव सन् २०२६ को दोस्रो छमाही (जुलाई–डिसेम्बर) मा अझ भयावह रूपमा देखिने चेतावनी दिएका छन्।

क्षेत्रगत रूपमा हेर्दा हवाई उड्डयन क्षेत्रले सबैभन्दा ठूलो नोक्सानी ब्यहोरेको छ, जसको युद्धसम्बन्धी लागत मात्रै १५ अर्ब डलर पुगेको छ। यसबाहेक प्रसिद्ध गाडी उत्पादक कम्पनी ‘टोयोटा’ ले ४.३ अर्ब डलर र ‘पी एन्ड जी’ ले करिब १ अर्ब डलरको खुद नाफा गुम्ने चेतावनी दिएका छन्।

इरान युद्धको यो आर्थिक परकम्प अमेरिकी अर्थतन्त्रमा पनि तीव्र रूपमा फैलिरहेको छ । यसले त्यहाँ महँगी बढाउनुका साथै उपभोक्ताका लागि इन्धनको मूल्य अत्यधिक बढाएको छ।

ब्राउन युनिभर्सिटीको ‘वाट्सन इन्स्टिच्युट’ ले सार्वजनिक गरेको अर्को छुट्टै प्रतिवेदनअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध सुरु गरेयता अमेरिकी नागरिकहरूले ग्यासोलिन र डिजेलका लागि मात्रै थप ४१.५ अर्ब डलर खर्च गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...