मुख्य समाचार
गोलाप्रथामा छनोट नभएकाहरू इजरायल जान नयाँ विज्ञापन कुर्नुपर्ने
गोलाप्रथामा छनोट नभएकाहरू इजरायल जान नयाँ विज्ञापन कुर्नुपर्ने

। इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा कामदारका रूपमा जान आवेदन दिएर गोलाप्रथा (लट्री) मा नपरेका उम्मेदवारहरूले अब नयाँ विज्ञापन कुर्नुपर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै इजरायली निकाय ‘पीबा’ ले ‘लट्री आउट’ भएकाहरूलाई सिधै प्रक्रियामा सहभागी गराउन नसकिने जानकारी दिएको जनाएको छ । पीबाबाट उनीहरूलाई विशेष प्रक्रियामार्फत लैजान नसकिने र आगामी विज्ञापनमा आवेदन दिनुपर्ने जानकारी गराएपछि मन्त्रालयले नयाँ विज्ञापन खुलेपछि आवेदन दिन भनेको हो ।

मन्त्रालयका प्रवक्ता एवम् सहसचिव पिताम्बर घिमिरेले जारी गरेको विज्ञप्तिमा उनीहरूलाई हाल प्रक्रिया अघि बढाउन नसकिने तर, आगामी हुने विज्ञापनमा समावेश भई पुनः सहभागी हुन सक्ने बताए ।

वैदेशिक रोजगार विभागले २०८१ असार ११ गते गरेको विज्ञापन अनुसार २ हजार १ सय १२ जना श्रमिक लक्की ड्र मार्फत छनोट भएका थिए । तीमध्ये धेरै जसो इजरायल पुगिसकेका छन् र बाँकी समेत प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

तर, लक्की ड्र मार्फत छनोटट हुन नसकेका १ सय १ सय ५३ जनाले आफूहरूलाई पनि इजरायल पठाउनुपर्ने माग राख्दै आएका छन् । उनीहरूले सरकारसँग माग गर्नेदेखि वैदेशिक रोजगार विभाग घेराउ गर्ने तथा माइतीघरमा धर्ना दिँदै आएका छन् । उनीहरूले अघि सारेको माग बमोजिम श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत इजरायल सरकारसँग अनुरोध गरेको थियो । तर, इजरायलले उनीहरूलाई हालको प्रक्रियाअनुसार लैजान नसकिने प्रष्ट जवाफ दिएको मन्त्रालयले जनाएको छ ।

इजरायले हालको प्रक्रियाबाट लक्की ड्रमार्फत बाहिरिएकाहरूलाई थप गर्न नसकिने र उनीहरूले आगामी दिनमा खुल्ने नयाँ विज्ञापनमा पुनः प्रक्रिया पूरा गरी सहभागी हुनुपर्ने जानकारी गराएको प्रवक्ता घिमिरेले जानकारी दिए । मन्त्रालयले नयाँ विज्ञापन छिट्टै खुल्ने जानकारी दिँदै योग्य उम्मेदवारहरूलाई सोही प्रक्रियामा सामेल हुन अनुरोध गरेको छ ।

त्यस्तै दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरी रोष्टरमा रहेका उम्मेदवारहरूको मागका सम्बन्धमा पनि मन्त्रालयले आफ्नो धारणा स्पष्ट पारेको छ । रोष्टरको समयावधि थप गर्न र अन्य प्राविधिक विषयमा मन्त्रालयले कोरिया सरकारसँग अनुरोध गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल र दक्षिण कोरियाबीच भएको द्विपक्षीय श्रम समझदारी र ईपीएस प्रणालीको निश्चित प्रक्रिया अनुसार नै काम हुने भएकाले यस विषयमा थप माग वा दबाब दिइरहन आवश्यक नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सम्पूर्ण उम्मेदवार र सरोकारवालाहरूलाई विद्यमान प्रणाली र तथ्यगत यथार्थलाई बुझेर सहयोग र समझदारी कायम गरिदिन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानतर्फबाट क्षेप्यास्त्र आक्रमण भएको आरोप लगाउँदै तेहरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार रोक्ने घोषणा गरेको छ । पछिल्ला केही महिनादेखि तुलनात्मक रूपमा शान्त रहेको यूएईमा पुनः सुरक्षा तनाव बढेपछि अबुधाबीले इरानविरुद्ध यस्तो कदम चालेको हो । यूएईको विदेश मन्त्रालयकी सञ्चार निर्देशक अफ्रा अल हमेलीले क्षेत्रीय तनाव बढेको भन्दै इरानसँगको सबै व्यापार, व्यापारिक ...
— रुससँग युद्ध जारी रहेकै बेला युक्रेनका पूर्वरक्षामन्त्री मिखाइलो फेडोरोभले राष्ट्रपति चुनावको माग गरेका छन् । राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका निकट सहयोगीमध्येका फेडोरोभले नै सार्वजनिक रूपमै चुनावका लागि माग गरेका हुन् । यसलाई रुससँगको युद्ध सुरु भएयता जेलेन्स्कीसामु देखिएको सबैभन्दा ठूलो आन्तरिक चुनौती मानिएको छ । फेडोरोभले जुलाईमा रक्षामन्त्रीको पद गुमाएका थिए । उनले युट्युबमा सार्वजनिक भिडियो सन्देशमार्फत लामो युद्धका ...
— बेलायतका राजकुमार ह्यारी र मेगन मार्कल बेलायत फर्किने तयारी गरेका छन्। ‘डेली टेलिग्राफ’ र ‘द सन’ले पहिलोपटक सार्वजनिक गरेको विवरणअनुसार ह्यारी र मेगन यसै महिनाको अन्त्यमा अमेरिकाबाट लन्डनबाहिरको निजी, गैरराजकीय निवासमा बसाइँ सर्ने तयारीमा छन् । उनीहरूका छोराछोरी ७ वर्षीय राजकुमार आर्ची र ५ वर्षीया राजकुमारी लिलिबेटले सेप्टेम्बरदेखि बेलायती विद्यालयमा अध्ययन सुरु गर्ने भएका छन् । राजा ...
। संयुक्त राष्ट्रसंघको एक टोलीले यसै साता सिरियामा बसर अल असदको समयका अघोषित केही आणविक स्थलको पहिलोपटक निरीक्षण गरेको छ । इन्टरनेसनल एटोमिक इनर्जी एजेन्सी (आईएईए) का महानिर्देशक राफाएल ग्रोसी र उनको टोलीले सिरियामा तत्कालीन समयमा बनेका आणविक केन्द्को निरीक्षण गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कूटनीतिक प्रयासपछि सिरिया र इजरायलसँग समझदारी बनेको थियो । ...
। रूसमा हालै भएको युक्रेनी आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि रूसले दिएको चेतावनीका बाबजुद बेलायतले युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने जनाएको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले विज्ञप्ति जारी गर्दै युक्रेनलाई आवश्यक परेको समयमा बेलायत सधैँ साथमा रहने बताएका छन्। युक्रेनलाई निरन्तर सैन्य सहयोग प्रदान गर्दा रूसबाट उत्पन्न हुन सक्ने जोखिमबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री बर्नह्यामले ...