मुख्य समाचार
कांग्रेस सभापति गगन थापाले पार्टीको विधान अनुसार नचल्नेलाई कारबाही गर्ने चेतावनी
कांग्रेस सभापति गगन थापाले पार्टीको विधान अनुसार नचल्नेलाई कारबाही गर्ने चेतावनी

। नेपाली कांग्रेस सभापति गगन थापाले पार्टीको विधान अनुसार नचल्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

शनिबार बिहान डाक्टर शेखर कोइराला निवास पुगेर पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । उनले सदस्यता नवीकरणमा कुनै असहजता नरहेको दाबी गर्दै नविकरणमा अवरोध गर्नेहरूलाई जिम्मेवारीबाट मुक्त गरिने बताए ।


‘कुनै पनि तहबाट कसैले पनि सदस्यता अद्यावधिकमा अवरोध सिर्जना गर्नुभयो भने पार्टीको विधान अनुसार साथीलाई ‘धन्यवाद’ भनेर मैले अर्को साथीलाई जिम्मेवारी दिन्छु’,उनले भने,‘ त्यो प्रक्रिया प्रारम्भ भइसकेको छ, पार्टीको क्रियाशील सदस्यको तथ्याङ्क केन्द्रसँग हुनु भनेको भोलि उम्मेदवार छान्ने बेला र सूचना पाउने बेला सदस्यको अधिकार बलियो हुनु हो । यसमा कसैले अवरोध सिर्जना गर्नुहुन्न भन्ने विश्वास छ ।’

उनले पार्टीका सबै संयन्त्रहरू सहमति र सल्लाहकै आधारमा बनाउन आफू तयार रहेको समेत स्पष्ट पारे । ‘पार्टीको सबै नेताहरूले को–को राख्दा चित्त बुझ्छ भन्नुस्, ती सबै राख्न म तयार छु’, उनले भने,‘पार्टीको सदस्यता व्यवस्थापन समिति पनि सल्लाहले बनाउने, पार्टीको अनुशासन समिति सल्लाहले बनाउने, पार्टीको निर्वाचन समिति सल्लाहले बनाउने, चाहेको जति नेताहरू पार्टीको केन्द्रीय समितिभित्र आएर बस्ने वातावरण बनाउने भनिसकेपछि अब कि त अनुहार मन पर्दैन भन्नुपर्‍यो, त्योभन्दा बाहेक बाँकी रहेको भन्ने ठाउँ चाहिँ केही पनि छैन।’


फरक प्रसंगमा थापाले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन जानीजानी सार्वजनिक नगरेको गम्भीर आरोप लगाएका छन् । प्रतिवेदन सच्याउन आयोगमाथि ठूलो दबाब दिइएको दाबी गर्दै उनले तत्काल प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।

‘मानव अधिकार आयोगको प्रतिवेदन जानीजानी लुकाइएको छ, यदि हाम्रो कुरा गलत हो भने तत्काल सार्वजनिक गरियोस्’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको बताएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको प्रवक्ता क्षेत्रीले दाबी गरे । नयाँ दिल्लीस्थित नेपाली दुतावास र मन्त्रालयको समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली ...
। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापतिहरूको जिम्मेवारी खोस्न सुरू गरेको छ । विशेष महाधिवेशनमा सहभागी नभएको समूहमा रहेका वडा सभापतिहरूले अद्यावधिकको काम नगरेपछि पार्टीले जिम्मेवारी खोस्न सुरू गरेको हो । देशव्यापी ‘जरा अभियान’ चलाइरहेको कांग्रेसले अहिलेसम्म झण्डै ५० जना वडा सभापतिहरूलाई अद्यावधिकको जिम्मेवारीबाट हटाएको छ । उनीहरूको ठाउँमा कांग्रेसले वडा कार्यसमितिमै रहेको ...
। भारतमा पेट्रोल र डिजेलको मूल्यमा फेरि बढेको छ । दिल्लीमा पेट्रोल प्रतिलिटर ८७ पैसा महँगिएर ९९.५१ भारतीय रुपैयाँ पुगेको छ । डिजेलको मूल्य पनि प्रतिलिटर ९१ पैसा बढेर ९२.४९ भारतीय रुपैयाँ पुगेको छ । भारतीय मिडियाहरुका अनुसार इन्धनको मूल्य ९ दिनभित्र तेस्रो पटक बढाइएको हो । यसअघि मे १९ मा पेट्रोल र डिजेलको मूल्य औसतमा ...
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कोशी प्रदेश सरकारको नेतृत्व चाँडै कांग्रेसले गर्ने बताएका छन् । शुक्रबार सुनसरीको लौकीमा आयोजित कार्यक्रममा बोल्दै उपसभापति शर्माले यस्तो बताएका हुन् । ‘कोशी प्रदेशको सरकारको नेतृत्व कांग्रेसले चाँडै नै गर्नेछ । अहिले यसबारेमा म धेरै बोल्न चाहन्न,’ उनले भने, ‘तर यति चाहिँ नेपाली भाषामा सबैले प्रष्ट बुझ्नेगरी भन्न चाहन्छु– अब ...
: लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माणाधीन तीन वटा हाइड्रोपावर कम्पनीलाई तत्काल काम रोक्न निकुञ्जले आदेश जारी गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सिन्धुपाल्चोक क्षेत्र नं. १ का सांसद बनेका भरतप्रसाद पराजुलीको लगानीमा सञ्चालित जुगल गाउँपालिका–२, दिपुमा रहेको ३६ दशमलव ५ मेगावाटको ब्रह्मायणी हाइड्रोपावर, १५ दशमलव १५ मेगावाट अपर ब्रह्मायणी छिन्ताङ ...