: आइसीसी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरियतामा नेपालका ओपनर ब्याटरद्वय आसिफ शेख र कुशल भुर्तेलको वरियता सुधार भएको छ । आसिफ शेखले ७ स्थान सुधार गर्दै ८७ औं स्थानमा उक्लिएका छन् ।
अर्का ओपनर कुशल भुर्तेलले १७ स्थान छलाङ मार्दै अन्तिम १०० मा पर्न सफल भएका छन् । नेपालका उपकप्तान तथा अलराउन्डर दिपेन्द्रसिंह ऐरी भने ब्याटिङतर्फ ९९ औं स्थानमा तटस्थ रहेका छन् । बुधबार आइसीसीले सार्वजनिक गरेको वरियतामा नेपालका बलरहरुको पनि वरियता सुधार भएको छ ।