मुख्य समाचार
अफ्रिकामा फैलिएको इबोला प्रकोपलाई मध्यनजर गर्दै कङ्गो, युगान्डा र दक्षिण सुडानबाट आउने यात्रुमाथि प्रवेशमा कडाइ
अफ्रिकामा फैलिएको इबोला प्रकोपलाई मध्यनजर गर्दै कङ्गो, युगान्डा र दक्षिण सुडानबाट आउने यात्रुमाथि प्रवेशमा कडाइ

: अमेरिकाले पूर्वी तथा मध्य अफ्रिकामा फैलिएको इबोला प्रकोपलाई मध्यनजर गर्दै कङ्गो, युगान्डा र दक्षिण सुडानबाट आउने यात्रुमाथि प्रवेशमा कडाइ गरेको छ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले कानुनी स्थायी बसोबास अनुमति (ग्रीन कार्ड) प्राप्त व्यक्तिहरूसहित ती देशमा पछिल्लो २१ दिनभित्र बसेका व्यक्तिलाई अस्थायी रूपमा अमेरिका प्रवेशमा रोक लगाइने जनाएको हो।

सीडीसीका अनुसार नयाँ व्यवस्था अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागले जारी गरेको अन्तरिम सार्वजनिक स्वास्थ्य नियमअन्तर्गत लागू गरिएको हो। उक्त नियमले खतरनाक सङ्क्रामक रोगको फैलावट रोक्न संघीय स्वास्थ्य निर्देशनहरू परिमार्जन गरेको जनाएको छ।

यसअघि सोमबार मात्रै सीडीसीले इबोला नियन्त्रणका लागि ३० दिने विशेष प्रतिबन्ध प्याकेज सार्वजनिक गरेको थियो। त्यसअन्तर्गत यात्रु स्क्रिनिङ, निगरानी तथा केही गैर-अमेरिकी नागरिकमाथि प्रवेश प्रतिबन्ध कडा पारिएको थियो।

नयाँ नियमपछि ग्रीन कार्डधारीलाई समेत तत्काल अमेरिका फर्कन नदिने व्यवस्था गरिएको सीडीसीले जनाएको छ। सार्वजनिक स्वास्थ्य सुरक्षा र आपतकालीन स्रोत व्यवस्थापनका लागि यस्तो कदम आवश्यक रहेको उसको भनाइ छ।

हालसम्म अमेरिकामा इबोलासम्बन्धी कुनै संक्रमण पुष्टि नभएको सीडीसीले जनाएको छ। यद्यपि सम्भावित जोखिम नियन्त्रणका लागि पूर्वसतर्कता अपनाइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानको पेशावरमा एउटा निजी विद्यालयको छाना भत्किँदा ३४ जनाको मृत्यु भएको छ। मृत्यु हनेमा एक शिक्षक र ३३ जना विद्यार्थी रहेको लेडी रेडिङ अस्पतालले पुष्टि गरेको छ। प्रहरीले उक्त विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको जनाएको छ। उक्त निजी विद्यालय शैक्षिक गुठीका रूपमा सञ्चालित हुँदै आएको बताइएको छ। दिर कोलोनीस्थित अल–खैर विद्यालयमा स्थानीय समयानुसार बिहीबार बिहान ८ः४८ ...
। इन्डोनेसियामा डढेलो तीव्र बन्दै जाँदा त्यसबाट फैलिएको धुवाँ र तुवाँलोले दक्षिणपूर्वी एसियाका विभिन्न देश प्रभावित भएका छन् । सिंगापुरमा वायु प्रदूषण यस वर्षकै उच्च बिन्दुमा पुगेको छ भने पूर्वी टिमोरले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । रोयटर्सका अनुसार बुधबार सिंगापुरको पश्चिमी क्षेत्रमा एक घण्टाको पीएम २.५ मापन २८४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको ...
यमनमा चर्किंदो द्वन्द्वका कारण ८ लाख मानिस जीवनरक्षक खाद्य सहायताबाट वञ्चित भएको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले चेतावनी दिएको छ । युद्धका अग्रपंक्ति निरन्तर परिवर्तन हुनु, सडक अवरुद्ध हुनु र सुरक्षा अवस्था बिग्रिनुले प्रमुख क्षेत्रमा राहत सामग्री पुर्‍याउन कठिन भएको कार्यक्रमले जनाएको छ । डब्लूएफपीका अनुसार यमनको तेस्रो ठूलो सहर ताइजमा संकट सबैभन्दा गम्भीर ...
: माल्दिभ्सले विभिन्न विदेशी लगानी जोड्ने नियम कडा बनाएकाे छ । व्यवस्था अनुसार निर्माण, घरगा , लेखापरीक्षण र सूचना प्रविधि निश्चित विदेशी लगानीका लागि २५ प्रतिशत स्थानीय स्वामित्व छ। केही व्यवसाय भने माल्दिभियन नागरिकका लागि मात्र सुरक्षित छ। आर्थिक विकास, यातायात तथा व्यापार मिनि मोहम्मद सइदका अनुसार १५ अमेरिकी डलर मूल्य निर्माण परियोजना र १०० मिल ...
: अमेरिकाको विस्कन्सिन राज्यमा 'पाइपर PA 46' (Piper PA 46) मोडलको साना फिक्स-विङ विमान दुर्घटना हुँदा एक बच्चासहित ६ जनाको मृत्यु भएको छ। केनोसाबाट मेनोमोनीतर्फ गइरहेको उक्त विमान डेलोना क्षेत्रस्थित जंगलमा मंगलबार राति दुर्घटनामा परेको हो। सोक काउन्टी शेरिफको कार्यालयका अनुसार राति करिब ९:३० बजे डेलोना शहरको पार्क लेन उत्तर र हर्विग रोड पश्चिम क्षेत्रमा विमान खसेको ...