मुख्य समाचार
नदीमा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव भेटिएको छ भने अन्य तीन जना सकुशल भेटिएका छन्
नदीमा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव भेटिएको छ भने अन्य तीन जना सकुशल भेटिएका छन्

। सर्लाहीको बागमती नदीमा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव भेटिएको छ भने अन्य तीन जना सकुशल भेटिएका छन् ।

रौतहट र सिन्धुलीको सिमानामा पर्ने झपडी झोलुङ्‍ग् पुल मुनिबाट शनिबार दिउँसो ४ बजेतिर ५ जना बेपत्ता भएका थिए ।

बेपत्तामध्ये दुई जनाको शव भेटिएको इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीले बताएको छ ।

मृत भेटिनेमा लालबन्दी नगरपालिका–९ बस्तीपुरका १८ वर्षका रोहित महतो र सोही ठाउँका २० वर्षीय गणेश महतो छन् । रोहितको शव सर्लाहीको बागमती नगरपालिका–११ स्थित पुल नजिकै आज आइतबार फेला परेको प्रहरीले बताएको छ।

त्यस्तै आइतबार साढे १ बजेतिर गणेशको शव पनि बागमती नदीको ड्याम साइडमा फेला परेको प्रहरीले बताएको छ।

सर्लाहीको बरहथवा नगरपालिका–५ बस्ने २८ वर्षीय सहमद मोमिन, सोही ठाउँका २४ वर्षका मोहम्द अखतर र सर्लाहीको ब्रहमपुरी गाउँपालिका–३ का २० वर्षीय श्याम भण्डारी भने सकुशल भेटिएको प्रहरीले बताएको छ ।

उनीहरू कसैलाई नभनी रौतहट र सिन्धुलीको सिमानामा पर्ने बागमतीको झपसी झोलुङ्‍गे पुल पुगेको र त्यहाँबाट नदी तर्ने क्रममा बेपत्ता भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेलायतकी इन्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र आधुनिक बनाउन शिक्षा, सिप विकास र आर्थिक सहकार्य मुख्य आधार रहेको बताएकी छन् । आफ्नो पहिलो नेपाल भ्रमणका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई देशबीचको २०० वर्षभन्दा पुरानो मित्रता र १०० वर्षअघि हस्ताक्षरितमैत्री सन्धिलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री ...
। पर्सामा एक जना लेखापढी व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्जस्थित शुभलाभ लेखापढीका सञ्चालक ओमप्रकाश यादव रहेका छन् । प्रहरीका अनुसार भूमि प्रशासन कार्यालय, पर्सामा नक्कली रसिद प्रयोग गरी सरकारी राजस्व छली गरेको यादवमाथि आरोप छ । यादवले नक्कली रसिद प्रयोग गरी राजस्व छली गरेको भन्दै भूमि प्रशासन कार्यालय, पर्सामा उजुरी परेको थियो । भूमि ...
। लागु औषधसहित ललितपुरबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका घर भई ललितपुर ९ भोलढोकाका २५ वर्षीय विजय स्याङ्बो र मोरङको मिक्लाजुङ गाउँपालिका–९ घर भई ललितपुर गुईटोल बस्ने २० वर्षीया नीता शिवा छन् । उनीहरूबाट प्रहरीले ट्रामाडोल ३८२ ट्याब्लेट, गाँजा २७ ग्राम बरामद भएको छ । उनीहरूलाई ललितपुर–८ कै भोलढोकाबाट पक्राउ ...
। एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि नेताहरूले प्रश्न उठाउँदै राजीनामा मागिरहेका बेला सचिव महेश बस्नेतले प्रतिवाद गरेका छन् । यसअघि हिजो (शुक्रबार) को बैठकमा उपाध्यक्ष रामबहादुर थापाले ओलीको बचाउ गर्दै आफ्नो धारणा राखेका थिए । शनिबार पनि केही नेताहरूले ओलीलाई सिधा र घुमाउरो शैलीमा नेतृत्व छोड्न भनिरहेका छन् । यसैबीच आफ्नो धारणा राखेका सचिव महेश ...
: धादिङको थाक्रे गाउँपालिका–२ सिम्ले बजारस्थित पृथ्वी राजमार्गमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। आज बिहान करिब ७:२० बजे भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ३ ख ४९५५ नम्बरको डिब्बा ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०२–०३१ प ०५७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक गोरखा नगरपालिका-७ निवासी २५ वर्षीय ...