मुख्य समाचार
उच्चस्तरीय वार्तापछि दुवै देशले एक संयुक्त विज्ञप्ति (जइन्ट स्टेटमेन्ट) जारी
उच्चस्तरीय वार्तापछि दुवै देशले एक संयुक्त विज्ञप्ति (जइन्ट स्टेटमेन्ट) जारी

: चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको उच्चस्तरीय वार्तापछि दुवै देशले एक संयुक्त विज्ञप्ति (जइन्ट स्टेटमेन्ट) जारी गरेका छन्।

सामाजिक सञ्जाल प्लेटफर्म टेलिग्राममार्फत सार्वजनिक गरिएको उक्त विज्ञप्ति अनुसार, रुस र चीनले एक समानता र सन्तुलनमा आधारित बहुध्रुवीय (मल्टीपोलर) विश्व तथा नयाँ स्वरूपको अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन्। दुवै देशले वर्तमान विश्वमा अझ बढी न्यायसंगत र उत्कृष्ट वैश्विक व्यवस्थाको निर्माण हुनुपर्नेमा जोड दिएका छन्।

यसका लागि चीन र रुसले अन्तर्राष्ट्रिय समुदायसमक्ष केही आधारभूत सिद्धान्तहरू अपनाउन अपील समेत गरेका छन् ।



विश्वका सबै देशहरूले मिलेर काम गर्ने र त्यसबाट सबैलाई फाइदा पुग्ने वातावरणको निर्माण।
प्रत्येक राष्ट्रको सुरक्षा र सार्वभौमसत्तालाई बराबर महत्त्व दिइने व्यवस्था।
विश्वका महत्त्वपूर्ण निर्णयहरूमा धेरै भन्दा धेरै देशहरूको सहभागिता सुनिश्चित गरी प्रणालीलाई सुदृढ बनाउने।
संसारका विभिन्न संस्कृति, सभ्यता र विचारधाराको सम्मान गरिने ।
रुस र चीनले बहुध्रुवीय विश्व र अझ बढी न्यायपूर्ण अन्तर्राष्ट्रिय सम्बन्धका लागि आगामी दिनमा पनि निरन्तर मिलेर कार्य गर्ने साझा संकल्प दोहोर्‍याएका छन्। यस शिखर सम्मेलन (समिट) का क्रममा चीन र रुसबीच व्यापार, अर्थतन्त्र र प्रविधिसँग सम्बन्धित २० भन्दा बढी महत्त्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर भएको छ।

वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र रुसले 'अझ बढी न्यायपूर्ण र तर्कसंगत वैश्विक शासन प्रणाली' लाई प्रवर्द्धन गर्नमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने बताए। यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबीचको सम्बन्ध वर्तमान समयमा 'वास्तवमै अभूतपूर्व र ऐतिहासिक उचाइमा' पुगेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानको पेशावरमा एउटा निजी विद्यालयको छाना भत्किँदा ३४ जनाको मृत्यु भएको छ। मृत्यु हनेमा एक शिक्षक र ३३ जना विद्यार्थी रहेको लेडी रेडिङ अस्पतालले पुष्टि गरेको छ। प्रहरीले उक्त विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको जनाएको छ। उक्त निजी विद्यालय शैक्षिक गुठीका रूपमा सञ्चालित हुँदै आएको बताइएको छ। दिर कोलोनीस्थित अल–खैर विद्यालयमा स्थानीय समयानुसार बिहीबार बिहान ८ः४८ ...
। इन्डोनेसियामा डढेलो तीव्र बन्दै जाँदा त्यसबाट फैलिएको धुवाँ र तुवाँलोले दक्षिणपूर्वी एसियाका विभिन्न देश प्रभावित भएका छन् । सिंगापुरमा वायु प्रदूषण यस वर्षकै उच्च बिन्दुमा पुगेको छ भने पूर्वी टिमोरले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । रोयटर्सका अनुसार बुधबार सिंगापुरको पश्चिमी क्षेत्रमा एक घण्टाको पीएम २.५ मापन २८४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको ...
यमनमा चर्किंदो द्वन्द्वका कारण ८ लाख मानिस जीवनरक्षक खाद्य सहायताबाट वञ्चित भएको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले चेतावनी दिएको छ । युद्धका अग्रपंक्ति निरन्तर परिवर्तन हुनु, सडक अवरुद्ध हुनु र सुरक्षा अवस्था बिग्रिनुले प्रमुख क्षेत्रमा राहत सामग्री पुर्‍याउन कठिन भएको कार्यक्रमले जनाएको छ । डब्लूएफपीका अनुसार यमनको तेस्रो ठूलो सहर ताइजमा संकट सबैभन्दा गम्भीर ...
: माल्दिभ्सले विभिन्न विदेशी लगानी जोड्ने नियम कडा बनाएकाे छ । व्यवस्था अनुसार निर्माण, घरगा , लेखापरीक्षण र सूचना प्रविधि निश्चित विदेशी लगानीका लागि २५ प्रतिशत स्थानीय स्वामित्व छ। केही व्यवसाय भने माल्दिभियन नागरिकका लागि मात्र सुरक्षित छ। आर्थिक विकास, यातायात तथा व्यापार मिनि मोहम्मद सइदका अनुसार १५ अमेरिकी डलर मूल्य निर्माण परियोजना र १०० मिल ...
: अमेरिकाको विस्कन्सिन राज्यमा 'पाइपर PA 46' (Piper PA 46) मोडलको साना फिक्स-विङ विमान दुर्घटना हुँदा एक बच्चासहित ६ जनाको मृत्यु भएको छ। केनोसाबाट मेनोमोनीतर्फ गइरहेको उक्त विमान डेलोना क्षेत्रस्थित जंगलमा मंगलबार राति दुर्घटनामा परेको हो। सोक काउन्टी शेरिफको कार्यालयका अनुसार राति करिब ९:३० बजे डेलोना शहरको पार्क लेन उत्तर र हर्विग रोड पश्चिम क्षेत्रमा विमान खसेको ...