मुख्य समाचार
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले संविधान संशोधनका लागि राय आम नागरिकबाट लिने
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले संविधान संशोधनका लागि राय आम नागरिकबाट लिने

। संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले संविधान संशोधनका लागि राय आम नागरिकबाट लिने भएको छ ।

प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलले संविधान संशोधनमा सुझाव पठाउन सार्वजनिक सूचना जारी गरेको छ ।

शुक्रबार सार्वजनिक सूचना जारी गरेर एक साताभित्र सुझाव पठाउन अनुरोध गरिएको छ ।

कार्यदलको बैठकको निर्णय अनुसार ‘सबै नेपाली नागरिकको सहभागीता’ सुनिश्चित गर्न लिखित रुपमा सुझाव माग गरिएको जनाइएको छ ।

सुझाव इमेल र ह्वाट्सएप मार्फत पठाउन सकिने छ । संविधान संशोधनका लागि लिखित सुझाव इमेल एड्रेस [email protected][email protected] मा पठाउन सकिने छ । ह्वाट्सएपमा सुझाव पठाउन मोबाइल नम्बर ९८५६०२९९४७ उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले नेपाललाई अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने समय तीन वर्ष पछाडि सार्ने संयुक्त राष्ट्रसंघको विकास नीति समिति (सीडीपी) समक्ष औपचारिक पत्राचार गरेको छ । परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघको विकास नीति समिति (सीडीपी) समक्ष औपचारिक पत्र पठाएको हो । यसअघि नेपाल सन् २०२६ नोभेम्बर २४ मा अतिकम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रमा ...
। एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ‌ओलीको नेतृत्वमाथि चार उपाध्यक्षहरुले प्रश्न उठाएपछि रामबहादुर थापाले त्यसको प्रतिवाद गरेका छन् । उपाध्यक्ष समेत रहेका थापाले पार्टी संकटमा रहेको र यो बेला नेतृत्वको रक्षा गर्नु कर्तव्य भएको धारणा राखेका थिए । करिब ६ घण्टा चलेको सचिवालयको बैठकमा उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, गोकर्ण विस्टले अब पार्टी ...
। एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले अध्यक्ष केपी शर्मा ओलीलाई ‘पार्टी तपाईंको प्राइभेट कम्पनी हो’ भन्दै प्रश्न गरेका छन् । अध्यक्ष ओलीले आफू सच्चिने भन्दा अराजक हुनेहरूलाई कारबाही गर्ने भन्दै नेताहरूप्रति उल्टै धम्की दिन थालेपछि उपाध्यक्ष गुरुङले प्रतिवाद गरेका हुन् । एमाले सचिवालयको बैठकमा अध्यक्ष ओलीबाट अब चल्न नसक्ने खालको धारणा चार जना उपाध्यक्षहरूले राखेका थिए । ‘आज ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारसँग राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनबारे तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । सुनसरीको लौकहीमा शुक्रबार आयोजित ‘प्रदेश तथा स्थानीय तह स्तरीय भेला’ सम्बोधन गर्दै उनले २३–२४ भदौमा भएको घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् । ‘राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन खोइ ?,’ सभापति थापाले ...
। जेनजी आन्दोलनपछि सत्ता बहिर्गमनमा परेका एमाले अध्यक्ष केपी शर्मा ओली चुनावमा लजास्पद पराजयपछि अब पार्टीमा पनि संकटमा परेका छन् । गत महाधिवेशनमा आफैंलाई जिताउन भूमिका खेलेका नेताहरू नै अब उनीबाट पार्टी चल्दैन भन्ने निष्कर्षमा पुगेर पद छोडाउन लागेका छन् । यसको औपचारिक प्रस्ताव पार्टीको बैठकमै आएको छ । शुक्रबारको सचिवालयल बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष ...