। रास्वपाले काठमाडौं महानगर समितिको अधिवेशन जेठ १८ गते गर्ने भएको छ । पार्टी गठनपछि पहिलोपटक काठमाडौं महानगरको अधिवेशन हुन लागेको हो ।
असार ७ देखि ९ गतेसम्म हुने केन्द्रीय महाधिवशेनको मिति तोकेको रास्वपाले वडा र पालिका अधिवशेनको प्रक्रिया सुरु गरिसकेको छ । काठमाडौं महानगरका ३२ वडामध्ये ३१ वटा वडाको अधिवेशन सकिएको छ । महानगरका रास्वपा संयोजक शशि पन्तका अनुसार, २६ नम्बर वडाको अधिवेशन बाँकी रहेको छ ।
महानगरका सबै वडाको अधिवेशन सकेर जेठ १८ गते महानगरको समितिका लागि अधिवशेन हुने पन्तले जानकारी गराए । पन्तले अनलाइनखबरसँग भने, ‘महानगरको अधिवेशनको मिति निश्चित गरिसकेका छौं । स्थान आज टुंगो लाग्छ ।’
पार्टी केन्द्रले वडा र पालिका तहको ३० प्रतिशत अधिवेशन गरेर पनि उपल्लो तहको अधिवेशन गर्न सकिने निर्णय गरेको छ । काठमाडौं महानगरका शतप्रतिशत वडाको अधिवेशन हुने भएको छ ।
२०७९ साउनदेखि पन्त काठमाडौं महानगरको संयोजक बनेका थिए ।