मुख्य समाचार
प्रहरीले अवैध क्रिष्टल जस्तो देखिने ८० किलो पदार्थसहित एक जनालाई पक्राउ
प्रहरीले अवैध क्रिष्टल जस्तो देखिने ८० किलो पदार्थसहित एक जनालाई पक्राउ

: धादिङ प्रहरीले अवैध क्रिष्टल जस्तो देखिने ८० किलो पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको रुबीभ्याली गाउँपालिका–३ सेक्टर चौताराबाट धादिङबेंसीतर्फ अवैध पदार्थ ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी सेर्तुङबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उक्त पदार्थ बरामद गरेको हो ।

प्रहरीका अनुसार प्लास्टिकका चार वटा बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा अवैध क्रिष्टल जस्तो देखिने ८० किलो पदार्थ फेला परेको थियो । उक्त पदार्थसहित रुबीभ्याली गाउँपालिका–३ बस्ने ३५ वर्षीय फुन्चो तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरामद गरिएको पदार्थ स्थानीय व्यक्तिहरुको रोहबरमा रितपूर्वक मुचुल्का उठाई जिल्ला प्रहरी कार्यालय धादिङ ल्याइएको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङसहित बरामद सामग्रीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी (डीएसपी )प्रकाश दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्ला प्रशासन कार्यालय स्याङजाले सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमनका लागि ७ बुँदे योजना सार्वजनिक गरेको छ । सूर्तीजन्य पदार्थ सेवन मानव स्वास्थ्यका लागि हानिकारक भएको जनाउँदै कानूनतः ब्यवस्था गरिएका ती बुँदा कार्यान्वयन गर्न गराउनका आमनागरिकसहित सरोकारवाला सबैलाई आग्रह गरेकोे छ । सूर्तीजन्य पदार्थ बिक्री बितरण तथा सेवन गर्ने कार्यलाई न्यूनिकरण, नियन्त्रण तथा नियमनका लागि जारी ...
: प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संविधान संशोधनका लागि राय–सुझाव माग गरेको छ । ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८३’ को सचिवालय सिंहदरबारले एक सूचना जारी गर्दै संविधान संशोधनका लागि आफ्नो राय–सुझाव दिन आम सर्वसाधरण नागरिकलाई आग्रह गरेको हो । सचिवालयका सदस्य सचिव लिलाधर सुवेदीको हस्ताक्षर रहेको सूचनामा कार्यदलको गत बैसाख १० गतेको बैठकले संविधान संशोधन प्रक्रियामा ...
: नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका व्यक्तिले नामअगाडि ‘डाक्टर’ (Dr.) उपाधि प्रयोग गरी चिकित्सा सेवा,परामर्श वा औषधि सिफारिस गरे कानुनी कारबाही गरिने जनाएको हो। काउन्सिलले एक विज्ञप्ति जारी गर्दै मेडिकल काउन्सिल र सम्बन्धित परिषद्मा कानुनीरुपमा दर्ता नभइ नामको अगाडि डाक्टर वा चिकित्सक लेख्ने व्यक्तिलाई कारबाही गर्ने जनाएको छ। नेपाल मेडिकल काउन्सिल ऐन,२०२० अनुसार मान्यता प्राप्त ...
: नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट १ हजार ५६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ। जसमध्ये उपत्यकाबाट १ सय ७१ जना, कोशी प्रदेशबाट २ सय ६ जना, मधेश प्रदेशबाट ७० जना, बागमती प्रदेशबाट १ सय ५४ जना, गण्डकी प्रदेशबाट ५६ जना, लुम्बिनी प्रदेशबाट १ सय ६९ जना, कर्णाली प्रदेशबाट २१ जना र ...
: प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले देश बनाउनका लागि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको गति एउटै हुनुपर्ने बताएका छन् । पूर्व सांसद मञ्चले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख अर्यालले कानून निर्माण गरेर देश निर्माण गर्न राज्यका तीन वटै अङ्गको गति एउटै हुनुपर्ने बताएका हुन् । मुलुकलाई आवश्यक नीति नियम बनाउन सबैको नियत सफा हुनुपर्ने उनले बताए ...