मुख्य समाचार
कक्षा ११ को पठनपाठन १ असारदेखि हुने
कक्षा ११ को पठनपाठन १ असारदेखि हुने

। कक्षा ११ को पठनपाठन १ असारदेखि हुने भएको छ । शिक्षा मन्त्रालयले १ आसारदेखि सुरु गर्ने कार्ययोजना तयार पारेको छ ।

माध्यमिक शिक्षा (एसईई) को नतिजा छिट्टै प्रकाशित भएकाले ११ को कक्षा पनि छिट्टै सुरु गर्न लागिएको हो । ‘१ असारदेखि कक्षा सुरु गर्ने तयारी छ । फाइल तयार भएको छ । केही दिनमा निर्णय हुन्छ,’ शिक्षा मन्त्रालयका सहसचिव रूद्रप्रसाद अधिकारीले भने ।

यसवर्षको एसईईको नतिजा २९ दिनमा प्रकाशित भएको थियो । २८ वैशाखमा नतिजा प्रकाशित भएपछि अहिले विद्यालयहरूले धमाधम विद्यार्थी भर्ना गरिरहेका छन् । शैक्षिक सत्रलाई ढिलाइ हुन नदिन र विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई समयमै अगाडि बढाउन लागिएको हो ।

सामुदायिक र निजी विद्यालयहरूले पनि १ असारदेखि कक्षा सञ्चालन गर्नेगरी तयारी गरिरहेका छन् । यसवर्षको शैक्षिकसत्र १५ वैशाखबाट सुरु भएको थियो । ढिलागरी शैक्षिकसत्र सुरु भएपनि विद्यार्थीको सिकाइमा प्रभावित नहुनेगरी योजना सरकारले ल्याएको छ । हिउँदे र वर्षे बिदा कटौतीका साथै शुक्रबार पनि पूरा समय पढाउने योजना सरकारले ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरुलाई आफ्नो क्रियाकलाप र व्यवहार सच्याउन चेतावनी दिएका छन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा पनि सो पार्टी अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरुले प्लेकार्ड प्रदर्शन गर्दै सरकारको विरोध गरेपछि सभामुखले व्यवहार सच्याउन चेतावनी दिएका हुन् । सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ३० बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार ...
। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा सरकारले न्यायालयको स्थापित वरियता हतारो गरेको टिप्पणी गरेका छन् । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पुनले सरकारले न्यायालयको ८० वर्षको इतिहासमा पहिलोपटक वरियता क्रम मिचेर चौथो वरियतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाएर न्यायालयमा राजनीति छिराएको आरोप लगाए । विगतमा आफू समाहित दलले न्यायालयमा ...
। पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमा) भित्र बनेका सम्पूर्ण स्थायी तथा अस्थायी संरचनाहरू आगामी जेठ ९ गतेभित्र आफैँ हटाउन सार्वजनिक सूचना जारी गरेको छ। तोकिएको समयसीमाभित्र संरचनाहरू नहटाए महानगर आफैँले भत्काउने र त्यसको खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल गर्ने चेतावनी दिइएको छ । महानगरपालिकाका अनुसार वडा नम्बर १८ को अँधेरीकुनादेखि सुरु भई वडा नम्बर २, ४, ...
। नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले सल्यानमा स्वास्थ्य पूर्वाधार, उपकरण र विशेषज्ञ चिकित्सकको अभावमा स्वास्थ्य सेवाको समस्या गम्भीर बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले सल्यानमा स्वास्थ्य सेवाको समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराएका हुन् । केही समयअघि सल्यान जिल्ला अस्पतालमा सुत्केरी व्यथाले छट्पटिएकी महिलालाई ‘विशेषज्ञ चिकित्सक ...
। रास्वपा सांसद रिमा विश्वकर्माले दलितलाई हेर्ने समाजको दोषी चश्मा खोल्ने कुरामा सरकार सचेत हुनुपर्ने बताएकी छिन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले छुवाछुत तथा जातीय विभेदको अन्त्य गर्न सरकारलाई चुनौती समेत दिइन् । जातीय हिंसालाई दलितको मात्रै मुद्दा ठान्ने, नसुनेझैं, नदेखेझैं गर्ने हाम्रो समाजको दोषी चश्मालाई खोल्ने कुरामा सरकार सचेत हुनुपर्ने उनको भनाइ थियो । ‘अझै ...