मुख्य समाचार
अमेरिकी विदेशमन्त्री म्याक्रो रुबियोले भारत भ्रमणअघि दिएको अभिव्यक्तिले भारतको ऊर्जा तथा विदेश नीतिमा नयाँ बहस सुरु
अमेरिकी विदेशमन्त्री म्याक्रो रुबियोले भारत भ्रमणअघि दिएको अभिव्यक्तिले भारतको ऊर्जा तथा विदेश नीतिमा नयाँ बहस सुरु

: अमेरिकी विदेशमन्त्री म्याक्रो रुबियोले भारत भ्रमणअघि दिएको अभिव्यक्तिले भारतको ऊर्जा तथा विदेश नीतिमा नयाँ बहस सुरु गरेको छ । उनले अमेरिका भारतसँग ऊर्जा सहकार्य विस्तार गर्न तयार रहेको भन्दै भारतले चाहे जति अमेरिकी तेल खरिद गर्न सक्ने बताएका छन् ।

मियामीमा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले भने, ‘भारतले अमेरिकाबाट जति तेल किन्न चाहन्छ, हामी उपलब्ध गराउन तयार छौं । अहिले अमेरिका रेकर्डस्तरमा तेल उत्पादन र निर्यात गरिरहेको छ ।’ रुबियो मे २३ देखि २६ सम्म भारत भ्रमणमा छन् । यस क्रममा उनले कोलकाता, आग्रा, जयपुर र नयाँ दिल्लीको भ्रमण गर्नेछन् । उनी क्वाड समूहको विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत आएका हुन् । क्वाडमा अमेरिका, भारत, जापान र अष्ट्रेलिया सदस्य छन् ।

भेनेजुएलासम्बन्धी टिप्पणीले उठायो प्रश्न

रुबियोले भारत र भेनेजुएलाबीच ऊर्जा सहकार्यका सम्भावना रहेको पनि बताएका छन् । उनले भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेज आगामी साता भारत भ्रमणमा आउने जानकारी गराएका थिए । यस अभिव्यक्तिपछि भारतीय विपक्षी दल कांग्रेसका वरिष्ठ नेता जयराम रमेशले प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेख्दै भारत वा भेनेजुएलाले आधिकारिक घोषणा नगरेको भ्रमणबारे अमेरिकी विदेशमन्त्रीलाई पहिले नै कसरी जानकारी भयो भनेर प्रश्न गरेका हुन् ।
दक्षिण एशियाली विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध प्राध्यापक धनञ्जय त्रिपाठीका अनुसार अमेरिका विश्वव्यापी तेल आपूर्तिमा आफ्नो नियन्त्रण बढाउन चाहन्छ । उनले भने, ‘रुसबाट तेल आयातमा कडाइ, भेनेजुएलामा सत्ता परिवर्तन र इरानमाथिको दबाबलाई एउटै रणनीतिक श्रृंखलाका रूपमा हेर्न सकिन्छ । भारत ऊर्जा आवश्यकताका लागि आयातमा निर्भर भएकाले कुनै एक देशमा पूर्ण निर्भर हुनु रणनीतिक गल्ती हुन सक्छ ।’

त्रिपाठीका अनुसार पश्चिम एशियामा आगामी वर्ष पेट्रोडॉलर प्रणालीमाथि प्रश्न उठ्न सक्छ । अहिले विश्वव्यापी तेल कारोबार मुख्यतः अमेरिकी डलरमा हुने भएकाले डलरको प्रभुत्व कायम छ । यदि तेल कारोबार अन्य मुद्रामा हुन थाल्यो भने त्यसले अमेरिकी आर्थिक वर्चस्वलाई चुनौती दिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानको पेशावरमा एउटा निजी विद्यालयको छाना भत्किँदा ३४ जनाको मृत्यु भएको छ। मृत्यु हनेमा एक शिक्षक र ३३ जना विद्यार्थी रहेको लेडी रेडिङ अस्पतालले पुष्टि गरेको छ। प्रहरीले उक्त विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको जनाएको छ। उक्त निजी विद्यालय शैक्षिक गुठीका रूपमा सञ्चालित हुँदै आएको बताइएको छ। दिर कोलोनीस्थित अल–खैर विद्यालयमा स्थानीय समयानुसार बिहीबार बिहान ८ः४८ ...
। इन्डोनेसियामा डढेलो तीव्र बन्दै जाँदा त्यसबाट फैलिएको धुवाँ र तुवाँलोले दक्षिणपूर्वी एसियाका विभिन्न देश प्रभावित भएका छन् । सिंगापुरमा वायु प्रदूषण यस वर्षकै उच्च बिन्दुमा पुगेको छ भने पूर्वी टिमोरले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । रोयटर्सका अनुसार बुधबार सिंगापुरको पश्चिमी क्षेत्रमा एक घण्टाको पीएम २.५ मापन २८४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको ...
यमनमा चर्किंदो द्वन्द्वका कारण ८ लाख मानिस जीवनरक्षक खाद्य सहायताबाट वञ्चित भएको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले चेतावनी दिएको छ । युद्धका अग्रपंक्ति निरन्तर परिवर्तन हुनु, सडक अवरुद्ध हुनु र सुरक्षा अवस्था बिग्रिनुले प्रमुख क्षेत्रमा राहत सामग्री पुर्‍याउन कठिन भएको कार्यक्रमले जनाएको छ । डब्लूएफपीका अनुसार यमनको तेस्रो ठूलो सहर ताइजमा संकट सबैभन्दा गम्भीर ...
: माल्दिभ्सले विभिन्न विदेशी लगानी जोड्ने नियम कडा बनाएकाे छ । व्यवस्था अनुसार निर्माण, घरगा , लेखापरीक्षण र सूचना प्रविधि निश्चित विदेशी लगानीका लागि २५ प्रतिशत स्थानीय स्वामित्व छ। केही व्यवसाय भने माल्दिभियन नागरिकका लागि मात्र सुरक्षित छ। आर्थिक विकास, यातायात तथा व्यापार मिनि मोहम्मद सइदका अनुसार १५ अमेरिकी डलर मूल्य निर्माण परियोजना र १०० मिल ...
: अमेरिकाको विस्कन्सिन राज्यमा 'पाइपर PA 46' (Piper PA 46) मोडलको साना फिक्स-विङ विमान दुर्घटना हुँदा एक बच्चासहित ६ जनाको मृत्यु भएको छ। केनोसाबाट मेनोमोनीतर्फ गइरहेको उक्त विमान डेलोना क्षेत्रस्थित जंगलमा मंगलबार राति दुर्घटनामा परेको हो। सोक काउन्टी शेरिफको कार्यालयका अनुसार राति करिब ९:३० बजे डेलोना शहरको पार्क लेन उत्तर र हर्विग रोड पश्चिम क्षेत्रमा विमान खसेको ...