। लागु औषधसहित ललितपुरबाट दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका घर भई ललितपुर ९ भोलढोकाका २५ वर्षीय विजय स्याङ्बो र मोरङको मिक्लाजुङ गाउँपालिका–९ घर भई ललितपुर गुईटोल बस्ने २० वर्षीया नीता शिवा छन् ।
उनीहरूबाट प्रहरीले ट्रामाडोल ३८२ ट्याब्लेट, गाँजा २७ ग्राम बरामद भएको छ । उनीहरूलाई ललितपुर–८ कै भोलढोकाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।