मुख्य समाचार
कतारमा ३६ जना नेपाली श्रमिकले ८ महिनादेखि तलब बापत कम्तीमा २ करोड ५ लाख रुपैयाँ पाएका छैनन्
कतारमा ३६ जना नेपाली श्रमिकले ८ महिनादेखि तलब बापत कम्तीमा २ करोड ५ लाख रुपैयाँ पाएका छैनन्

— कतारमा ३६ जना नेपाली श्रमिकले ८ महिनादेखि तलब बापत कम्तीमा २ करोड ५ लाख रुपैयाँ पाएका छैनन् । उनीहरु तलबका लागि नेपाली दूतावासदेखि स्थानीय श्रम कार्यालयमा धाइरहेका छन् ।

एकल स्वामित्वमा रहेको कतारी कम्पनी इन्टरटेक्ट्रा कतार डब्लु एलएलले ८ महिनाको तलब, भत्ता, ओभरटाइम, उपदान र खाना बापतको रकम नदिएको उनीहरुले बताएका छन् । त्यस कम्पनीमा कार्यरत ३६ जना नेपालीसहित ८५ जना विदेशी श्रमिक तलबको माग गर्दै काममा गएका छैनन् ।

इन्टरटेक्ट्रा कम्पनीमा ७ वर्षदेखि काम गरिरहेको सिराहाका रामदयाल रायले तलबका लागि पहल गरिदिन नेपाली दूतावास र युवा, श्रम तथा रोजगार मन्त्रालयलाई अनुरोध गरेको बताए । ‘हाम्रो कम्पनी तलब र सेवासुविधा बापत १५ हजारदेखि ४० हजार रियालसम्म बाँकी छ । ८ महिनाको तलब बाँकी छ । १० महिनाको खानाको पैसा र दुई सालदेखि ओभरटाइमकको पैसा दिएको छैन,’ उनले भने, ‘सबैको हिसाब गरेर श्रम कार्यालयमा उजुरी दिएका छौं । यसको अन्तिम सुनुवाइ भएको छैन ।’

उनका अनुसार सबै श्रमिकलाई त्यहाँको निकायले समयमा नै तलब पाउने सुनिश्चित गरेको छैन । ‘प्रारम्भिक रुपमा हेर्दा हामीले पाउने रकम ५ लाख ४० हजार रियाल देखिन्छ । योभन्दा अझ बढी हुन्छ,’ उनले भने ।

उनीसँगै कार्यरत अर्का श्रमिक श्री खत्वेले कम्पनीले दुई–तीन महिनाको अन्तरालमा नियमित तलब नदिँदा ८ महिना पुगेको बताए । ‘कम्पनीले नियमित तलब नदिँदा पनि काम कहिले बन्द भएको थिएन । सधैं चलिरहेको थियो । कम्पनीले एक महिनाको तलब दिएपछि थप दुई महिना पर्खाउन लगाउन थाल्यो । बाँकी तलब साइटबाट आउँछ भन्दै टार्न थाल्यो,’ उनले भने, ‘त्यसरी नै एकपल्ट खानाको पैसा हालिदिएपछि नहालिदिने गर्न थाल्यो ।’

Reachable logo
ads/ekantipur1440x233-2-2252026115456.jpg
उनीहरुले काम गर्ने साइट भने कतारको निकै प्रतिष्ठित परियोजनाहरु हुन् । ‘हामीले लुसेल, रस्लाफान र दोहाका सरकारी परियोजनाहरुमा काम गरेका हौँ । सरकारी परियोजनामा काम गर्दा पनि तलब पाइएन,’ उनले भने ।

दोहास्थित नेपाली दूतावासले कम्पनीका अधिकारीहरुलाई छलफलमा बोलाएको थियो । कम्पनीका अधिकारीले दुई महिना काम गरेपछि तलब दिन सक्ने अवस्थामा पुग्ने जानकारी दिएका थिए । श्रमिकहरुले कम्पनीले झुक्काउँदै आइरहेकोले लिखित प्रतिबद्धता मागेका थिए । कम्पनीले लिखित प्रतिबद्धता भने दिएन ।

‘हामी तलब नपाएपछि पहिलो पटक प्रहरीसमक्ष पुगेका थियौं । प्रहरीसँग कम्पनीले दुई महिनाको समय मागेको थियो । प्रहरीले दुई महिना काम गर्नु भनेपछि निरन्तर काम गरेका थियौँ । दुई महिना ५ दिन कटेपछि पनि कम्पनीबाट तलब आएन,’ श्यामु तेलीले भने, ‘त्यसपछि प्रहरीमा गयौं । प्रहरीले तलब नपाए घर जानु भनेर भन्यो । त्यसपछि हामी दूतावास गएका हौं ।’

उनीहरु अहिले कतारको सनैयास्थित श्रम कार्यालयमा पुगेका छन् । सनैया श्रम कार्यालयबाट पनि सल्टाउन नसकेमा उच्च अदालतलमा जाने तयारी भइरहेको छ । ‘हामीलाई यहाँ खाना खाने पैसा छैन । साथीभाइसँग पैसा सापटी लिएर खाना खाइरहेको छौं । अहिले एनआरएनएले खाना जुटाइरहेको छ,’ रायले भने, ‘तलब त्यतिकै छाडेर जाने कुरा भएन । यत्रो महिना नेपालमा परिवार ऋणमा नै चलिरहेको छ । घर जानेबित्तिकै साहुजन आँगनमा आइहाल्छ । उनीहरुलाई पैसा कसरी फिर्ता गर्न सकिन्छ ? यस्तो गर्मीमा दु:खको मिहेनतको पैसा त्यतिकै छोड्ने कुरा हुँदैन ।’

दूतावासले उनीहरुलाई मुद्दा लड्नको लागि पावर अफ एटोर्नी (अख्तियारी) दिएर घर जान सुझाव दिएको छ । ‘मुद्दा लड्ने भए पावर अफ अटेनी देऊ भनिरहेको छ । यहाँ अर्को कम्पनी परिवर्तन गर्ने विकल्प छ,’ उनले भने, ‘यसमा सोचविचार गरिरहेका छौं ।’

ads/multiple-banner-1-d-1022026052847.jpg
ads/multiple-banner-2-d-1022026052940.jpg
ads/multiple-banner-3-d-1022026053028.jpg
कतारले एक दशकअघि नै रोजगारदाताले श्रमिकलाई बैंकबाट अनिवार्य तलब भुक्तानी गर्नुपर्ने गरी तलब सुरक्षा प्रणाली (डब्लुपीएस) लागू गरेको थियो । तर, यसको प्रभावकारी हुन नसकेको भन्दै अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरुले नियमित प्रश्न उठाइरहेका छन् ।

सरकारी निकायले नै ठेक्काको रकम समयमा भुक्तानी नगर्दा आप्रवासी श्रमिकको संरक्षण हुन सकेको छैन : हृयुमन राइट्स वाचहृयुमन राइट्स वाचको पछिल्लो प्रतिवेदन अनुसार कतार सरकारसँग सम्बन्धित निकायहरू तथा अन्य ठूला व्यवसायहरूले परियोजनाका ठेकेदारहरूलाई समयमै भुक्तानी नगर्दा आप्रवासी श्रमिकहरूले तलब नपाइरहेको अवस्था छ । ‘कतारको ठेक्का आपूर्ति शृंखलाको शीर्षमा रहेका ग्राहकहरू, जसमा सरकारी निकायहरू पनि पर्छन्, प्रायः दण्डहीन अवस्थामा छन्, जसको भार आप्रवासी श्रमिक रोजगारी दिने उपठेकेदार व्यवसायहरूले बेहोर्नुपरेको छ,' गत डिसेम्बरमा सार्वजनिक प्रेस विज्ञप्तिमा वाचका उपनिर्देशक माइकल पेजले भनेका थिए, ‘कतारी अधिकारीहरू आप्रवासी श्रमिकको संरक्षणमा दुई पटक असफल भएका छन् । पहिलो, ग्राहकका रूपमा आफैंले समयमै भुक्तानी नगरेर र दोस्रो प्रभावकारी नियामकको भूमिका निर्वाह गर्न नसकेर ।’

पेजका अनुसार धेरै प्रचार गरिएका तलब सुरक्षा प्रणाली र तलब सहयोग र बिमा कोष जस्ता प्रणालीले श्रमिकको तलब रोक्न र समाधान गर्न प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैनन् ।

वाचले त्यसअघि पनि 'भुक्तानी पाएपछि मात्र तिर्ने' व्यवस्था भएका सम्झौताले ज्याला चोरी बढाउन सहयोग गर्ने तथ्य दस्तावेज गरेको थियो । संस्थाले कतारले श्रमिको सप्लाई शृंखलामा प्रत्यक्ष रोजगारदाताभन्दा माथिसम्म ज्यालासम्बन्धी दायित्व विस्तार गर्नुपर्ने जनाएको छ ।

ads/hardik-niskula-opd1440270-2-30320260940361-1042026074814.jpg
कतारी अधिकारीहरूले उपठेकेदार र श्रम आपूर्ति कम्पनीद्वारा गरिएका श्रम दुरुपयोगका लागि ठूला कम्पनीलाई जिम्मेवार बनाउनुपर्ने हृयुमन राइट्स वाचले जनाएको छ । ‘सबै व्यवसायहरूले आफ्ना सम्पूर्ण सञ्चालन र आपूर्ति शृंखलाभर कामदार संरक्षण सुनिश्चित गर्नुपर्छ,’ पेजको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवाको भोटेकोशी बाढीबाट जीवन गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा आयोजना गरिएको छ । मंगलबार बेलुका दीप प्रज्वलनसहित सुरु गरिएको स्मृति सभामा मृतकहरूको सम्झनामा मौन धारण गरिएको थियो । स्मृति सभामा हाल बेलायतमा अध्ययनरत युवा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो । स्मृति सभालाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाल सरकारले खोजी, उद्धार तथा ...
। नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ आइतबार केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न भएको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । नेपालका बाढी पीडितको सहयोगका लागि समर्पित उक्त मेला हेर्न झण्डै १० हजार सहभागी भए । तमुधिं यूकेले बाढी पीडितका लागि आर्थिक संकलन सुरु भइसकेको र ...
। भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै रक्षामन्त्री सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्। गत भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली ...
। सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् । यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा रहेका छन् । दुतावास रियादका अनुसार ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार जेलमा रहेका नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा अझै विचाराधीन रहेको छ । जेलमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै पूर्वी क्षेत्रमा ३७७ जना, केन्द्रीय क्षेत्रमा ३३४ जना ...