मुख्य समाचार
इजरायलले गरेको हवाई आक्रमणमा परी दक्षिणी लेबनानमा कम्तीमा १९ जनाको मृत्यु
इजरायलले गरेको हवाई आक्रमणमा परी दक्षिणी लेबनानमा कम्तीमा १९ जनाको मृत्यु

: इजरायलले गरेको हवाई आक्रमणमा परी दक्षिणी लेबनानमा कम्तीमा १९ जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार, एकै स्थानमा भएको भयानक आक्रमणमा परि १० जनाले ज्यान गुमाएका छन्।

दक्षिणी लेबनानको देइर कनौन कसबानजिकै रहेको एक आवासीय घरलाई निशाना बनाएर सो आक्रमण गरिएको थियो। मृत्यु हुनेहरूमा तीन बालबालिका र तीन महिला समेत रहेका छन्।

इरान समर्थित सिया इस्लामिक सङ्गठन हिजबुल्लाहले इजरायलमाथि रकेट प्रहार गरेपछि लेबनान गत मार्च २ देखि यस युद्धमा प्रत्यक्ष रूपमा सामेल भएको थियो। अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीमा इरानका सर्वोच्च नेताको मृत्यु भएपछि हिजबुल्लाहले त्यसको बदलास्वरूप इजरायलमाथि आक्रमण सुरु गरेको थियो।



अमेरिकाले लेबनान र इजरायलबीच ४५ दिनका लागि युद्धविराम थप गर्ने सहमति भएको घोषणा गरेको एक हप्ता पनि नबित्दै यो पछिल्लो घातक आक्रमण भएको हो। दुवै पक्षबीच आगामी जुन महिनाको सुरुवातमा पुनः शान्ति वार्ता सुरु हुने कार्यतालिका रहेको छ।

युद्धविरामको अवधि थपिए तापनि इजरायल र हिजबुल्लाहबीच विशेषगरी दक्षिणी लेबनानमा निरन्तर गोलाबारी जारी छ। इजरायलले आफ्ना आक्रमणहरू हिजबुल्लाहका ठेगानाहरू केन्द्रित रहेको दाबी गरे पनि स्थलगत रूपमा भने महिला र बालबालिकासहित सर्वसाधारण नागरिकहरू ठुलो सङ्ख्यामा मारिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...