मुख्य समाचार
कश्मिरको राजधानी मुजफ्फराबादमा एक निजी कलेजका प्रिन्सिपल हमजा बुरहानको दिउँसै गोली हानी हत्या
कश्मिरको राजधानी मुजफ्फराबादमा एक निजी कलेजका प्रिन्सिपल हमजा बुरहानको दिउँसै गोली हानी हत्या

: पाकिस्तान प्रशासित कश्मिरको राजधानी मुजफ्फराबादमा एक निजी कलेजका प्रिन्सिपल हमजा बुरहानको दिउँसै गोली हानी हत्या गरिएको छ । गोजरा क्षेत्रमा रहेको निजी कलेजका प्रिन्सिपल हमजा बुरहान हमलामा गम्भीर घाइते भएका थिए र सीएमएच अस्पतालमा उपचारका क्रममा उनको विहीबार मृत्यु भएको डीएसपी इश्तियाक गिलानीले बताएका छन् । प्रहरीका अनुसार, उनीमाथि कलेज अगाडि नै हमला गरिएको थियो। घटनापछि प्रहरीले कारबाही गर्दै अब्दुल्ला कमाल नामका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

बिहीबार हमजा बुरहान गम्भीर घाइते भएको खबर आएपछि डीएसपी गिलानीले घटना पुष्टि गरेका थिए । हमजा बुरहान मुजफ्फराबादका बासिन्दा थिए । डीएसपी गिलानीका अनुसार, हमलापछि उनलाई तुरुन्त अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।
हमलामा संलग्न भनिएका एक व्यक्तिलाई पाकिस्तानको पञ्जाबस्थित वाह क्यान्टबाट नियन्त्रणमा लिइएको छ । प्रारम्भिक अनुसन्धानले ती व्यक्ति आइतबार वाह क्यान्टबाट मुजफ्फराबाद आएको र स्थानीय होटलमा बसेको देखाएको छ ।



प्रहरीले भनेको छ, ‘हमजा आफ्ना केही साथीसँग कलेजबाट बाहिर आएका थिए । कुराकानीपछि जब उनी पुनः कलेजभित्र फर्किन लागेका थिए, त्यतिबेला उनको ढाडमा गोली हानियो । त्यसपछि थप गोली चलाइयो, जसमध्ये एउटा गोली उनको टाउकोमा लागेको थियो ।’ हमजा बुरहान अहमद मुजफ्फराबादको जुन निजी कलेजका प्रिन्सिपल थिए, त्यहाँको घटनापछि विद्यार्थीहरूले विरोध प्रदर्शन समेत गरेका थिए ।
कसरी भयो हमला ?

मुजफ्फराबादका प्रहरी अधीक्षक रियाज मुगलले घटनासम्बन्धी एफआईआर दर्ता गरिएको, तर थप विवरण दिन अस्वीकार गरे । सदर प्रहरी कार्यालयका अधिकारीहरूका अनुसार, दिउँसो १२ः१० बजे गोजरा बाइपासस्थित निजी कलेजका प्रिन्सिपलमाथि गोली प्रहार भएको सूचना प्राप्त भएको थियो । कलेजका एक सुरक्षा गार्डले बताएअनुसार, हमजा बुरहानले ‘मेरो केही पाहुना आउँदैछन्’ भन्दै मुख्य गेटतर्फ गएका थिए ।
गार्डका अनुसार, उनी भित्र रहेका बेला अचानक गोली चलेको आवाज सुनियो ।

बाहिर आएपछि उनले प्रिन्सिपललाई घाइते अवस्थामा लडिरहेको देखे। मुजफ्फराबादका डेपुटी कमिश्नर मुनीर कुरैशीले यो घटना ‘टार्गेट किलिङ’ भएको दाबी गरेका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार, घटनापछि सडकमा यातायात अवरुद्ध भएको थियो र ठूलो भीड जम्मा भएको थियो । साँझ केही विद्यार्थीहरूले घटनाको विरोधमा प्रदर्शन समेत गरेका थिए । यो कलेज गोजरा बाइपास रोडमा अवस्थित छ, जुन इस्लामाबाद जाने मुख्य सडक हो । यो क्षेत्र अत्यन्त व्यस्त र बाक्लो बस्ती भएको स्थान मानिन्छ ।

को हुन् हमजा बुरहान ?
डेपुटी कमिश्नर मुनीर कुरैशीले भने, ‘घटनाको अनुसन्धान जारी छ । भारतीय मिडियाले यसलाई अत्यधिक प्राथमिकताका साथ प्रस्तुत ग¥यो । घटना भएको पाँच–दश मिनेटमै उनीहरूले हमजा पुलवामा हमलाको मास्टरमाइन्ड भएको प्रचार गर्न थाले ।’ उनका अनुसार, अहिले प्रहरी र सम्बन्धित निकायहरूले हमजा बुरहान वास्तवमा को थिए भन्ने विषयमा अनुसन्धान गरिरहेका छन् ।

तर मुजफ्फराबादका दुई वरिष्ठ सरकारी अधिकारीहरूलेहमजा बुरहानको सम्बन्ध भारत प्रशासित कश्ीिरसँग रहेको पुष्टि गरेका छन् । जब एसपी रियाज मुगललाई हमजा भारत प्रशासित कश्मिरका हुन् कि भनेर सोधियो, उनले केवल ‘उनी कश्मिरी थिए’ भन्ने जवाफ दिए । चरमपन्थी संगठनसँग कथित सम्बन्धबारे प्रश्न गर्दा उनले भने, ‘अहिलेसम्म त्यस्तो केही पुष्टि भएको छैन, अनुसन्धान जारी छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानको पेशावरमा एउटा निजी विद्यालयको छाना भत्किँदा ३४ जनाको मृत्यु भएको छ। मृत्यु हनेमा एक शिक्षक र ३३ जना विद्यार्थी रहेको लेडी रेडिङ अस्पतालले पुष्टि गरेको छ। प्रहरीले उक्त विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको जनाएको छ। उक्त निजी विद्यालय शैक्षिक गुठीका रूपमा सञ्चालित हुँदै आएको बताइएको छ। दिर कोलोनीस्थित अल–खैर विद्यालयमा स्थानीय समयानुसार बिहीबार बिहान ८ः४८ ...
। इन्डोनेसियामा डढेलो तीव्र बन्दै जाँदा त्यसबाट फैलिएको धुवाँ र तुवाँलोले दक्षिणपूर्वी एसियाका विभिन्न देश प्रभावित भएका छन् । सिंगापुरमा वायु प्रदूषण यस वर्षकै उच्च बिन्दुमा पुगेको छ भने पूर्वी टिमोरले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । रोयटर्सका अनुसार बुधबार सिंगापुरको पश्चिमी क्षेत्रमा एक घण्टाको पीएम २.५ मापन २८४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको ...
यमनमा चर्किंदो द्वन्द्वका कारण ८ लाख मानिस जीवनरक्षक खाद्य सहायताबाट वञ्चित भएको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले चेतावनी दिएको छ । युद्धका अग्रपंक्ति निरन्तर परिवर्तन हुनु, सडक अवरुद्ध हुनु र सुरक्षा अवस्था बिग्रिनुले प्रमुख क्षेत्रमा राहत सामग्री पुर्‍याउन कठिन भएको कार्यक्रमले जनाएको छ । डब्लूएफपीका अनुसार यमनको तेस्रो ठूलो सहर ताइजमा संकट सबैभन्दा गम्भीर ...
: माल्दिभ्सले विभिन्न विदेशी लगानी जोड्ने नियम कडा बनाएकाे छ । व्यवस्था अनुसार निर्माण, घरगा , लेखापरीक्षण र सूचना प्रविधि निश्चित विदेशी लगानीका लागि २५ प्रतिशत स्थानीय स्वामित्व छ। केही व्यवसाय भने माल्दिभियन नागरिकका लागि मात्र सुरक्षित छ। आर्थिक विकास, यातायात तथा व्यापार मिनि मोहम्मद सइदका अनुसार १५ अमेरिकी डलर मूल्य निर्माण परियोजना र १०० मिल ...
: अमेरिकाको विस्कन्सिन राज्यमा 'पाइपर PA 46' (Piper PA 46) मोडलको साना फिक्स-विङ विमान दुर्घटना हुँदा एक बच्चासहित ६ जनाको मृत्यु भएको छ। केनोसाबाट मेनोमोनीतर्फ गइरहेको उक्त विमान डेलोना क्षेत्रस्थित जंगलमा मंगलबार राति दुर्घटनामा परेको हो। सोक काउन्टी शेरिफको कार्यालयका अनुसार राति करिब ९:३० बजे डेलोना शहरको पार्क लेन उत्तर र हर्विग रोड पश्चिम क्षेत्रमा विमान खसेको ...