मुख्य समाचार
आर्सनलले २२ वर्षपछि इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि
आर्सनलले २२ वर्षपछि इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि

। आर्सनलले २२ वर्षपछि इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले बर्नमाउथसँग १-१ गोलको बराबरी खेलेसँगै आर्सनलले उपाधि जित्ने पक्का भएको हो ।

प्रिमियर लिगमा अब एक-एक खेल मात्र हुन बाँकी छ । शीर्षस्थानको आर्सनलको ३७ खेलमा ८२ अंक छ भने सिटी ७८ अंकसहित दोस्रो स्थानमा छ । गएराति बराबरी खेलेपछि सिटीले अब आर्सनललाई भेटाउने छैन ।
गएराति बर्नमाउथले घरेलु मैदानमा सुरुवाती अग्रता लिएको थियो । ३८औं मिनेटमा क्रुपी जुनियरले गोल गर्दै अग्रता दिलाए । एर्लिङ हालान्डले सिटीका लागि खेलको अन्तिम समयतिर गोल गर्दै बराबरी गरे ।

आर्सनलले पछिल्लोपटक सन् २००४ मा प्रिमियर लिगको उपाधि जितेको थियो । आर्सनलको यो १४औं शीर्ष लिगको उपाधि हो । प्रिमियर लिग भने चौथोपटक जितेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको तयारीका लागि भइरहेको नेपाल र मलेसियन महिला टोलीबीचको पहिलो टी-२०आई खेलमा नेपालले संघर्षपूर्ण जित हासिल गरेको छ । मलेसियाले दिएको ६८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्दै २ विकेटको जित निकालेको हो । सम्झना खड्काले ३२ रन बनाइन् भने रुबी पोद्दारले १५ रन बनाइन् । कविता जोशीले ६ रन ...
। अमेरिका आईसीसी क्रिकेट विश्वकप लिग २ को शीर्षस्थानमा फर्किएको छ । बुधबार भएको खेलमा स्कटल्यान्डमाथि ६ विकेटको जित निकाल्दै अमेरिका शीर्षस्थानमा फर्किएको हो । स्कटल्यान्डले प्रस्तुत गरेको १७० रनको लक्ष्य अमेरिकाले २७.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । स्मित पटेल र शयान जहांगिरले समान ३७ रन बनाए भने साइतेजा मुक्कामल्लाले ३५ रन बनाए ।मिलिन्द ...
: नेपालका लेग स्पिनर सन्दिप लामीछानेले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बनेका छन्। जारी आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको तेस्रो खेलमा उनले स्कटल्यान्डविरुद्ध खेल्दै आफ्नो नाममा रेकर्ड दर्ता गराएका हुन्। उनले स्कटल्यान्डका वान डाउन ब्याटर ब्रान्डन म्याकमुलेनलाई ७३ रनमा इशान पाण्डेको हातमा क्याच गराउँदै आफ्नो एकदिवसीय १५० विकेट पूरा गरेका ...
। इंग्लिस क्लब चेल्सीले जाबी अलोन्सोलाई नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ । स्पेनी प्रशिक्षक अलोन्सोले जुलाई १ देखि कार्यभार सम्हाल्ने क्लबले जनाएको छ । स्पेनिस क्लब रियल मड्रिड र जर्मन क्लब बायर लेभरकुसेनमा प्रशिक्षकको अनुभव बटुलेका अलोन्सोले लेभरकुसेनलाई इतिहासकै पहिलो जर्मन लिग उपाधि जिताएका थिए । नियुक्तिपछि अलोन्सोले चेल्सी विश्व फुटबलकै ठूलो क्लबमध्ये एक भएको भन्दै ...
। सन् २०२६ को विश्वकप तयारीबारे इरानका प्रतिनिधिसँग भएको छलफल ‘सकारात्मक’ भएको फिफाले जनाएको छ । अमेरिका, क्यानडा र मेक्सिकोमा हुने सन् २०२६ को विश्वकपमा इरानको सहभागिता सुनिश्चित गर्ने विषयमा शनिबार इस्तानबुलमा इरानी फुटबल महासंघसँग छलफल भएको थियो । सो छलफललाई फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले ‘उत्कृष्ट’ र ‘रचनात्मक’ भएको बताएका छन् । मध्यपश्चिममा अहिले जारी युद्धका बीच ...