मुख्य समाचार
नेपाल बार एसोसियसनका अध्यक्ष विजयप्रकाश मिश्रले प्रधानन्यायाधीश सिफारिस सेटिङका लागि गरिएको गम्भीर आरोप
नेपाल बार एसोसियसनका अध्यक्ष विजयप्रकाश मिश्रले प्रधानन्यायाधीश सिफारिस सेटिङका लागि गरिएको गम्भीर आरोप

। नेपाल बार एसोसियसनका अध्यक्ष विजयप्रकाश मिश्रले प्रधानन्यायाधीश सिफारिस सेटिङका लागि गरिएको गम्भीर आरोप लगाएका छन् । मंगलबार बारको प्राङ्गणमा लालटिन बालेर सर्वोच्च प्रशासनको कामकारबाहीप्रति भद्र विद्रोह कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले सेटिङकै लागि लामो समयसम्म प्रधानन्यायाधीश बन्न सक्ने व्यक्तिको नाम सिफारिस गरिएको बताए ।




‘न्यायिक प्रक्रियालाई नबिथोल्न सरकार म आग्रह गर्न चाहन्छु । अहिले वरिष्ठताक्रम मिचेर न्यायाधीश सिफारिस गरिएको छ,’ उनले भने, ‘लामो अवधिको न्यायाधीश सिफारिस गर्नु पर्नेलाई हामी सेटिङ नै भन्छौं । न्यायाधीशलाई निर्भिक भएर संविधान र कानुनले तोकेको काम निर्वादरुपमा गर्न नेपाल बार आग्रह गर्दछ ।’

उनले नेपालको स्वतन्त्र न्यायपालिकामाथि सरकारले गरेको हस्तक्षेप अन्तर्राष्ट्रिय समुदायले पनि हेरिरहेको बताए । उनले प्रधानन्यायाधीश सिफारिसमा पालो मिच्ने बाटो वर्तमान सरकारले खोलेको आरोप पनि लगाए ।



‘दुई तिहाइ वा बहुमत आयो भने पालो मिचिने बाटो खोलिएको छ ।कानुनको पालना गरेर नैतिकतामा बसेको न्यायाधीशमाथि आक्रमण प्रयास भएको छ,’ उनले भने,’न्यायाधीशहरूलाई सरकारप्रति लालायित हुनुपर्ने अवस्था सरकारले बनाएको छ । विवेक नहराओस् फेरि यस्तो कार्यक्रम गर्न नपरोस् ।’

संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधानलाई सिफारिस नगरी चौथो नम्बरमा रहेका मनोज शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रास्वपा सांसद डा. अमरेशकुमार सिंहले आगामी आर्थिक वर्षको बजेटको विनियोजन प्राथमिकतामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएको प्रति आक्रोश व्यक्त गरेका छन् । प्रतिनिधिसभा बैठकमा बजेटको विनियोजन प्राथमिकतामाथि छलफल चलिरहेको छ । छलफलमा भाग लिन पुगेका सांसद सिंहले आफ्नो २० वर्षे कार्यकालमा पहिलोपटक अर्थमन्त्री नहुँदा पनि बजेटको विनियोजनमाथि छलफल चलेको भन्दै आश्चर्य व्यक्त गरे । छलफल चलिरहँदा ...
। नेपालका कतिपय सार्वजनिक संस्थान १७ वर्षदेखि लेखा परीक्षण नगरी सञ्चालनमा रहेको देखिएको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार नेपाल ओरिएन्ड म्याग्नेसाइटले १७ वर्षदेखि लेखा परीक्षण गराएको छैन । उसले आर्थिक वर्ष २०६४/६५ देखि लेखा परीक्षण गराएको छैन । त्यस्तै साझा प्रकाशनले १२ वर्षदेखि लेखा परीक्षण नगराएको महालेखाको ६३औं प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय बीमा संस्थानले ...
। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले वास्तविकतामा आधारित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुनुपर्नेमा जोड दिएका छन् । आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफलमा भाग लिँदै उनीहरूले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राख्न, अर्थतन्त्रको विस्तार गर्न र साना किसानको हितलाई केन्द्रमा राख्नुपर्ने धारणा राखे । सांसद गणेशबहादुर विश्वकर्माले कम ...
। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र एसिया प्यासिफक ग्रुप (एपीजी) अन मनि लण्डरिङ (सम्पत्ति सुद्धीकरण)का प्रतिनिधिबीच भेट भएको छ । एपीजी मनि लण्डरिङका डेपुटी एक्ज्युकेटिभ सेक्रेटरी डेभिड सानोन तथा पोलिसी अफिसर कियाह ससलबीच प्रहरी प्रधान कार्यालय नक्सालमा भेटवार्ता भएको हो । भेटघाटको क्रममा उनीहरुबीच सम्पत्ति शुद्धीकरण सम्बन्धी सघन निगरानीको सूची (ग्रे लिस्ट) मा नेपाललाई राखिएको ...
। दार्चुलामा प्रधानाध्यापकलाई आत्महत्या गर्न बाध्य पारेको(आत्महत्या दुरुत्साहन) आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । व्यास गाउँपालिका–४ को सम्पाल माध्यमिक विद्यालय सुन्सेराका प्रधानाध्यापक बलदेवसिंह धामीले विद्यालयमै झुन्डिएर आत्महत्या गरेको घटनामा आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा महाकाली नगरपालिका–१ का ३२ वर्षीय विक्रमसिंह कुँवर, महाकाली नगरपालिका–२ का ५२ वर्षीय दलिदत्त भट्ट, महाकाली ...