मुख्य समाचार
एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्राका लागि ठोस कदम नचाले संसद् चल्न गाह्रो हुने बताए
एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्राका लागि ठोस कदम नचाले संसद् चल्न गाह्रो हुने बताए

। प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्राका लागि ठोस कदम नचाले संसद् चल्न गाह्रो हुने बताएका छन् ।

सांसदहरूले यस समस्याबारे बारम्बार संसदमा कुरा उठाउँदा पनि सरकार गम्भीर नभएको भन्दै उनले सो समस्या समाधान लागि ७ दिनभित्र पनि उचित कदम नचाले संसद बैठक संचालनमा कठिनाइ हुने बताए ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले बाँदरले जनजीवनमा ठूलो कष्ट दिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्ने कुरामा सरकार गम्भीर बननुपर्ने उनको भनाइ थियो ।

‘तत्काल रुपमा यो बाँदरको समस्या समाधान गर्नका निम्ति यो सरकारलाई म ध्यानाकर्षण गराउन चाहन्छु । अब सात दिन भित्रमा बाँदरको समस्या समाधान भएन भने यसलाई कसरी समाधान गर्ने ?,’ उनले भने, ‘चाहे कानूनी होस्, चाहे कुन माध्यमबाट भएपनि सरकारले नियन्त्रण गरेन भने सबै सांसदहरूले यस बारेमा कुरा चलाउनु हुनेछ, संसद् चल्न गाह्रो हुनेछ ।’

बदमासी गर्ने नागरिकलाई नियन्त्रणमा लिने सरकारले किन जनतालाई सास्ती दिने बाँदरलाई नियन्त्रण गर्न नचाहेको हो ? भनी प्रश्न पनि गरे ।

‘यदि कोही मानिसले बदमासी गर्‍यो भने उसलाई पुलिसले बाँधेर लैजान्छ । उसलाई जेलमा थुनिन्छ । आज बाँदरले् सयौ मानिसहरूलाई बसाँई उठाईसक्यो । सयौँ मानिसहरूले दाल, भात, तरकारी खान पाएनन । यसबारेमा सरकार किन सिरियस हुँदैन ?,’ उनले भने, ‘म भन्न चाहन्छु– यो सरकारले गर्ने थुप्रै कामहरूमा सबै भन्दा पहिला जनताको जीवनमा ठूलो समस्या भएको बाँदर छ । यो बादरलाई नियन्त्रण गर्न सकिएनभने जनजीवनको परिवर्तनमा ठूलो समस्या हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले भूकम्प प्रभावित क्षेत्रका नागरिकको सुरक्षित आवासका लागि सरकार गम्भीर नभएको भन्दै प्रतिनिधि सभाको बैठकमा सरकारको ध्यानाकर्षण गराएका छन् । २०८० कात्तिकमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पका कारण रुकुम पश्चिम, जाजरकोट, सल्यान, दैलेख लगायतका जिल्लाका हजारौं नागरिक अझै पनि कष्टकर रूपमा अस्थायी छाप्रोमा बसिरहेकोतर्फ उनले सदनलाई जानकारी गराए । सांसद ...
: हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा आएको बाढी पहिरोले ठूलो क्षति पुगेको छ। मंगलबार राती एक्कासी असिना–पानी सहितको बाढीले गोठ, डाँफे आधारभूत विद्यालय भवन र १५ रोपनी खेती योग्य जमिनमा क्षति पुर्‍याएको चंखेली गाउँपालिका वडा नम्बर ५ का स्थानीय छक्कबहादुर तामाङले बताए। वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ। त्यसबाट ५३ वटा ...
। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाह संसद्को अभिन्न अंग जस्तो आफूलाई अनुभूति नभएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री संसदको अंग हो कि होइन ? भनेर प्रश्न पनि गरे । प्रधानमन्त्री शाहलाई मुलुकको नभई कुनै छुट्टै टापुको सम्राटजस्तो देखिएको जिकिर उनको थियो । ‘सम्माननीय ...
। स्वतन्त्र सांसद महावीर पुनले संसद् बैठकमा कराएर मात्रै बाँदर आतंक कम नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले आफूले ७ वर्षअघि देखि नै यसमा काम गर्न खोजेको भए पनि सफल नभएको बताए । बरु रकेट बनाउने प्रविधि भए पनि बाँदर आतंक कम गर्ने कुनै प्रविधि संसारमा कुनै वैज्ञानिकले पनि बनाउन नसकेको ...
। अध्यागमन विभागले डिजिटल टाइम कार्ड कार्यान्वयनमा ल्याएको छ । बिहीबार विभागमा एक कार्यक्रम गर्दै टाइम कार्ड कार्यान्वयनमा ल्याइएको हो । १३ चैतमा सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी १०० औं बुदाका २३ औं नम्बरमा सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल, ट्रयाकिङ योग्य र पारदर्शी बनाई समय र गति समेत जानकारी दिने बताइएको थियो । सोही अनुसार डिजिटल टाइम ...