मुख्य समाचार
नेपालका स्पिनरद्वय ललित राजवंशी र सन्दीप लामिछानेले वरियतामा सुधार
नेपालका स्पिनरद्वय ललित राजवंशी र सन्दीप लामिछानेले वरियतामा सुधार

: आइसीसी एक दिवसीय अन्तर्राष्ट्रियतर्फ बुधबार सार्वजनिक भएको वरियतामा नेपालका स्पिनरद्वय ललित राजवंशी र सन्दीप लामिछानेले वरियतामा सुधार गरेका छन् । सन्दीप ६ स्थान सुधार गर्दै ३७ औं स्थानमा उक्लिएका हुन् ।

त्यस्तै, बायाँ हाते स्पिनर ललित राजवंशीले १७ स्थान छलाङ लगाउँदै ५४ औं स्थानमा उक्लिएका छन् । नेपालका उपकप्तान दिपेन्द्रसिंह ऐरी पनि एक दिवसीय अन्तर्राष्ट्रियमा बलिङतर्फ ३ स्थान सुधार गरेका छन् । स्पिनरहरुले एक दिवसीय वरियतामा सुधार गर्दा नेपालका तीव्र गतिका बलर करण केसीको भने वरियतामा गिरावट भएको छ । जसमा करण ८ स्थान ओरालो झर्दै ९६ औं स्थानमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिफा विश्वकप २०२६ मा दुई महिलासहित ५२ रेफ्रीले खेल सञ्चालन गर्ने भएका छन् । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले बिहीबार घोषणा गरेको रेफ्री सूचीमा २ महिला अटाएका हुन् । विश्वकप आगामी जुन १२ देखि संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा हुनेछ । तीन जना महिला सहायक रेफ्री र एक जना भिडियो म्याच अफिसियल पनि चयन ...
। भारतमा यही मे २५ (जेठ ११ गते) देखि सुरु हुने साफ महिला च्याम्पियनसिप खेल्न जाने नेपाली महिला फुटबल टोलीको बिदाई गरिएको छ । बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित एक कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले साफ खेल्ने नेपाली टोलीको बिदाई गरेका हुन् । मन्त्री पोखरेलले नेपाली टोलीले प्रतियोगिता जितेर आउने विश्वास व्यक्त गरे । बिदाई कार्यक्रममा मन्त्रीको ...
: आइसीसी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरियतामा नेपालका ओपनर ब्याटरद्वय आसिफ शेख र कुशल भुर्तेलको वरियता सुधार भएको छ । आसिफ शेखले ७ स्थान सुधार गर्दै ८७ औं स्थानमा उक्लिएका छन् । अर्का ओपनर कुशल भुर्तेलले १७ स्थान छलाङ मार्दै अन्तिम १०० मा पर्न सफल भएका छन् । नेपालका उपकप्तान तथा अलराउन्डर दिपेन्द्रसिंह ऐरी भने ब्याटिङतर्फ ...
। नवोदित खेलाडीको अग्रपंक्तिमा रहने खेलाडी हुन्, १८ वर्षीय स्पेनी स्टाइकर लामिन यमाल । आफ्नो करिअरको सुरुआती चरणमै यमालले छ वटा उपाधि जितिसकेका छन् । तीमध्ये पाँच उपाधि उनले आफ्नो बाल्यकालदेखिको क्लबबाट उपाधि जितेका उनले एकपटक स्पेनिस टोलीबाट युरोपियन च्याम्पियन बनेका छन् । यमालले पहिलो पटक २०२२–२३ सिजनमा ला लिगा उपाधि जिते । त्यसपछि उनले स्पेनको ...
। इंग्लिस क्लब एस्टन भिल्लाले ३० वर्षको उपाधि खडेरी अन्त्य गर्दै युरोपा लिग फुटबलको उपाधि जितेको छ । इस्तानबुलस्थित बेसिक्टास पार्कमा बुधबार राति भएको फाइनलमा जर्मन क्लब फ्राइबर्गलाई ३–० ले हराउँदै एस्टन भिल्लाले दोस्रो ठूलो युरोपियन उपाधि जित्न सफल भयो । यसअघि भिल्लाले सन् १९९६ मा फुटबल लिग कपको उपाधि जितेयता कुनैपनि उपाधि जित्न सकेको थिएन । ...