मुख्य समाचार
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरुसँग सुझाव लिएका छन्
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरुसँग सुझाव लिएका छन्

। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.वाग्लेले ८ जना पूर्व अर्थमन्त्रीहरूसँग नयाँ बजेटका लागि सुझाव लिए ।

सो क्रममा पूर्वअर्थमन्त्रीहरूले पूर्वतयारी विनाका खुद्रे आयोजनामा बजेट नराख्न सुझाव दिएका छन् । निवर्तमान अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गरे । उनले तयारी नभएको खुद्रा र टुक्रे आयोजनामा बजेट नछर्न समेत सुझाव दिए । विद्युतमा मूल्य अभिवृद्धि कर लगाउन नहुने समेत उनको सुझाव थियो ।

पूर्व अर्थमन्त्री शंकर कोइरालाले रामेश्वर खनाल लगायतले निर्माण गरेकोसहित पुराना आर्थिक प्रतिवेदन अनुशरण गर्न सुझाव दिए । सही मान्छे सही ठाउँमा सही समयमा आएको भन्दै उनले अर्थमन्त्रीलाई सफलताको शुभकामना समेत दिए । विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई खुला गर्नुपर्ने उनको सुझाव थियो ।

आयोजना निर्माणका लागि वनका अप्ठ्यारो फुकुवा गर्न र नयाँ उद्योग तथा औद्योगिक क्षेत्र स्थापना गर्न उनले सुझाव दिए । हेजिङ पोलिसी अगाडि बढाउन र जनार्दन शर्माका पालामा अघि बढेका केही कार्यक्रमलाई निरन्तरता दिन समेत सुझाव दिए । पुराना उद्योग जगाउने कुरा कति व्यवहारिक हुन्छ, त्यसबारे भने विचार गर्न उनले सुझाव दिए ।

पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले अर्थमन्त्री बाउन्ड्रीमा बस्न खोज्ने तर, राजनीतिले छक्का हान्न खोज्ने प्रवृत्तिका बीच बजेट बनाउनु पर्ने अवस्था रहेको स्मरण गरे । उनले अर्थमन्त्रीलाई बाउन्ड्रीमा बस्न सुझाव दिए । राजश्व वृद्धिको सीमा १० देखि १२ प्रतिशतमात्र भएको भन्दै उनले १५ प्रतिशत नराख्न सुझाव दिए । यस वर्ष १२ खर्ब माथि पुगे पनि १३ खर्ब राजश्व नपुग्ने उनको अनुमान छ ।

बजेटको आकार साढे २० खर्ब हाराहारी हुनुपर्ने बताए । राजस्व लक्ष्य धेरै महत्वकांक्षी हुन नहुने उनको भनाइ छ । आयकरको तल्लो सीमा नचलाउन समेत उनले सुझाव दिए । अन्तःशुल्क जबर्जस्ती लगाइरहेको भन्दै उनले कम गर्दै जानुपर्ने तर्क गरे । मूल्य अभिवृद्धि कर दुई दरमा जान नहुने उनको सुझाव छ ।

संघ सरकारले गर्ने विकासमा उपभोक्ता समिति मार्फत गरिने कार्य रोक्नु पर्ने र लक्ष्य अनुसार पूरा गर्न सकिने कामलाई प्राथमिकता दिन सुझाव दिए । स्वास्थ्य बीमामा थैली नबढाउन सुझाव दिँदै उनले कृषिमा अनुदान भने जरुरी रहेको बताए । कृषिमा मधेशको योगदान घटेको भन्दै उनले यसमा ध्यान दिन जरुरी रहेको बताए ।

राष्ट्रिय गौरवका आयोजनामा विगतमा मनपरी भएको भन्दै यसलाई सच्याउन सुझाव दिए । संस्थानहर”लाई एकीकृत तरिकाले विकासको मोडल बनाउन सुझाव दिँदै एलडीसी ग्र्याजुएसनमा भने खुट्टा नकमाउन ढाडस दिए ।

मुलुकलाई ग्रेलिस्टबाट निकाल्न कुटनीतिक पहलको आवश्यकता उनले औंल्याए । उनले भने, ‘दुई–चार जना मान्छे थुनेर मात्रै समस्या समाधान हुँदैन ।’ वित्तीय क्षेत्र सुधार गर्न सुझाव दिँदै उनले राष्ट्र बैंकसँग समन्वय जारी राख्न सुझाव दिए । निजी क्षेत्रको मनोबल बढाउन सुझाव दिँदै उनले त्यो अवस्थामा मात्र ७ प्रतिशत हाराहारीको आर्थिक वृद्धि सम्भव रहेको बताए ।

पूर्व अर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले सरकार र निजी क्षेत्र मिलेर जाने वातावरण बनाउनु पर्ने बताए । साना, मझौला र ठूला औद्योगिक तथा निजी क्षेत्रलाई कसरी बजेटले सम्बोधन गर्ला भन्नेमा चासो रहेको उनको भनाइ छ । उनले सबैलाई प्रोत्साहनको नीति लिन सुझाव दिए । काम गर्नेलाई प्रोत्साहन गर्ने नीति लिन र कृषिमा अनुदान दिन उनले भनेका छन् ।

स्थिर सरकार चलाउने मौका आएको भन्दै लोहनीले कर्मचारीलाई प्रोत्साहन र दण्डको घोषणा पत्र कार्यान्वयन गर्न सुझाव दिए । निजी क्षेत्रमा गएको लगानीको पारदर्शिता बुझ्न सुझाव दिँदै लगानी अनुसारको प्रतिफल नमिलेको सन्दर्भबारे व्याख्या गरे । कृषि उपजलाई भारतीय बजार खोज्न र आर्थिक सम्वाद थाल्न समेत उनले सुझाव दिए ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले ठूला आयोजना धेरै भएको भन्दै संख्या घटाउन सुझाव दिए । मध्यपहाडी राजमार्गलाई सांसदले घर जाने बाटो बनाएको भन्दै अब पहाड छेडेर सुरुङ बनाउनु पर्ने बताए । राष्ट्रिय गौरवका आयोजना ४–५ वटा मात्रै हुनपर्ने बताए । जमिन प्रयोग सम्बन्धि कानुन सुधार र जग्गालाई कृषि, उद्योग, आवास र व्यवसायमा वर्गिकरण गर्न सुझाव दिए ।

पर्यटनमा गहन काम गर्न सुझाव दिएका उनले भारतीय पर्यटकलाई आकर्षित गर्ने योजना ल्याउन सुझाव दिए । जीर्ण सरकारी उद्योग चलाउनेबारे स्पष्ट हुन समेत उनले सुझाव दिए । सरकारी कार्यालय र कर्मचारीलाई वस्तु गरिद गर्ने कार्यमा रोक लगाउन र कर्मचारी संख्या २० प्रतिशत कटौती गर्न सकिने सम्भावनाबारे स्मरण गराए ।

पूर्व अर्थमन्त्री डा.प्रकाश शरण महतले सामाजिक सुरक्षा भत्ता हुने खानेलाई नदिने नीति ल्याउन सुझाव दिए । नचाहिने संरचना हटाउन र नेपाल एयरलाइन्सलाई निजीकरण मोडलमा चलाउन सुझाव दिए ।सरकारी उद्योग र जमिनलाई लिजमा दिन सुझाव दिँदै उनले निजी क्षेत्रले चलाउन नसकेको अवस्थामा उसले थपेको बाहेक सबै सरकारको हुने गरि लिजमा दिनुपर्ने उनको भनाई छ ।

वैदेशिक ऋण अति आवश्यक बाहेकमा घटाउन सुझाव दिँदै उनले पहाडमा ठूलो राजमार्ग बनाउने कुरालाई प्रोत्साहन नगर्न भने । पाँच अर्ब भन्दा माथिको ठेक्कामा केही सिमितको मिलोमतो देखिने भन्दै उनले यसमा रोक लगाउन सुझाव दिए । ठूला ठेक्का टुक्रयाएर मात्रै दिनुपर्ने उनको भनाई छ । उत्पादन देखाएर मात्रै अनुदान ग्यारेन्टी गर्ने नीति लिन र आयातित कृषि उपजमा भ्याट लगाउन सुझाव दिए । पर्यटन क्षेत्रमा १२ महिना नै चल्ने सडक बनाउनुपर्ने उनको तर्क छ ।

पूर्व अर्थमन्त्री वर्षमान पुनले विगतमा औद्योगिक करिडोर बाहेक अन्यमा गरिएको लगानीको प्रतिफल कमजोर देखिएको बताए । पूर्व पश्चिममा हुलाकी देखि मध्य पहाडी र मदन भण्डारी राजमार्ग बने पनि बजार विकास हुन नसकेको र यसले प्रतिफल कमजोर भएको उनको भनाई छ । अब पर्यटन पुर्वाधारमा लगानी आवश्यक रहेको उनले बताए । भारतमा बढिरहेको मध्यम वर्गलाई नेपाल आउने र रमाउने गरि हिलस्टेसन बनाउनु पर्ने उनको सुझाव छ । यसलाई विवाह गन्तव्यको रुपमा विकास गर्न सकिने भन्दै उनले ५०/६० वटा पूर्वाधार बनाउन सुझाव दिए ।

संघीयतामा आर्थिक गतिविधि बढेको देखिन थालेको भन्दै उनले अहिले प्रदेश राजधानीमा खुलेको पाँच तारे होटलले यही संकेत गर्ने बताए । ग्रामीण कृषि उपजलाई बजारमा ल्याउने वातावरण बनाउनु पर्ने भन्दै उनले सार्वजनिक संस्थान चलाउन जनक शिक्षाको अभ्यासबाट सिक्नु पर्ने बताए । ‘विगतमा डुबेको संस्था चल्यो, अहिले नाफामा छ, उनले भने, ‘तीन वटा सरकारी बैंकलाई पनि हामीले नाफामा चलायौँ । नेपाल वायुसेवा निगम बलियो हुनपर्छ । तर, कसरी चलाउने विचार गरौँ ।’ जनताको अपेक्षा धेरै रहेको भन्दै उनले त्यसलाई कसरी सम्बोधन गर्नेमा ध्यान दिनुपर्ने उनको भनाई छ । उनले पालिका केन्द्रसम्म पुग्नेगरि १२ महिना नै चलाउन सकिने बाटो बनाउन सुझाव दिए ।

पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बलियो जनमत र सरकार अनि बुझेको अर्थमन्त्री हुन सकारात्मक भएको बताए । वाचा पत्रलाई पूर्ण परिपालन गर्न सकिने अवस्था रहेको भन्दै उनले सोही अनुसार बजेट बनाउन सुझाव दिए । रिफर्मका लागि प्रतिवद्धताका साथ काम गर्न र आवश्यक परे आफु सहयोगका लागि तयार रहेको उनले बताए । स्रोत अनुमानमा भन्दा पनि खर्च अनुमान गरेर बजेट बनाउने नेपालको परम्परा रहेको भन्दै उनले यसलाई सच्याउन सुझाव दिए ।

स्थानीय र प्रदेश निर्वाचनलाई चिन्ता गरेर अहिले बजेट बनाउन नहुने भन्दै उनले संघको चुनाव जित्नेले स्थानीय चुनाव पनि जित्ने बताए । विगतमा खानी बेचौ, ढुंगागिट्टी बेचौँ भन्दा आफुले चुटाइ खानुपर्यो भन्दै उनले चुरे बेच्न खोज्यो भनेर लखेट्ने काम भएको स्रमण गरे । खानी विभागले पहिचान गरेको खानी उत्खनन गरेर बेच्न हुने भन्दै उनले आँट गर्न सुझाव दिए । उनले बुढगिण्डकीजस्ता गेम चेन्जर परियोजनामा काम थाल्न सुझाव दिए ।

पूर्वअर्थमन्त्री जनार्दन शर्माले सल्लाह दिन रमाइलो तर कार्यन्वयन गाह्रो हुने स्मरण गरे । बजेट राजनीतिक संकल्प पूरा गर्ने डकुमेन्ट भन्र्दै उनले हर्मुज घाँटीमा विश्व अर्थतन्त्र अड्किएको बताए । वर्तमान अर्थमन्त्रीलाई कार्यकालको चिन्ता नभएको भन्दै आफ्नै मन्त्री र नेताबाट धाकधम्की खेप्नुपर्ने अवस्था समेत नरहेको उनले बताए ।

योजना छनोट र राजश्वमा लोकप्रियता युक्त निर्णय गर्ने जोखिम लिन समेत उनले सुझाव दिए । संघीयता कार्यान्वयन गर्न बजेट ल्याउनु पर्ने र निर्मम भएर सरकारी खर्च कटौती गर्नुपर्ने बताए । उनले हाइ अल्टिच्यूट खेल पूर्वाधारमा लगानी गर्न र फलाम, तामाजस्ता खनिज उत्खननमा लगानी गर्न सुझाव दिए । ताजा तरकारी नेपाल कै खाउँ भन्दा विगतमा आफुलाई अप्ठ्यारो परेको भन्दै उनले यो जरुरी रहेको बताए ।

औषधी उद्योग सरकारले नै चलाउन पर्ने तर्क गर्दै उनले रासायनिक मल कारखाना खोल्न स्वदेशी कच्चा पदार्थबाट पनि सम्भावना रहेको बताए । उनले निजी क्षेत्रको आत्माविश्वास र लगानी सुरक्षामा जोड दिए । पढ्दै–कमाउँदै, वा १२ कक्षा पास गर्दा सीप सहितको जनशक्ति देशले पाउने गरि बजेट आओस् भन्ने अपेक्षा गरे । सीमा क्षेत्रको बजार हराभरा बनाउनुपर्ने भन्दै उनले जुम्ला पुग्न टनेल खन्न सके यसले कर्णालीको समृद्धि ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ठमेलबाट ९ विदेशी महिला पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले टोलीले विभिन्न तीन देशका ९ विदेशी महिलालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार पक्राउ पर्नेहरू भियतनाम, बंगलादेश र युगाण्डाका महिलाहरू छन् । उनीहरूले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई बाटो छेक्ने, अश्लिल हर्कत गर्ने, यौन क्रियाकलापका लागि मोलमलाई ...
। रास्वपाले काठमाडौं महानगर समितिको अधिवेशन जेठ १८ गते गर्ने भएको छ । पार्टी गठनपछि पहिलोपटक काठमाडौं महानगरको अधिवेशन हुन लागेको हो । असार ७ देखि ९ गतेसम्म हुने केन्द्रीय महाधिवशेनको मिति तोकेको रास्वपाले वडा र पालिका अधिवशेनको प्रक्रिया सुरु गरिसकेको छ । काठमाडौं महानगरका ३२ वडामध्ये ३१ वटा वडाको अधिवेशन सकिएको छ । महानगरका रास्वपा ...
। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने जनाएको छ । प्रदेश सरकार आर्थिक मामिलामन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेश सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सीमित स्रोत र बढ्दो दायित्वका बीच यथार्थपरक, कार्यान्वयनयोग्य र परिणाममुखी बजेट ल्याइने स्पष्ट ...
। एसएलआर राइफलको गोलीसहित चोरीमा संलग्न व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ घर भएका ४० वर्षीय विजय तामाङ, महोत्तरीको बर्दिबास नगरपालिका–९ घर भएका २५ वर्षीय सागर श्रेष्ठ र काठमाडौं जडिबुटीका २३ वर्षीय किसान खड्गी छन् । उनीहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले जडिबुटीबाट पक्राउ गरेको हो । ५ जेठको राति करिब ३ बजेतिर ...
। सत्तारुढ रास्वपा सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छिन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अघिल्लो सरकारले सो निर्णय गरेको भन्ने सुनिन आएको भन्दै सांसद रानाले त्यसमा सरकारले पुनर्विचार गर्न आवश्यक रहेको बताइन् । ‘राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने अघिल्लो सरकारको निर्णय भन्ने सुनिन ...