— इंग्लिस कप्तान ह्यारी केनको ह्याट्रिकको मदतले बायर्न म्युनिकले स्टुटगार्टलाई सजिलै ३–० ले पराजित गर्दै शनिबार जर्मनकपको उपाधि जितेको छ । फाइनलमा केनले दोस्रो हाफमा तीन गोल गरेका हुन् ।
उनले ५५ र ८० औं मिनेटमा दुई गोल गरेपछि दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा पेनाल्टीबाट तेस्रा गोल थपे । यससँगै बायर्नले लिगसँगै जर्मनका दुवै कप उपाधि जितेको छ । बायर्नले जर्मनकप जितेको भने यो २१ औं पल्ट हो । उसले यो उपाधि सन् २०१९–२०२० यता पहिलो पल्ट जितेको हो ।
केनले बायर्नका लागि आफ्नो अद्धितीय सिजन पूरा गर्ने क्रममा ५१ खेलबाट ६१ गोल गरेका छन् । बायर्नले जर्मन बुंडेसलिगा जितेयता जर्मन सुपरकप पनि जितेको थियो । सन् २०२३ मा बानर्य अएयता केनले जितेको उपाधि संख्या चार पुगेको छ ।