मुख्य समाचार
पछिल्ला वर्षहरुमा काभ्रेपलाञ्चोक जिल्लामा बैङ्किङ (चेक बाउन्स) तथा ठगी कसुरसम्बन्धी मुद्दा बढेका छन्
पछिल्ला वर्षहरुमा काभ्रेपलाञ्चोक जिल्लामा बैङ्किङ (चेक बाउन्स) तथा ठगी कसुरसम्बन्धी मुद्दा बढेका छन्

। पछिल्ला वर्षहरुमा काभ्रेपलाञ्चोक जिल्लामा बैङ्किङ (चेक बाउन्स) तथा ठगी कसुरसम्बन्धी मुद्दा बढेका छन् ।

चालु आर्थिक वर्षको दश महिनाको अवधिमा जिल्लामा बैङ्किङ तथा ठगी कसुरसम्बन्धी १७६ वटा मुद्दा परेको छ । यो आवको १७६ मुद्दामा २२ करोड ६७ लाख ३३ हजार ०४३ रुपैयाँ दाबी प्रस्तुत भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक रबिन बिष्टले चालु आर्थिक वर्षको दश महिनाको अवधिमा प्रहरी कार्यालयमा बैङ्किङ तथा ठगी कसुर सम्बन्धी १७६ वटा मुद्दा दर्ता भएको छ । प्रहरीकोमा दर्ता भएको बैङ्किङ तथा ठगी कसुर सम्बन्धीमध्ये १२५ वटा मुद्दाको फछ्र्यौट भैसकेको र ५१ वटा मुद्दाको फछ्र्यौट बाँकी रहेको छ ।

प्रहरी नायव उपरीक्षक बिष्टका अनुसार प्रहरी कार्यालयमा बैङ्किङ तथा ठगी कसुर सम्बन्धी चालु आवको साउन महिनामा २८, भदौमा २९, असोजमा २०, कात्तिकमा २४, मङ्सिर महिनामा ८, पुस महिनामा १२, माघ महिनामा ७, फागुन महिनामा ५, चैत महिनामा नौ, बैशाख महिनामा २५ र जेठको ७ गते सम्म ९ वटा मुद्दा दर्ता भएको जानकारीदिए । प्रहरीकोमा दर्ता भएकामध्ये साउन महिनामा २८, भदौमा २९, असोज महिनामा २०, कात्तिकमा २३, मङ्सिरमा ८, पुसमा ८ र फागुन महिनामा एउटा मुद्दाको फर्छ्यौट भएको छ ।
प्रहरीले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा बैङ्किङ तथा ठगी कसुरमा ३७ जना पुरुष र ७ जना महिला गरी कुल ४४ जनालाई पक्राउ गरेको छ । प्रहरीले साउन महिनामा ११, भदौमा ८, असोज महिनामा ७, कात्तिकमा ७, पुसमा ६, माघ र फागुनमा १/१ तथा चैत महिनामा तीन र बैशाखमा २ जना पक्राउ गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा बैङ्किङ तथा ठगी कसुका १३८ वटा मुद्दा, आर्थिक वर्ष २०८१/०८२ मा १६५ वटा मुद्दा दर्ता भएको थियो । प्रहरी नायव उपरीक्षक बिष्टका अनुसार आव २०८१/०८२ मा बैङ्किङ तथा ठगी कसुरमा संलग्न रहेकामध्ये १०७ जना र चालु आवमा १३२ जना फरार रहेका छन ।

सहकारी ठगीका ६४ करोड ९५ लाख हिनामीनाका ७ उजुरी

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा जिल्लाको बनेपामा सञ्चालित सात वटा सहकारी र त्यसका सञ्चालकबिरुद्ध सहकारी ठगीको मुद्दा दर्ता भएको छ ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७९/०८० देखि आव २०८१/०८२ सम्म सहकारी ठगीका ६४ करोड ९५ लाख ३९ हजार ३८ रुपैया हिनामीनाको सात वटा उजुरी परेको छ ।

प्रहरीकोमा पुण्यश्वर बचतका सञ्चालकले ३ करोड ८० लाख ९३ हजार ४१८ रुपियाँ, गरुड बचतको १२ करोड ३२ लाख ४५ हजार २०५ रुपियाँ, युनिटीको ३ करोड १९ लाख १८ हजार ५२५ रुपियाँ हिनामिना गरेको उजुरीमा उल्लेख छ ।

त्यसैगरी यु.एम. बचत सहकारीका सञ्चालकबिरुद्ध १५ करोड ६१ लाख ५८ हजार नौ रुपियाँ र अग्नि बचतको सञ्चालकबिरुद्ध २४ करोड ९७ लाख पाँच हजार ९७७ रुपियाँ, पशुपती बचतको १४ करोड ३६ लाख ७८ हजार ३३४ रुपियाँ र मुकुल बचतका ४ करोड ७२ लाख ८१ हजार ७७० रुपियाँ बचतकर्ताको रकम हिनामिना रहेको उजुरीमा उल्लेख छ ।

प्रहरी नायव उपरीक्षक बिष्टका अनुसार हालसम्म बनेपास्थित पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक कुमार गौतम, गरुड बचत तथा ऋण सहकारीका अध्यक्ष वासुदेव खड्कासहित पाँच जना, युनिटी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चन्द्रलाल श्रेष्ठसहित चार जना सञ्चालक अदालतको आदेशपछि पूर्पक्षको लागि थुनामा छन् ।

यस्तै सहकारी ठगीको मुद्दामा बनेपाकै यु.एम. बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रुशन श्रेष्ठ र अग्नि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रविन्द्र श्रेष्ठसहित दुई जना पूर्पक्ष थुनामा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पुण्यश्वर सहकारी छ जना, गरुडका छ जना, युनिटीका चार जना, यु.एम. बचतका चार जना र अग्नि बचतका सात जनालाई पक्राउ गरेको थियो ।

प्रहरी नायव उपरीक्षक बिष्टले बनेपाकै पशुपती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष पानबहादुर श्रेष्ठलगायतका १७ जना र मुकुल बचत तथा ऋण सहकार संस्था लिमिटेडका अधयक्ष सुनम सुब्बासहित दश जना फरार रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा एक जना फरार व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२२ बस्ने ५३ वर्षीय प्रणवलाल सिंह रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । ‘जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका निज सिंहलाई ...
। नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । पार्टीभित्र एकता कायम गर्न, १२औँ महाधिवेशनको मिति घोषणा गर्न तथा संगठनलाई चलायमान बनाउन दबाबस्वरूप उनीहरूले सांकेतिक विरोध प्रदर्शन गरेका हुन् । कार्यकर्ताहरूले पार्टी कार्यालयका विभिन्न कक्षको बाहिर प्लेकार्ड टाँसेर ‘पार्टी युनिटी फर्स्ट, इगो लेटर’, ‘१२औँ महाधिवेशन सुनिश्चित गर’ लगायतका नारामार्फत नेतृत्वको ध्यानाकर्षण ...
। बेलायतकी इन्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र आधुनिक बनाउन शिक्षा, सिप विकास र आर्थिक सहकार्य मुख्य आधार रहेको बताएकी छन् । आफ्नो पहिलो नेपाल भ्रमणका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई देशबीचको २०० वर्षभन्दा पुरानो मित्रता र १०० वर्षअघि हस्ताक्षरितमैत्री सन्धिलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री ...
। पर्सामा एक जना लेखापढी व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्जस्थित शुभलाभ लेखापढीका सञ्चालक ओमप्रकाश यादव रहेका छन् । प्रहरीका अनुसार भूमि प्रशासन कार्यालय, पर्सामा नक्कली रसिद प्रयोग गरी सरकारी राजस्व छली गरेको यादवमाथि आरोप छ । यादवले नक्कली रसिद प्रयोग गरी राजस्व छली गरेको भन्दै भूमि प्रशासन कार्यालय, पर्सामा उजुरी परेको थियो । भूमि ...
। लागु औषधसहित ललितपुरबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका घर भई ललितपुर ९ भोलढोकाका २५ वर्षीय विजय स्याङ्बो र मोरङको मिक्लाजुङ गाउँपालिका–९ घर भई ललितपुर गुईटोल बस्ने २० वर्षीया नीता शिवा छन् । उनीहरूबाट प्रहरीले ट्रामाडोल ३८२ ट्याब्लेट, गाँजा २७ ग्राम बरामद भएको छ । उनीहरूलाई ललितपुर–८ कै भोलढोकाबाट पक्राउ ...