मुख्य समाचार
मुगु कर्णाली नदी किनारमा खेलिरहेका दुई बालबालिका नदीले बगाउँदा बेपत्ता
मुगु कर्णाली नदी किनारमा खेलिरहेका दुई बालबालिका नदीले बगाउँदा बेपत्ता

: जिल्लाको मुगम कार्मारोङ गाउँपालिका–२, सिरानिचौरमा मुगु कर्णाली नदी किनारमा खेलिरहेका दुई बालबालिका नदीले बगाउँदा बेपत्ता भएका छन् । शुक्रबार बेलुकी ६ः५० बजे नदी किनारमा खेल्दै गर्दा उनीहरु बेपत्ता भएका हुन ।

बेपत्ता हुनेमा स्थानीय पेमा लामाकी ३ वर्षीया छोरी कासाङ छोतेल लामा र टोमा लामाका ३ वर्षीय छोरा तेन्जिङ जेबाल लामा रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।

शुक्रबार ६ः५० बजेतिर नदी किनारमा खेल्ने क्रममा उनीहरूलाई कर्णाली नदीले बगाएको स्थानीयवासीले बताएका छन् । घटनाबारे शुक्रबार साँझ ७ः३० बजे यार्सा संकलन सुरक्षा ड्युटीमा खटिएका सशस्त्र प्रहरी निरीक्षक धनबहादुर रावललाई जानकारी प्राप्त भएपछि निरीक्षक रावलको कमाण्डमा १० जनाको टोली तथा स्थानीयवासी मिलेर खोजी कार्य सुरु गरिएको छ ।



यसैगरी, अस्थायी प्रहरी पोस्ट चितैकुनाबाट प्रहरी हवल्दारको कमाण्डमा थप ५ जनाको टोली घटनास्थालतर्फ परिचालन गरिएको प्रहरीले जनाएको छ । उक्त स्थान अस्थायी प्रहरी पोस्ट चितैकुनाबाट करिब २ घण्टा ३० मिनेट पैदल दूरी पूर्वतर्फ पर्दछ । हाल बेपत्ता बालबालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पूर्वाधार विकासमन्त्री सुनील लम्सालले मूल्यवृद्धिले असर गरेका निर्माणाधीन आयोजनाका ठेक्काको म्याद २ महिना थप गर्ने बताएका छन्। पूर्वाधार विकास समितिले शुक्रबार आयोजना गरेको सार्वजनिक पूर्वाधार निर्माणको अवस्था विषयक छलफल कार्यक्रममा मन्त्री लम्सालले म्याद थप गरिने बताउँदै आयोजना निर्माणको काम नरोक्न आग्रह गरे। अमेरिका–इरान युद्धका कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै ठेक्काको लागत बढेको भन्दै निर्माण व्यवसायीले ...
: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा पार्टीमा देखिएको समस्या समाधान हुनुपर्ने माग उठेको छ। भक्तपुरको गुण्डुमा बसेको एमालेको सचिवालय बैठकमा बोल्ने वक्ताहरूले अध्यक्षकै नेतृत्वमा अहिले देखिएको समस्या समाधान हुनुपर्ने सुझाव आएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। उनका अनुसार मिडियामा आएजस्तो नेतृत्व परिवर्तनको सवालमा छलफल केन्द्रित नभएको बताए। 'नेतृत्व फेर्ने कुरा कसैले गरेको छ जस्तो ...
: मोरङमा सुनजस्तो देखिने पहेँलो धातुको टिल (बिस्कुट) देखाएर सर्वसाधारण वृद्धवृद्धालाई निशाना बनाउँदै ठगी तथा लुटपाट गर्ने गिरोह फेरि सक्रिय भएको खुलेको छ। विशेषगरी वृद्धवृद्धा र सोझा नागरिकलाई लक्षित गर्दै सार्वजनिक सवारीसाधन, बजार क्षेत्र तथा भिडभाड हुने स्थानमा सक्रिय रहेको गिरोहका एक जना पुरानै अभियुक्त पुनः पक्राउ परेका छन्। प्रहरीले झापाको कनकाई नगरपालिका-९ घैलाडुब्बाका ६१ ...
: यार्सागुम्बा संकलन गर्न गएका गोरखाका एक युवाको भीरबाट लडेर मृत्यु भएको छ। आफ्नै दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका ३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको भीरबाट लडेर मृत्यु भएको हो। वुद्ध हिमालको फेदमा यार्सागुम्बा संकलन गरेर फर्कनेक्रममा गत बुधबार भीरबाट लडेर मृत्यु भएको वडा सदस्य विकास गुरुङले जानकारी दिए। उनको शव गाउँमा ल्याई शुक्रबार ...
: मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्ड अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेगखोलामा आज साँझ रूख ढलेर ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो। सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारी साधनहरु बीच बाटोमै रोकिएका छन्। स्थानीयवासीका साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शनमा जाने ...