मुख्य समाचार
गुल्मीका चार स्थानीय तहमा घरमै राहदानी वितरण सेवा
गुल्मीका चार स्थानीय तहमा घरमै राहदानी वितरण सेवा

। गुल्मीका चार स्थानीय तहमा घरमै राहदानी वितरण सेवा पुगेको छ । जिल्लाका रेसुङ्गा नगरपालिका, गुल्मीदरबार गाउँपालिका, मुसिकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकामा सेवाग्राहीलाई घरमै पुगेर राहदानी वितरण गरिएको हो ।

सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले अघि सारेको सेवा घरदैलोमै भन्ने नीतिअनुसार यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।




हुलाक सेवा विभागमार्फत सञ्चालन गरिएको ‘घरमै राहदानी वितरण सेवा’ अन्तर्गत रेसुङ्गा नगरपालिकामा ५१ जना, गुल्मीदरबार गाउँपालिकामा ६ जना, मुसिकोट नगरपालिकामा १३२ जना तथा कालीगण्डकी गाउँपालिकामा २१ जनाले सेवा प्राप्त गरेको जिल्ला हुलाक कार्यालय गुल्मीका भुवन पाण्डेले बताए ।

रेसुङ्गा नगरपालिकाबाट सुरु भएको अभियान जिल्लाका ४ स्थानीय तहमा पुगेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्ेले बताए । जिल्लाका विभिन्न स्थानमा नागरिकलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले यो सेवा विस्तार गरिएको बताइएको छ ।




विशेषगरी वैदेशिक रोजगारी, अध्ययन तथा विभिन्न प्रयोजनका लागि राहदानी आवश्यक पर्ने नागरिकलाई जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता कम गर्न सेवा प्रभावकारी बनेको स्थानीयले बताएका छन् । हुलाकमार्फत घरमै राहदानी पुगेपछि समय र खर्च दुवै बचत भएको सेवाग्राहीको अनुभव छ ।

यसअघि राहदानी तयार भएपछि लिनका लागि पुन: जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित कार्यालय पुग्नुपर्ने अवस्था थियो । तर अहिले हुलाक सेवा विभागले स्थानीय तहसँग समन्वय गरी नागरिकको घरमै राहदानी पुर्‍याउने व्यवस्था मिलाएको जिल्ला हुलाक कार्यालयलका प्रमुख खेतबहादुर खत्रीले बताए ।

ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै सेवा थप प्रभावकारी बनाइने र आगामी दिनमा जिल्लाका अन्य स्थानीय तहमा समेत विस्तार गरिने तयारी रहेको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए । सरकारी सेवा प्रवाहलाई प्रविधिमैत्री र नागरिकमैत्री बनाउने अभियानअन्तर्गत सञ्चालन गरिएको घरमै राहदानी वितरण सेवाले सर्वसाधारणलाई सहजता प्रदान गरेको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पाँचथरको उत्तरी याङवरक गाउँपालिकमा बाढी र पहिरोले क्षति पुर्‍याएको छ । रातिको समया आएको बाढीका कारण सडक, पुल, खेतीयोग्य जमिन तथा घरमा क्षति पुगेको छ । मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । ओयाम बजार छेउमा पहिरो झरेको छ । फलैचा र च्याङथापुका विभिन्न ठाउँमा खेत बगाएको स्थानीले खबर गरेका छन् । च्याङथापुमा दुईवटा ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले १५ जेठसम्म रिक्त रहेका भ्रातृ संगठनहरूले नेतृत्व पाइसक्ने बताएका छन् । सुनसरीको लौकहीमा शुक्रबार आयोजित ‘प्रदेश तथा स्थानीय तह स्तरीय भेला’ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभापति थापाले असन्तुष्ट नेताहरूसँग परामर्शमा रहेकाले रिक्त रहेका भ्रातृ संगठनहरुको नेतृत्व चयनमा ढिलाइ भएको बताए । ‘भ्रातृ संगठनहरूको जेठ १५ सम्म टुंगो लाग्छ,’ उनले ...
। परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको बताएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको प्रवक्ता क्षेत्रीले दाबी गरे । नयाँ दिल्लीस्थित नेपाली दुतावास र मन्त्रालयको समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली ...
। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापतिहरूको जिम्मेवारी खोस्न सुरू गरेको छ । विशेष महाधिवेशनमा सहभागी नभएको समूहमा रहेका वडा सभापतिहरूले अद्यावधिकको काम नगरेपछि पार्टीले जिम्मेवारी खोस्न सुरू गरेको हो । देशव्यापी ‘जरा अभियान’ चलाइरहेको कांग्रेसले अहिलेसम्म झण्डै ५० जना वडा सभापतिहरूलाई अद्यावधिकको जिम्मेवारीबाट हटाएको छ । उनीहरूको ठाउँमा कांग्रेसले वडा कार्यसमितिमै रहेको ...
। भारतमा पेट्रोल र डिजेलको मूल्यमा फेरि बढेको छ । दिल्लीमा पेट्रोल प्रतिलिटर ८७ पैसा महँगिएर ९९.५१ भारतीय रुपैयाँ पुगेको छ । डिजेलको मूल्य पनि प्रतिलिटर ९१ पैसा बढेर ९२.४९ भारतीय रुपैयाँ पुगेको छ । भारतीय मिडियाहरुका अनुसार इन्धनको मूल्य ९ दिनभित्र तेस्रो पटक बढाइएको हो । यसअघि मे १९ मा पेट्रोल र डिजेलको मूल्य औसतमा ...