मुख्य समाचार
ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु
ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु

: धादिङको थाक्रे गाउँपालिका–२ सिम्ले बजारस्थित पृथ्वी राजमार्गमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

आज बिहान करिब ७:२० बजे भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ३ ख ४९५५ नम्बरको डिब्बा ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०२–०३१ प ०५७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक गोरखा नगरपालिका-७ निवासी २५ वर्षीय आदर्श श्रेष्ठलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको थियो। तर, उनको अवस्था गम्भीर भएपछि कलंकीस्थित नेपाल नेशनल अस्पतालमा थप उपचारका क्रममा बिहान ८ः२३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लागेको थियो।



ट्रक चालक धादिङको गजुरी गाउँपालिका-६ बन्छेटार निवासी ५५ वर्षीय पशुराम मगरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी प्रकाश दाहालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रौतहटको चन्द्रपुर–१ स्थित बागमती नदीमा शनिबार नुहाउने क्रममा दुई युवक डुबेर बेपत्ता भएका छन् । उनीहरु पाँच जनाको समूहमा नदीमा नुहाउन गएका थिए । नदीको गहिरो भागमा पुगेपछि बेपत्ता भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार बेपत्ता हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–५ निवासी गणेश महतो र सोही पालिकाका रोहित महतो रहेका छन् । ...
— चालु आर्थिक वर्षको १० महिनामा घरजग्गा कारोबारबाट ४३ अर्ब ५४ करोड रुपैयाँ राजस्व उठेको छ । चालु आर्थिक वर्षको साउनयता सबैभन्दा धेरै वैशाखमा ६ अर्ब २६ करोड रुपैयाँ राजस्व उठेको छ । यसअघि चैतमा ६ अर्ब १६ करोड रुपैयाँ राजस्व उठेको थियो । चैतको तुलनामा वैशाखमा समग्र घरजग्गा कारोबार घटेको देखिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको मासिक ...
— सिरहामा दलित महिलालाई कुटपिट गरेको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नरहा गाउँपालिका-३ का अन्दाजी ५० वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । नरहा-३ खोरियाकी दलित समुदायकी ६० वर्षीया फूलकुमारी खत्वेलाई उनले गत वैशाख २७ गते अपराह्न निर्घात कुटपिट गरेका थिए । प्रहरीका अनुसार, चराउन लगिएको भैंसी आफ्नो खेतमा गएको भन्दै ...
— यस वर्षको वसन्तकालीन सगरमाथा आरोहण सिजनमा गाइडसहित शुक्रबारसम्म ७८३ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहण गतिविधि वैशाख ३१ गतेदेखि सुरु भएको थियो । वसन्तकालीन आरोहण जेठ १५ सम्म सञ्चालन हुनेछ । पर्वतारोहण सञ्चालक संघका महासचिव ऋषि भण्डारीका अनुसार यस अवधिमा सबैभन्दा धेरै आरोहण बुधबार भएको थियो । उक्त दिन मात्रै आरोहण दलका सदस्य ...
— वर्षा र बाढीका कारण ताप्लेजुङ र पाँचथरको सीमाना भएर वहने खोलाबाट उत्पादन हुने ५५ मेगावाट विद्युत् उत्पादन ठप्प भएको छ । काबेली र इन्द्रावतीखोलामा शुक्रबार राति आएको बाढीका कारण २५ मेगावाटको काबेली ‘बी–१’ सहित चार वटा आयोजनाको उत्पादन ठप्प भएको हो । यहाँ उत्पादित विद्युत् पाँचथरको अमरपुर सव स्टेशनमा जडान गरिएको छ । काबेली र इन्द्रावतीखोलामा ...