मुख्य समाचार
विश्वकपका नयाँ नियम
विश्वकपका नयाँ नियम

— सन् १९७० को विश्वकप फुटबलमा पहिलो पटक पहेँलो र रातो कार्ड प्रयोगमा आएको थियो । सन् २०१८ आइपुग्दा ‘भार’ ले विश्वकपमा डेब्यू गर्‍यो । सन् २०२२ को विश्वकपको विशेषता थियो, रेफ्रीबाट अतिरिक्त समयलाई सक्दो लामो बनाइएको थियो । त्यसो भए, अबको विश्वकपमा नयाँ के हुँदै छ ? अमेरिका, क्यानडा र मेक्सिकोमा हुन लागेको यसपल्टको विश्वकपमा यी नयाँ तथ्य देख्न पाइने छ ।

‘हाइड्रेसन’ विश्राम

मौसम अत्यधिक गर्मी हुने ठाउँमा अचेल खेलाडीले खेलको बीचमै विश्राम लिने र तरल पदार्थ लिने त सामान्य नै भयो । तर यसअघि विश्वकपमा यो अनिवार्य भने थिएन । अब भने नियममा परिवर्तन भएको छ, फिफाले प्रत्येक हाफको बीचमा तीन मिनेटको ‘हाइड्रेसन’ विश्राम नियम ल्याउँदै छ । यो नियम मौसम चिसो भए पनि लागू हुनेछ, वा खेल बन्द रंगशालामै किन भइरहेको नहोस् ।

फिफाले भनेको छ, ‘अब मौसम र तापक्रमको स्थिति हेर्नुपरेन, रेफ्रीले सबै खेलमा विश्रामको समय दिनेछ । यो सबै स्थितिमा लागू हुनेछ भने सबै खेलमा पनि लागू हुनेछ ।’ फिफाले यो नियम खेलाडीको भनाइकै लागि ल्याइएको हो । यसको अर्थ अब के हुन्छ भने फुटबलका प्रत्येक खेल चार भागमा विभाजित हुने भयो । यो नियमले विज्ञापन बजाउन पाउँदा टेलिभिजन प्रसारणलाई पनि फाइदा पुग्ने निश्चित छ ।

कर्नर र दोस्रो पहेँलो कार्डमा पनि ‘भार’

अहिलेसम्म ‘भार’ को प्रयोग गोलका क्रममा हुनसक्ने गम्भीर भुल, पेनाल्टीको घटना, सिधै रातो कार्ड र खेलाडी पहिचानमा हुनसक्ने भुलमै मात्र लागू भइरहेको थियो । यो वर्षको सुरुमा अन्तर्राष्ट्रिय फुटबल बोर्ड आईएफएबीले यो नियमलाई अझ विस्तार गरेको छ । आईएफएबी फुटबलको नियम बनाउने संस्था हो । अबदेखि ‘भार’ कर्नर र दोस्रो पहेँलो कार्डमा पनि लागू हुनेछ ।

त्यसको अर्थ के भयो भने यही कोही खेलाडी दोहोरो पहेँलो कार्डमा मैदान छाड्नुपर्ने हुन्छ भने ‘भार’ को मदत लिइने छ । ‘भार’ गलत कर्नरको नियममा पनि लागू हुनेछ । यसका लागि भने खेलमा ढिलाइ गरिने छैन ।

गोल किक्स, थ्रो–इन र सब्स्टिच्युसनमा ‘काउन्टडाउन’

अब गोल किक्स, थ्रो–इन र सब्स्टिच्युसनमा पनि ‘काउन्टडाउन’ गरिनेछ । त्यसको एउटै उद्देश्य हुनेछ, खेलाडीले समय खेर पठाउने नकारात्मक प्रयास गर्न नसकोस् । यदि खेलाडीले यी सबै प्रक्रियामा लामो समय लगाउँछ भने त्यसको फाइदा विपक्षी टिमलाई हुनेछ । त्यस स्थितिमा गोल किक्स कर्नरमा बदलिने छ भने थ्रो–इन त सिधा सिधा अर्कै टिममा जानेछ ।

गोलरक्षकलाई आठ सेकेन्डको नियम लागू भएयता अहिले नयाँ परिवर्तन अगाडि आएको छ । गोलरक्षकले पनि लामो समय खेर पठाउँछ भने सिधै विपक्षी टिमलाई कर्नर दिइने भएको थियो । आईएफएबीले भनेको छ, ‘यदि रेफ्रीलाई गोल किक्स र थ्रो–इनमा लामो समय लागेको छ भन्ने लाग्छ भने वा जानाजान ढिला गर्ने प्रयास भइरहेको छ भने ५ सेकेन्डको भिजुअल काउन्टडाउन देखाइने छ ।’

यस्तै खेलाडीलाई सब्स्टिच्युसन बोर्डमा नम्बर देखाइसकेपछि उनले १० सेकेन्डभित्र मैदान छाड्नुपर्नर्छे । यदि खेलाडी यस्तो गर्न असफल रहेमा उनले तत्काल मैदान त छाड्नुपर्ने नै छ, तर उनको स्थानमा आउने खेलाडीलाई त्यतिबेलासम्म मैदानमा प्रवेश गर्न दिइने छैन, जतिबेलासम्म खेल रोकिने स्थिति हुन्न । अथवा कम्तीमा एक मिनेटको खेल अघि बढिसकेको हुनेछ ।

चोटका लागि खेलाडीले उपचार पाउने स्थिति होस् वा खेलाडीको चोटले खेल रोकिएको छ भने एक मिनेटका लागि मैदान बाहिर जानुपर्नेछ । त्यसपछि मात्र उनलाई मैदानमा फिर्ता बोलाइने छ ।

मुख छोपेमा रातो कार्ड

फिफाले गत महिना नै के भनिसकेको छ भने खेलाडी–खेलाडीबीच विवाद हुँदा कसैले आफ्नो मुख छोप्छ भने त्यो स्थिति पनि रातो कार्डको हकदार हुनेछ । यो नियम भने च्याम्पियन्स लिगको एउटा खेलका क्रममा भएको घटनामा लागू भएको हो । त्यसमा बेन्फिकाका खेलाडी जियानलुका प्रेस्टिनीले रियल म्याड्रिडका भिनिसियस जुनियरसँग बोल्नेक्रममा मुख छोपेका थिए ।

पेस्टिनीमाथि के आरोप लाग्यो भने उनले रंगभेदी व्यवहार गरेका हुन् । त्यही आरोपमा उनलाई ६ महिना प्रतिबन्धको सजाय पनि सुनाइएको थियो । यस्तै पिफाले के पनि भनेको छ भने कसैले विरोध गर्दै खेलको बीचमै मैदान छाड्छ भने रातो कार्ड देखाइने छ ।

जनवरीमा भएको अफ्रिकी कप अफ नेसन्समा सेनेगेली खेलाडीले मोरक्कोविरुद्धको फाइनलमा पेनाल्टी निर्णयको विरोध गर्दै मैदान छाडेका थिए । पछि ती खेलाडी मैदानमा आए र सेनेगल नै विजयी रह्यो । तर अफ्रिकन फुटबलले सेनेगलले जितेको उपाधि फिर्ता लिएर मोरक्कोलाई विजेता घोषणा गरेको थियो । सेनेगेली खेलाडीमाथि लगाइएको आरोप हो, मैदान छाडेर गएको स्थितिमा प्रतियोगिताको नियमको उल्लंघन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...