मुख्य समाचार
अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति समय ३ वर्ष धकेल्न नेपालको पत्राचार
अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति समय ३ वर्ष धकेल्न नेपालको पत्राचार

। सरकारले नेपाललाई अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने समय तीन वर्ष पछाडि सार्ने संयुक्त राष्ट्रसंघको विकास नीति समिति (सीडीपी) समक्ष औपचारिक पत्राचार गरेको छ ।

परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघको विकास नीति समिति (सीडीपी) समक्ष औपचारिक पत्र पठाएको हो ।

यसअघि नेपाल सन् २०२६ नोभेम्बर २४ मा अतिकम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने तय भएको थियो । तर, पछिल्ला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक–राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सरकारले उक्त स्तरोन्नतिलाई सन् २०२९ नोभेम्बरसम्म स्थगित गर्न भनेको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाललाई एलडीसीबाट स्तरोन्नति गर्ने समय आगामी नोभेम्बर २०२९ सम्मका लागि सार्न पत्राचार गरिएको बताए ।

परराष्ट्रमन्त्री शिषिर खनालले सन् २०२६ मे १३ मा संयुक्त राष्ट्रसंघअन्तर्गतको सीडीपीका अध्यक्षलाई पत्र पठाएर स्तरोन्नति तत्कालका लागि रोक्न औपचारिक पत्राचार गरेका हुन् । सरकारले स्तरोन्नति पछाडि सार्नुपर्ने पाँच प्रमुख कारण प्रस्तुत गरेको छ ।

क्षेत्रीय द्वन्द्व तथा विश्वव्यापी आपूर्ति शृङ्खलामा आएको अवरोधले नेपालको अर्थतन्त्र प्रभावित भएको परराष्ट्रले जनाएको छ । विश्व बैंकले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको अवस्थालाई पनि सरकारको प्रमुख आधार बनाएको छ ।

त्यस्तै, एलडीसीबाट स्तरोन्नति भएपछि नेपालले हाल पाइरहेको ड्युटी–फ्री तथा कोटा–फ्री (डीएफक्यूएफ) बजार पहुँचलगायतका सुविधा गुम्ने जोखिम रहेको र त्यसले उत्पादनशील क्षेत्रमा रोजगारी ३५ प्रतिशतसम्म घट्न सक्ने आँकलन गरिएको उल्लेख छ ।

सरकारले दिगो संक्रमण रणनीति (स्मुथ ट्रान्जिसन स्ट्राटेजी) अपेक्षाअनुसार कार्यान्वयन हुन नसकेको अवस्थालाई पनि अर्को कारणका रूपमा अघि सारेको छ । कोभिड–१९ महामारीपछिको आर्थिक पुनरुत्थान अझै स्थिर हुन नसकेको, भूराजनीतिक तनाव तथा जलवायु परिवर्तनका असरले सुधारोन्मुख अर्थतन्त्रमा थप चुनौती सिर्जना गरेको सरकारको भनाइ छ ।

यस्तै, मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमले नेपालको वैदेशिक मुद्रा सञ्चितिको मुख्य आधार रेमिट्यान्समा असर परेको तथा इन्धन, खाद्यवस्तु र मलखादको मूल्यवृद्धिले पर्यटन उद्योगसहित समग्र राष्ट्रिय अर्थतन्त्र प्रभावित भएको सरकारको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ‌ओलीको नेतृत्वमाथि चार उपाध्यक्षहरुले प्रश्न उठाएपछि रामबहादुर थापाले त्यसको प्रतिवाद गरेका छन् । उपाध्यक्ष समेत रहेका थापाले पार्टी संकटमा रहेको र यो बेला नेतृत्वको रक्षा गर्नु कर्तव्य भएको धारणा राखेका थिए । करिब ६ घण्टा चलेको सचिवालयको बैठकमा उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, गोकर्ण विस्टले अब पार्टी ...
। संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले संविधान संशोधनका लागि राय आम नागरिकबाट लिने भएको छ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलले संविधान संशोधनमा सुझाव पठाउन सार्वजनिक सूचना जारी गरेको छ । शुक्रबार सार्वजनिक सूचना जारी गरेर एक साताभित्र सुझाव पठाउन अनुरोध गरिएको छ । कार्यदलको बैठकको निर्णय अनुसार ‘सबै नेपाली नागरिकको सहभागीता’ ...
। एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले अध्यक्ष केपी शर्मा ओलीलाई ‘पार्टी तपाईंको प्राइभेट कम्पनी हो’ भन्दै प्रश्न गरेका छन् । अध्यक्ष ओलीले आफू सच्चिने भन्दा अराजक हुनेहरूलाई कारबाही गर्ने भन्दै नेताहरूप्रति उल्टै धम्की दिन थालेपछि उपाध्यक्ष गुरुङले प्रतिवाद गरेका हुन् । एमाले सचिवालयको बैठकमा अध्यक्ष ओलीबाट अब चल्न नसक्ने खालको धारणा चार जना उपाध्यक्षहरूले राखेका थिए । ‘आज ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारसँग राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनबारे तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । सुनसरीको लौकहीमा शुक्रबार आयोजित ‘प्रदेश तथा स्थानीय तह स्तरीय भेला’ सम्बोधन गर्दै उनले २३–२४ भदौमा भएको घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् । ‘राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन खोइ ?,’ सभापति थापाले ...
। जेनजी आन्दोलनपछि सत्ता बहिर्गमनमा परेका एमाले अध्यक्ष केपी शर्मा ओली चुनावमा लजास्पद पराजयपछि अब पार्टीमा पनि संकटमा परेका छन् । गत महाधिवेशनमा आफैंलाई जिताउन भूमिका खेलेका नेताहरू नै अब उनीबाट पार्टी चल्दैन भन्ने निष्कर्षमा पुगेर पद छोडाउन लागेका छन् । यसको औपचारिक प्रस्ताव पार्टीको बैठकमै आएको छ । शुक्रबारको सचिवालयल बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष ...