। सरकारले संविधान संशोधनको छलफल थालेपछि नेकपा एमालेले पनि कार्यदल गठन गर्ने भएको छ ।
सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठनको प्रस्ताव गरिएको छ । ‘विभिन्न पार्टीहरुले आ–आफ्नै ढंगले आन्तरिक कार्यदल निर्माण गरेको सूचना प्रेषित भएका छन् । सरकार तहमा पनि संविधान संशोधनका लागि परामर्श र छलफल शुरु गरिएको छ,’ एमालेको प्रस्तावमा भनिएको छ, ‘तसर्थ, पार्टीले पनि संविधान संशोधन सम्बन्धी कार्यदल गठन गर्नु आवश्यक छ ।’
यो कार्यदलको सदस्यमा जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टीकाराम भट्टराई र पासाङ शेर्पा प्रस्ताव गरिएको छ ।