मुख्य समाचार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

: धादिङको थाक्रे गाउँपालिका-६ दशकिलामा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। गजुरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ४७८१ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ की ९३ वर्षीया गंगा देवी बिडारीको मंगलबार बिहान मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएकी उनको थाक्रे पोलिक्लिनिक हुँदै गजुरी प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा थप उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी थाक्रे गाउँपालिका-२ बाह्रकिलामा बा ३ क २०६९ नम्बरको गाडी बा४ क ०६२७ नम्बरको गाडीमा ठोकिँदा चालकको मृत्यु भएको छ।



मंगलबार बिहान भएको उक्त दुर्घटनामा हुँदा बा ३ क २०६९ नम्बरको गाडी चालक गजुरी गाउँपालिका-६ बस्ने २५ वर्षीय दिनेश भुजेलको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बा ४ क ०६२७ नम्बरको गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सिरहा मालपोत कार्यालयसँग सम्बन्धित फर्जी कागजातको आधारमा जग्गा पास गराएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा श्रीराम भु–सेवा केन्द्रका एक जना, लिखनदासको काम गर्ने एक र एक जना स्टुडियो सञ्चालक रहेका छन् । उनीहरूले फर्जी प्रक्रियामार्फत जग्गा पास गराएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमित समूहको मिलेमतोमा देश दोहने प्रवृतिलाई संरक्षण नगरिने स्पष्ट पारेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि सांसदले राखेका प्रश्नको उत्तर दिँदै अर्थमन्त्री डा. वाग्लेले सरकार सुशासनमा केन्द्रित भएको दावी समेत गरे । ‘सुशासन विना दिगो आर्थिक वृद्धि सम्भवन हुँदैन,’ उनले भने, ‘संस्थाहरूको अवैध कब्जाले ...
: कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–१४ हनुमान मन्दिर अगाडि मंगलबार अपरान्ह दुर्घटना हुँदा साइकलमा सवार बाबु–छोरीको मृत्यु भएको छ। मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार विराटनगरबाट रानीतर्फ जाँदै गरेको एएस ०१ एफसी ०९१९ नम्बरको एलपी ग्यास बुलेटले साइकलमा रहेका दुई जनालाई ठक्कर दिएको हो। बुलेट आईसीपीतर्फ मोड्ने क्रममा करिब ४:५० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको ...
: सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा वैठकमा आफ्नै सरकारप्रति असन्तुष्टि जनाएका छन्। बजेटका प्राथमिकतामाथि छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नदेखिएपछि सांसद सिंह झोक्किँदै असन्तुष्टि जनाएका हुन् । उनले भने, ‘परम्परा तोड्ने नाममा सबै परम्परा तोडिदिने, बजेटका प्राथमिकतामाथि छलफल हुँदा अर्थमन्त्री जहिले पनि बस्ने सिस्टम छ । परराष्ट्रमन्त्रीले बजेट बनाउने होइन ...
: झापाको अर्जुनधारामा मदिरा सेवनपछि भएको विवादको क्रममा घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–८ कुशलचोकका २९ वर्षीया काजल बस्नेत सुवेदी रहेकी छन्। उनका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा हाल दुबईमा रहेको जनाइएको छ। गत ...