मुख्य समाचार
ट्रम्पले खाडी राष्ट्रहरूको अनुरोधमा इरानमाथिको सैन्य आक्रमण स्थगित गरेको बताए
ट्रम्पले खाडी राष्ट्रहरूको अनुरोधमा इरानमाथिको सैन्य आक्रमण स्थगित गरेको बताए

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी राष्ट्रहरूको अनुरोधमा इरानमाथिको सैन्य आक्रमण स्थगित गरेको बताएका छन्। गम्भीर वार्ताहरू भइरहेको उल्लखे गर्दै उनले सम्झौता हुन सक्ने बताएका हुन्।

इरानले वासिङ्टनलाई शान्ति प्रस्ताव पठाएपछि मंगलबारका लागि तय गरिएको सैन्य आक्रमण स्थगित गरेको र अहिले भइरहेको गम्भीर वार्ताका बीच इरानको आणविक कार्यक्रमलाई सीमित गर्ने सम्झौतामा पुग्ने धेरै राम्रो मौका रहेको डोनाल्ड ट्रम्पले बताए ।

ट्रुथ सोसलमा लेखेको पोस्टमा उनले कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका नेताहरूले आफूलाई त्यसो गर्न आग्रह गरेको बताए।



इरानका लागि कुनै पनि आणविक हतियार नहुने उनको भनाई छ। तर उनले स्वीकार्य सम्झौता नभएमा अमेरिका एक क्षणको सूचनामा इरानमाथि पूर्ण, ठूलो मात्रामा आक्रमण गर्न तयार हुने चेतावनी दिए।
यता ट्रम्पको घोषणापछि पनि इरानले राज्य सञ्चालित सञ्चारमाध्यममा जारी विज्ञप्तिमा आफ्नो अडान कायम राखेको छ। इरानमाथि आक्रमण गर्दा अमेरिका र उसका सहयोगीहरूलाई थप रणनीतिक गल्ती वा गलत गणना नगर्न चेतावनी दिइएको छ। इरानी सशस्त्र सेना "विगतको भन्दा बढी तयार र बलियो" रहेको बताएको छ। इरानको शीर्ष सुरक्षा निकायले होर्मुजको जलडमरू व्यवस्थापन गर्न नयाँ निकाय गठनको घोषणा गरेको छ र जहाजहरूबाट पार गर्न शुल्क लिन चाहन्छ।

डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण नगर्ने घोषणा गर्नुअघि , टर्कीका विदेशमन्त्रीले अमेरिका र इरानबीचको वार्ताको तत्कालको चिन्ता होर्मुजको जलडमरू खुला राख्नु रहेको बताएका थिए।

अमेरिकाले इरान युद्धबाट प्रभावित ऊर्जा-जोखिममा परेका देशहरूलाई सहयोग गर्न रूसी समुद्री तेल खरिद गर्न अनुमति दिने प्रतिबन्ध छूटको थप ३० दिनको विस्तारको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...