मुख्य समाचार
लोकतन्त्रका लागि बलिदान रोजेकाहरूलाई तर्साउने काम बन्द गर्न पार्टी नेतृत्वलाई सुझाव
लोकतन्त्रका लागि बलिदान रोजेकाहरूलाई तर्साउने काम बन्द गर्न पार्टी नेतृत्वलाई सुझाव

। नेपाली कांग्रेसका नेता केदार कार्कीले लोकतन्त्रका लागि बलिदान रोजेकाहरूलाई तर्साउने काम बन्द गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका कार्कीले शनिबार फेसबुकमा जंगी अड्डाको हुकुम र त्रासजस्तो वातावरणले पार्टी नचल्ने बताएका हुन् ।

‘पार्टीमा समावेश हुने आधार आस्था र विश्वासले हो । समर्पण जङ्गी अड्डाको हुकुम र त्रासबाट पैदा हुँदैन,’ कार्कीले लेखेका छन्, ‘सैद्धान्तिक असहमतिका समाधान संवादबाट खोजिनुपर्छ ।’


जिम्मेवार निकायको अल्लारेपन र दम्भले पार्टी पद्धति कमजोर भएको कार्कीको टिप्पणी छ ।

‘जिम्मेवार निकायले अल्लारेपन र दम्भ प्रदर्शन गर्दा पार्टीको पद्धति नै कमजोर बन्दै गएको छ । पदलोलुपता समस्या हो । पदभन्दा माथि उठेर लोकतन्त्रका लागि बलिदान रोजेकाहरूलाई तर्साउने प्रवृत्ति बन्द गर,’ उनले भनेका छन् ।

एकता, सहमति र सम्मानको अनुभूति दिलाउने, वातावरण बनाउने जिम्मेवारी नेतृत्वको नै रहेको उनले बताएका छन् । ‘वडा, पालिका, क्षेत्र र जिल्लाका सभापतिलगायत जिम्मेवार नेता तथा कार्यकर्तालाई प्रश्न उठाएको वा सैद्धान्तिक असहमति राखेकै कारण राजाको निरंकुश शासनझैँ बर्खास्त गर्नु, धम्की दिनु कांग्रेस २.० को चरित्र हो ?,’ उनले प्रश्न गरेका छन् ।

लोकतन्त्रमा असहमतिलाई संवादमा नल्याई ‘साइलेन्ट निलम्बन’ गर्नु अनैतिक मात्र होइन, लोकतन्त्रप्रतिको प्रतिबद्धतामाथिको धोका पनि रहेको उनले भनेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘अनुशासन सबैले पालना गर्नुपर्छ र नेताहरूलाई गाली गर्ने प्रवृत्ति पनि बन्द गरिनुपर्छ । कांग्रेसीहरू दास र लास हुन् सक्दैनन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी पुनगर्ठनको पक्षमा बलियो अडान लिएका छन् । शुक्रबारको सचिवालय बैठकमा शुरुमै बोलेका पौडेलले आजको राजनीतिक स्थिति सिर्जना हुनुमा नेतृत्वको कमजोरी औल्याएका छन् । विशेषगरी ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउनुलाई उनले गल्ती भनेका छन् । अब त्यही व्यवस्था कायम राखेर पुनगर्ठनमा जानुपर्ने प्रस्ताव राखेका थिए । विगतका ...
। कर्मचारी व्यवस्थापन भएसँगै ताप्लेजुङको ओलाङचुङ्गोला टिप्ताला नाका पुन: सञ्चालनमा आएको छ । यसअघि स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो । कोभिड–१९ को महामारी फैलिन थालेसँगै यो भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएको थियो । अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाले जानकारी दिए । भन्सार कार्यालय सञ्चालन ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्पत्ति शुद्धीकरण एवं सङ्गठित अपराधको अभियोग संशोधन हुने भएपछि खुशी लागेको प्रतिक्रिया दिएका छन् । जिल्ला अदालत कास्कीले सम्पत्ति शुद्धीकरण एवं सङ्गठित अपराधको अभियोग संशोधन गरेपछि उनले खुशी लागेको प्रक्रिया दिएका हुन् । ‘मैले आदेश पढ्न पाएको त छैन । अदालतकै आदेशमा हामी चल्नु पर्ने हुन्छ’, सभापति लामिछानेले सञ्चारकर्मीसँग भने, ...
। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारी क्षेत्रमा हुने ठगी नियन्त्रणका लागि म्यानपावर कम्पनी तथा सम्बन्धित संस्थाको नियमित अनुगमन भइरहेको जनाएको छ । विभागले एक सूचना जारी गर्दै अनुगमनका लागि खटिने कर्मचारीलाई विभागको आधिकारिक पत्रसहित पठाइने र उनीहरूले परिचयपत्र देखाएर मात्रै अनुगमन गर्ने व्यवस्था रहेको जनाएको छ । आफ्नो कर्मचारी भएको दाबी गर्दै अनधिकृत रूपमा अनुगमन गर्ने, विभागको ...
। एक वर्षअघि क्यानडामा रहेका भेटनरी डाक्टरको नक्कली हस्ताक्षर गरी ल्याइएका माछा पाँचथरको सदरमुकाम फिदिममा फेला परेको छ । उक्त माछा सशस्त्र प्रहरीले फेला पारेर नष्ट गरेको छ । कागजात जाँच गर्ने क्रममा शंका लागेपछि खोजी नीति गर्दा डाक्टरको नक्कली हस्ताक्षर गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ । जाँचका क्रममा डा. अभिषेक सिंहद्वारा जारी गरिएको भेटेरिनरी ...