मुख्य समाचार
मेलम्ची खानेपानी आयोजनाको दुईवटा गाडीलाई मेलम्ची नगरपालिका– १२ का पीडित स्थानीयले नियन्त्रणमा
मेलम्ची खानेपानी आयोजनाको दुईवटा गाडीलाई मेलम्ची नगरपालिका– १२ का पीडित स्थानीयले नियन्त्रणमा

: मेलम्ची खानेपानी आयोजनाको दुईवटा गाडीलाई मेलम्ची नगरपालिका– १२ का पीडित स्थानीयले नियन्त्रणमा लिएका छन्।

उनीहरुले खानेपानीको बा.१ झ ६६०६ र बा.१ झ ८८१३ नम्बरका गाडी नियन्त्रणमा लिएका हुन्। मेलम्ची खानेपानी आयोजनाबाट भुक्तानी नपाएर पीडित भएका बाहुनेपाटीका स्थानीयले आक्रोश स्वरूप गाडी नियन्त्रणमा लिएको पीडित उत्तर श्रेष्ठले बताए।

लामो समयदेखि आयोजनाले कब्जा गरेर राखेको स्थानीयको जग्गाको भाडा र सामान सप्लाई गर्ने भेन्डर्सको करोडौँ रुपैयाँ भुक्तानी भएको छैन।



विभिन्न समयमा बैठक गरेर पीडितलाई रकम भुक्तानी गर्ने सरकारको वाचा लामो समयदेखि पूरा भएको छैन। स्थानीयले भुक्तानी नपाउँदा बेलाबखत आयोजनाको मुहान क्षेत्रमा तनाव सिर्जना हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा पार्टीमा देखिएको समस्या समाधान हुनुपर्ने माग उठेको छ। भक्तपुरको गुण्डुमा बसेको एमालेको सचिवालय बैठकमा बोल्ने वक्ताहरूले अध्यक्षकै नेतृत्वमा अहिले देखिएको समस्या समाधान हुनुपर्ने सुझाव आएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। उनका अनुसार मिडियामा आएजस्तो नेतृत्व परिवर्तनको सवालमा छलफल केन्द्रित नभएको बताए। 'नेतृत्व फेर्ने कुरा कसैले गरेको छ जस्तो ...
: जिल्लाको मुगम कार्मारोङ गाउँपालिका–२, सिरानिचौरमा मुगु कर्णाली नदी किनारमा खेलिरहेका दुई बालबालिका नदीले बगाउँदा बेपत्ता भएका छन् । शुक्रबार बेलुकी ६ः५० बजे नदी किनारमा खेल्दै गर्दा उनीहरु बेपत्ता भएका हुन । बेपत्ता हुनेमा स्थानीय पेमा लामाकी ३ वर्षीया छोरी कासाङ छोतेल लामा र टोमा लामाका ३ वर्षीय छोरा तेन्जिङ जेबाल लामा रहेको ...
: मोरङमा सुनजस्तो देखिने पहेँलो धातुको टिल (बिस्कुट) देखाएर सर्वसाधारण वृद्धवृद्धालाई निशाना बनाउँदै ठगी तथा लुटपाट गर्ने गिरोह फेरि सक्रिय भएको खुलेको छ। विशेषगरी वृद्धवृद्धा र सोझा नागरिकलाई लक्षित गर्दै सार्वजनिक सवारीसाधन, बजार क्षेत्र तथा भिडभाड हुने स्थानमा सक्रिय रहेको गिरोहका एक जना पुरानै अभियुक्त पुनः पक्राउ परेका छन्। प्रहरीले झापाको कनकाई नगरपालिका-९ घैलाडुब्बाका ६१ ...
: यार्सागुम्बा संकलन गर्न गएका गोरखाका एक युवाको भीरबाट लडेर मृत्यु भएको छ। आफ्नै दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका ३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको भीरबाट लडेर मृत्यु भएको हो। वुद्ध हिमालको फेदमा यार्सागुम्बा संकलन गरेर फर्कनेक्रममा गत बुधबार भीरबाट लडेर मृत्यु भएको वडा सदस्य विकास गुरुङले जानकारी दिए। उनको शव गाउँमा ल्याई शुक्रबार ...
: मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्ड अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेगखोलामा आज साँझ रूख ढलेर ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो। सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारी साधनहरु बीच बाटोमै रोकिएका छन्। स्थानीयवासीका साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शनमा जाने ...