मुख्य समाचार
सांसदहरूले जनतासँग बढी कर नलिन सरकारको ध्यानाकर्षण
सांसदहरूले जनतासँग बढी कर नलिन सरकारको ध्यानाकर्षण

। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले जनतासँग बढी कर नलिन सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसद सुलभ खरेलले जनतालाई कर तिर्न सहुलियत हुने गरी व्यवस्था गरिनुपर्नेमा जोड दिए ।

सांसद सुशान्त वैदिकले निर्मण सुरु गरिएका प्युठानका सडक अलपत्र भएकाले यथाशीघ्र कामलाई तीव्रता दिन सरोकार भएका निकायको ध्यानाकर्षण गराए । चट्याङबाट बच्न प्रतिरोधी टावर बनाउन उनले माग गरे ।
सांसद सुशील खड्काले फोहरमैला व्यवस्थापनलाई प्रोत्साहनको सट्टा दुरुत्साहनको काम भएकाले कबाडी करलाई खारेज गरिनुपर्नेमा जोड दिए । कुहिने फोहरलाई मल र प्लास्टिकलाई उद्योगको कोइलाका रूपमा पुनःप्रयोग गर्न सकिने उनको सुझाव छ ।

सांसद सुषमा स्वर्णकारले विद्युत् सेवा अधिकार भएकाले विद्युत् आपूर्तिमा अवरोध नगर्न माग गरिन् । सांसद सुहाङ नेम्वाङले वर्षा सुरु हुन लागेपछि इलामका सडक भत्कने गरेकाले सुधार गर्न माग गरे ।

उनले इलाममा अलपत्र रहेका पुल नबन्दा पनि समस्या भएकाले छिटो निर्माण गरी जनता निर्धक्क सुत्न सक्ने गरी कवातावरण बनाउन माग गरे ।

सांसद सोम शर्माले गत भदौ २३ गते किन गोली चलाइयो, सोको तथ्यगत र वास्तविक अध्ययन गरी दोषीलाई कारबाही गर्न माग गरे । सांसद स्मृति चौधरीले युवाले भविष्य गुमाइरहेकाले विदेश पलायन रोक्ने गरी नीति निर्माण गरिनुपर्ने माग गरिन् ।

सांसद हरिनादेवी कामीले डडेल्धुरामा बग्ने रङ्गुन खोलाले खेतीयोग्य जमिन कटान गरिरहेकाले तटबन्ध निर्माण गर्न माग गरिन् । सांसद हरिप्रसाद भुसालले नेपाली सञ्चारजगतले चेतना जगाउने गरेका उल्लेख गर्दै स्वतन्त्र प्रेसको सुदृढीकरणका लागि समानुपातिक विज्ञापन नीति लागू गर्न माग गरे ।

सांसद क्षितिज थेवेले सुकेटार विमानस्थल कालोपत्र भए पनि विमान नगएको उल्लेख गर्दै ५० वर्षदेखि जनताका सपना पूरा नभएको बताए । ताप्लेजुङका विभिन्न स्थानमा सडक र पुलको अवस्था नाजुक भएकाले समाधान गर्न उनको माग छ ।

सांसद ज्ञानु पौडेलले कालिकोट विमानस्थल परीक्षण भएर सञ्चालन नभएकाले उक्त विमानस्थल चलाउन ठोस पहल गरिनुपर्नेमा जोड दिइन् । कालिकोटका सडक गुणस्तरीय नभएकाले विमानस्थल सञ्चालन छिटो गरिनुपर्ने उनको भनाइ छ ।

सांसद ज्ञानेन्द्रसिंह महताले क्रिकेट खेलाडीलाई कञ्चनपुरमा मैदान नभएकाले आधुनिक खेलमैदान तत्काल निर्माण गर्न माग गरे । सांसद हरिमोहन भण्डारीले वैदेशिक रोजगारमा गएकाको निधन हुँदा श्रम मन्त्रालयले चासो नलिँदा शव ल्याउने काम प्रभावित भएकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने जनाएको छ । प्रदेश सरकार आर्थिक मामिलामन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेश सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सीमित स्रोत र बढ्दो दायित्वका बीच यथार्थपरक, कार्यान्वयनयोग्य र परिणाममुखी बजेट ल्याइने स्पष्ट ...
। एसएलआर राइफलको गोलीसहित चोरीमा संलग्न व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ घर भएका ४० वर्षीय विजय तामाङ, महोत्तरीको बर्दिबास नगरपालिका–९ घर भएका २५ वर्षीय सागर श्रेष्ठ र काठमाडौं जडिबुटीका २३ वर्षीय किसान खड्गी छन् । उनीहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले जडिबुटीबाट पक्राउ गरेको हो । ५ जेठको राति करिब ३ बजेतिर ...
। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.वाग्लेले ८ जना पूर्व अर्थमन्त्रीहरूसँग नयाँ बजेटका लागि सुझाव लिए । सो क्रममा पूर्वअर्थमन्त्रीहरूले पूर्वतयारी विनाका खुद्रे आयोजनामा बजेट नराख्न सुझाव दिएका छन् । निवर्तमान अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयन ...
। सत्तारुढ रास्वपा सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छिन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अघिल्लो सरकारले सो निर्णय गरेको भन्ने सुनिन आएको भन्दै सांसद रानाले त्यसमा सरकारले पुनर्विचार गर्न आवश्यक रहेको बताइन् । ‘राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने अघिल्लो सरकारको निर्णय भन्ने सुनिन ...
। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गरेको छ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संविधान संशोधन बहसपत्र सम्बन्धी सुझाब संकलनका लागि राजनीतिक दलका नेताहरूसहित छलफल गरेको हो । छलफलमा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, नेकपाका माधव सापकोटा, जनमत पार्टीका ...