मुख्य समाचार
उत्तरी होन्डुरसमा भएका दुई छुट्टाछुट्टै हिंसात्मक घटनामा कम्तीमा १६ जनाको मृत्यु
उत्तरी होन्डुरसमा भएका दुई छुट्टाछुट्टै हिंसात्मक घटनामा कम्तीमा १६ जनाको मृत्यु

: उत्तरी होन्डुरसमा भएका दुई छुट्टाछुट्टै हिंसात्मक घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ । यी घटनाले मध्य अमेरिकी देश होन्डुरसलाई फेरि हिंसाले स्तब्ध बनाएको छ ।

बिहीबार पहिलो घटना देशको उत्तरस्थित ट्रुजिलो नगरपालिकाको रिगोरेस क्षेत्रमा रहेको एक दुर्गम पाम फार्ममा भएको थियो । होन्डुरस राष्ट्रिय प्रहरीका प्रवक्ता एडगार्डो बाराहोनाका अनुसार घटनास्थलमा कम्तीमा १० जना कामदारको गोली हानी हत्या गरिएको छ, तर मृतक संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।




बाराहोनाले अनुसन्धान टोली पुग्नुअघि नै केही शोकाकुल परिवारजनले आफ्ना आफन्तको शव लगेकाले घटनास्थल सुरक्षित गर्न कठिन भएको बताए । स्थानीय सञ्चारमाध्यमका अनुसार सशस्त्र आक्रमणकारीहरूले मजदुरमाथि अन्धाधुन्ध गोली चलाएका थिए । केही पीडित स्थानीय चर्चमा भेला भएका बेला आक्रमण भएको बताइएको छ ।

सार्वजनिक भएका तस्वीरहरूमा कामका लागि प्रयोग गरिने बाक्ला रबरका जुत्ता लगाएका शवहरू जमिनमा छरिएको देखिन्छ । एक रिपोर्टअनुसार तीन दिदीबहिनी पनि मारिएका छन् । आक्रमणको कारण अझै खुल्न सकेको छैन । तर उत्तरी होन्डुरसमा लामो समयदेखि भूमिसम्बन्धी द्वन्द्व चल्दै आएको छ ।

मानवअधिकार विज्ञहरूले उर्वर भूमि कब्जा गर्न खोज्ने सशस्त्र समूहका कारण स्थानीय किसान र मजदुरहरू विस्थापित हुँदै आएको र त्यस क्रममा घातक आक्रमण हुने गरेको चेतावनी दिएका छन् । घटनापछि होन्डुरस सशस्त्र बलका संयुक्त स्टाफ प्रमुख हेक्टर बेन्जामिन भालेरियो अर्डोनले दोषी पत्ता लगाउन सेना ‘आवश्यक सबै साधन र जनशक्ति’ प्रयोग गर्न तयार रहेको बताएका छन् ।

उही दिन अर्को घातक घटना उत्तरी होन्डुरसकै कोर्तेस विभागमा, ग्वाटेमालासँगको सीमाक्षेत्र नजिक भएको थियो । प्रहरीका अनुसार राजधानी टेगुसिगाल्पाबाट गएको टोली ओमोआ क्षेत्रमा ग्याङविरुद्धको अपरेशन सञ्चालन गर्न पुगेको थियो । तर घटनालाई प्रहरीमाथिको ‘एम्बुस’ अर्थात् योजनाबद्ध आक्रमणका रूपमा वर्णन गरिएको छ । रिपोर्टअनुसार प्रहरीले एक भवनमा शंकास्पद व्यक्तिको खोजी गरिरहेको बेला उनीहरूमाथि गोली प्रहार गरिएको थियो ।

यस घटनामा डेपुटी कमिश्नर लेस्टर अमाडोरसहित ६ जना प्रहरी अधिकारी मारिएका छन् । उनीहरू एन्टी–मारास, ग्याङ एन्ड अर्गनाइज्ड क्राइम प्रहरी निर्देशनालयका सदस्य थिए । आक्रमणमा केही संदिग्ध व्यक्तिहरू पनि मारिएको वा घाइते भएको हुन सक्ने अनुमान गरिएको छ । दुवै घटनापछि राष्ट्रिय प्रहरीले विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रमा तत्काल प्रत्यक्ष हस्तक्षेप गरिने जनाएको छ । प्रहरीले भन्यो, ‘राज्यले दोषीहरूलाई पक्राउ गर्न, जोखिममा रहेका समुदायको सुरक्षा गर्न र सबै पीडितलाई न्याय सुनिश्चित गर्न कडा कदम चाल्ने छ ।’ होन्डुरसमा सन् २०२२ देखि अपराध नियन्त्रणका लागि लामो समयसम्म संकटकाल लागू गरिएको थियो ।

तर आलोचकहरूले ती आपतकालीन उपायहरूले नागरिक स्वतन्त्रता कमजोर बनाएको र सुरक्षा निकायलाई अत्यधिक अधिकार दिएको भन्दै मानवअधिकार उल्लंघन बढेको आरोप लगाएका थिए । यस वर्ष जनवरीमा दक्षिणपन्थी राष्ट्रपति नास्री ‘टिटो’ अस्फुराको पदभार ग्रहणसँगै उक्त संकटकाल अन्त्य गरिएको थियो । अस्फुरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी मानिन्छन्, जसले ल्याटिन अमेरिकामा कडा सुरक्षा नीति प्राथमिकतामा राखेका छन् । मार्चमा अस्फुराले फ्लोरिडामा आयोजित ट्रम्प समर्थित दक्षिणपन्थी ‘शील्ड अफ द अमेरिकाज’ सम्मेलनमा समेत सहभागिता जनाएका थिए, जहाँ क्षेत्रीय सुरक्षाबारे छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानको पेशावरमा एउटा निजी विद्यालयको छाना भत्किँदा ३४ जनाको मृत्यु भएको छ। मृत्यु हनेमा एक शिक्षक र ३३ जना विद्यार्थी रहेको लेडी रेडिङ अस्पतालले पुष्टि गरेको छ। प्रहरीले उक्त विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको जनाएको छ। उक्त निजी विद्यालय शैक्षिक गुठीका रूपमा सञ्चालित हुँदै आएको बताइएको छ। दिर कोलोनीस्थित अल–खैर विद्यालयमा स्थानीय समयानुसार बिहीबार बिहान ८ः४८ ...
। इन्डोनेसियामा डढेलो तीव्र बन्दै जाँदा त्यसबाट फैलिएको धुवाँ र तुवाँलोले दक्षिणपूर्वी एसियाका विभिन्न देश प्रभावित भएका छन् । सिंगापुरमा वायु प्रदूषण यस वर्षकै उच्च बिन्दुमा पुगेको छ भने पूर्वी टिमोरले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । रोयटर्सका अनुसार बुधबार सिंगापुरको पश्चिमी क्षेत्रमा एक घण्टाको पीएम २.५ मापन २८४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको ...
यमनमा चर्किंदो द्वन्द्वका कारण ८ लाख मानिस जीवनरक्षक खाद्य सहायताबाट वञ्चित भएको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले चेतावनी दिएको छ । युद्धका अग्रपंक्ति निरन्तर परिवर्तन हुनु, सडक अवरुद्ध हुनु र सुरक्षा अवस्था बिग्रिनुले प्रमुख क्षेत्रमा राहत सामग्री पुर्‍याउन कठिन भएको कार्यक्रमले जनाएको छ । डब्लूएफपीका अनुसार यमनको तेस्रो ठूलो सहर ताइजमा संकट सबैभन्दा गम्भीर ...
: माल्दिभ्सले विभिन्न विदेशी लगानी जोड्ने नियम कडा बनाएकाे छ । व्यवस्था अनुसार निर्माण, घरगा , लेखापरीक्षण र सूचना प्रविधि निश्चित विदेशी लगानीका लागि २५ प्रतिशत स्थानीय स्वामित्व छ। केही व्यवसाय भने माल्दिभियन नागरिकका लागि मात्र सुरक्षित छ। आर्थिक विकास, यातायात तथा व्यापार मिनि मोहम्मद सइदका अनुसार १५ अमेरिकी डलर मूल्य निर्माण परियोजना र १०० मिल ...
: अमेरिकाको विस्कन्सिन राज्यमा 'पाइपर PA 46' (Piper PA 46) मोडलको साना फिक्स-विङ विमान दुर्घटना हुँदा एक बच्चासहित ६ जनाको मृत्यु भएको छ। केनोसाबाट मेनोमोनीतर्फ गइरहेको उक्त विमान डेलोना क्षेत्रस्थित जंगलमा मंगलबार राति दुर्घटनामा परेको हो। सोक काउन्टी शेरिफको कार्यालयका अनुसार राति करिब ९:३० बजे डेलोना शहरको पार्क लेन उत्तर र हर्विग रोड पश्चिम क्षेत्रमा विमान खसेको ...