मुख्य समाचार
नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द विरुद्ध पद दुरुपयोग गरेको लगायतका विभिन्न किसिमका गम्भिर आरोप
नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द विरुद्ध पद दुरुपयोग गरेको लगायतका विभिन्न किसिमका गम्भिर आरोप

। नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द विरुद्ध पद दुरुपयोग गरेको लगायतका विभिन्न किसिमका गम्भिर आरोप लागेको छ । ती आरोपहरुबारे पाँच दिनभित्र जवाफ दिन राखेपले निर्देशन दिएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) क्यानलाई पत्राचार गर्दै अध्यक्ष चन्द विरुद्ध विभिन्न उजुरी परेकाले त्यस विषयमा पाँच दिन भित्र राय/प्रतिक्रिया र प्रमाणित कागजातहरु उपलब्ध गराउन निर्देशन दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०८३ वैशाख १६ गते अध्यक्ष चन्द विरुद्ध उजुरी दर्ता भएको थियो । वैशाख २९ गते आयोगले युवा तथा खेलकुद मन्त्रालयलाई यस विषयमा पत्र पठाएको थियो । त्यसपछि मन्त्रालयले वैशाख ३१ गते राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई पत्र लेख्दै १० दिनभित्र जवाफ पठाउन भनेको थियो ।

मन्त्रालयको पत्रमा क्यान अध्यक्ष र कोषाध्यक्ष लगायतका पदाधिकारीहरुले आफ्नो पदीय अधिकारको दुरुपयोग गर्दै सार्वजनिक कोष अपचलन गरेको, अमेरिकामा भएको विश्वकप भ्रमणमा अनियमितता गरेको, कर्मचारी भर्ना प्रक्रियाको दुरुपयोग गरेको, अपाङ्गता भत्ताको दुरुपयोग गरेको, वार्षिक साधारण सभा र विश्वकप जर्सी तथा टिकटमा अनियमितता भएको लगायतका विषयहरुमा जवाफ मागिएको थियो ।

त्यसपछि राखेपले गत बिहीबार क्यानलाई पत्राचार गरेर चन्दविरुद्ध विभिन्न बुँदामा अख्तियारमा उजुरी परेको र उक्त उजुरीको गाम्भिर्यतालाई अध्ययन गरी उजुरीमा उठाइएको विषयमा बुँदागत रुपमा सत्यतथ्य राय/प्रतिक्रिया एवं सो सँग सम्वद्ध प्रमाणित कागजात विवरणहरु पछिसम्म फरक नपर्ने गरी पठाउन भनेको हो ।

यस्तो छ पत्रको विवरण

विषयः- उजुरीको राय/प्रतिक्रिया एवं प्रमाणित कागजातहरु उपलब्ध गराउने ।
प्रस्तुत बिषयमा युवा तथा खेलकुद मन्त्रालयको च.नं. १०५५, मिति २०८३/०१/३१ को पत्रबाट सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको उ.द.नं. ८-०६०८५१, मिति २०८३/०१/१६ को उजुरीका सम्बन्धमा आयोगको प.सं. Div-९-८२८३/युवा-९७, च.नं. ५२१५५, मिति २०८३/०१/२९ को पत्रसाथ उजुरीको छाँयाप्रति प्राप्त भएको। उजुरीमा नेपाल क्रिकेट संघका अध्यक्ष र कोषध्यक्ष लगायतका पदाधिकारीहरुले आफ्‌नो पदीय अधिकारको दुरपयोग गर्दै सार्वजनिक कोषको वित्तीय आपरदर्शिता तथा अपचलन गरेको, अमेरिकामा भएको विश्वकप भ्रमण सम्बन्धी अनियमितता, कर्मचारी भर्ना प्रक्रियाको दुरुपयोग, अपाङ्गता भत्ताको दुरुपयोग, बार्षिक साधार सभा र क्विकप जर्सी तथा टिकटमा अनियमितता लगायतका विषयहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको उजुरी बिषयमा के कसो भएको हो ? पछिसम्म फरक नपर्नेगरी छानविन गरी राय/प्रतिक्रिया सहितको सम्बद्ध प्रमाणित कागजातहरु १० (दश) दिनभित्र उपलब्ध गराईदिनु हुन मिति २०८३/०१/३१ को निर्णयानुसार मन्त्रालयवाट प्राप्त हुन आएको ।

संलग्न उजुरी व्यहोराहरुको गाम्भिर्यतालाई अध्ययन गरी देहाय बमोजिम उठाईएका विषयहरुमा बुँदागत रुपमा सत्यतथ्य राय/प्रतिक्रिया एवं सो सँग सम्वद्ध प्रमाणित कागजात विवरणहरु पछिसम्म फरक नपर्ने गरी पत्र प्राप्त मितिले ५ (पाँच) दिनभित्र अनिवार्य रुपमा उपलब्ध गराउन हुन परिषद्‌को श्रीमान सदस्य सचिवस्तरीय मिति २०८३/०२/०७ गतेको निर्णयानुसार उजुरीको छायाँप्रति संलग्न राखी पठाईएको व्यहोरा अनुरोध छ ।

तपशिलः
१. क्यानका अध्यक्षबाट क्यान लगायत धेरै ठाँउबाट र व्यक्तिबाट रकम लिएर गाडी खरिद गर्नु भएको, उक्त निजी सवारी साधन क्यानलाई भाडामा दिईएको र सो को इन्धन, चालक लगायतका खर्च क्यानको कोषबाट व्यहोर्दै आएको साथै उक्त गाडी हुँदाहुँदै क्यानका अध्यक्ष प्राय हवाई यातायातबाट आवतजावत गर्नुहुने र सो को खर्च लगायत दैनिक भत्ता (TADA) समेत क्यानबाट भुत्तानी लिने गरेको भन्ने बिषयमा के कसो भएको हो ? यथार्थ रायप्रतिक्रिया र सो सँग सम्बद्ध प्रमाणित कागजातहरु उपलब्ध गराउनु हुन ।
२. काठमाण्डौ अनामनगर स्थित आफन्तको कार्निभल रेस्टुरेन्टमा अध्यक्ष सहितका व्यक्तिहरु सम्मिलित भई मध्यपान, खाजा तथा खाना सेवन गर्ने र सो को सम्पूर्ण खर्चको बिल क्यानको नाममा भुक्तानी गराउने, त्यसैगरी विभिन्न आपूर्तिकर्ताहरुसँग आर्थिक असुलउपर गरेको, फ्लेक्स सामाग्रीहरुको विल क्यानबाट महाँगो मूल्यामा भुक्तानी गराई आफुले छुट्टै रकम बुझ्ने गरेको, पेटीक्यास खातामा आवश्यकता भन्दा बढि बिलहरु पेश गरी कोषको दुरुपयोग गरेको भन्ने व्यहोराको उजुरीका सम्बन्धमा के भएको हो ? यस सम्बन्धमा स्पष्ट राय/प्रतिक्रिया सहित सम्वद्ध कागजातहरु समयमा उपलब्ध गराउन हुन ।
३. क्यानका अध्यक्षले अत्यधिक विदेश भ्रमण गरी कोषबाट मोटो रकम भत्ता बुझ्‌ने गरेको, कोषाध्यक्ष पदम बहादुर खड्‌कालाई समेत साथमा लिई जाने र सो बापत कोषको खर्च दोव्बर गर्ने गरेको भन्ने विषयमा के भएको हो ? यथार्थ विवरण सहितको प्रमाणित कागजात उपलब्ध गराउनु हुन ।
४. त्यसैगरी अमेरिकामा भएको विश्वकपमा जाँदा अध्यक्षले आफ्‌नो धर्मपत्नी तथा कोषाध्यक्षको श्रीमतिसमेतलाई क्यानको खर्चमा लगेको, अध्यक्ष डाक्टर कोटामा गई क्यान र राष्ट्रकै बदनाम गरेका साथै श्रीमति र अन्य असम्बन्धित व्यक्तिहरुको भिसा लगाई अनुचित आर्थिक लाभ लिएको विषयमा तत्कालिन समयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट कर्मचारीलाई निलम्बन गरेको घट्‌नाबाट पुष्टि हुन्छ, साथै विश्वकपबाट फर्केपछि अध्यक्ष्यले आफ्‌नो भत्ता आफैले निर्धारण गरी बुझेको भन्ने समेतको उजुरीमा के कसो भएको हो ? स्पष्ट रायप्रतिक्रिया सहित सोसँग सम्बद्ध प्रमाणित कागजातहरु उपलब्ध गराउनु हुन ।
५. अमेरिकामा भएको विश्वकपमा रकम संकलन गर्ने भनी खेलाडीहरुलाई विभिन्न होटलहरुमा अध्यक्ष र कोषाध्यक्ष मिलेर विभिन्न कार्यक्रम गरी उठाएको रकमको जानकारी नभएको, विश्वकपमा प्रयोग हुने जर्सी तथा टिकट वितरणमा व्यापक अनियमितता भएको, त्यसरी विक्री भएको जर्सी र टिकटबाट प्राप्त रकमको हिसावकिताव आजसम्म क्यानमा जम्मा हुन नसकेको र आर्थिक अभिलेखमा आम्दानी लुकाईएको छ भन्ने उजुरी विषयमा के भएको हो ? यस किसिमको उजुरी किन गर्नु परेको हो ? स्पष्ट रायप्रतिक्रिया एवं सोसँग सम्वद्ध कागजातहरु उपलब्ध गराउनु हुन ।
६. क्रिकेट खेलसँग असम्बन्धित व्यक्ति दीपक विष्टलाई समेत विश्वकपमा क्यानको खर्चमा लगिएको हुँदा कोषको चरम दुरुपयोग र अनियमितता भएको छ भन्ने उजुरी व्यहोराको सम्बन्धमा यथार्थ विवरण र सम्वद्ध प्रमाणित कागजातहरु तोकिएको समयमा उपलब्ध गराउनु हुन ।
७. क्यानका अध्यक्षले पद र प्रक्रियाको दुरुपयोग गरी योग्यताको आधारमा नभई आफ्‌नै जिल्लाका व्यक्तिहरुलाई मात्र लेखा, प्रशासन र ग्राउण्डका विभिन्न पदहरुमा नियुक्ती गरेका छन्, अध्यक्षका स्वकीय सचिव ज्याक धामी क्यानको कर्मचारी भएर सम्पन्न संघीय निर्वाचनको समयमा पार्टीको प्रचार गर्दै हिंडेका, त्यसैगरी अध्यक्षले मनोमानी टोलीको व्यवस्थापक र अन्य अफिसियल नियुक्त गरेका छन् जसका कारण संस्थालाई थप आर्थिक भार पेरेको छ भन्ने समेतको उजुरी किन गर्नु परेको हो ? स्पष्ट रायप्रतिक्रिया र सोसँग सम्बद्ध प्रमाणित कागजातहरु उपलब्ध गराउनु हुन ।
८. क्यानको बार्षिक साधारण सभा (AGM) मा विधानले तोकेभन्दा बाहिरका व्यक्तिहरुलाई सहभागिता गराई जमात देखाउने, गणपुरक संख्या पुयाउने र संस्थाको खर्च बढाउने गरिएको बिषयमा के भएको हो ? स्पष्ट रायप्रतिक्रिया र सोसँग सम्वद्ध प्रमाणित कागजातहरु उपलब्ध गराउनु हुन ।
९. अध्यक्षले अपाङ्ग व्यक्तिको झूठो दावी गरी सरकारी पेन्सन बुझ्‌दै राजनीतिमा सक्रिय रहेका जुन कार्य राज्यसँगको घोर छली हो, रा.खे.प. का सदस्य सचिव टंकलाल घिसिङलाई क्यानभित्रका अनियमितता ढाकछोप गर्न अमेरिकाको भिसा र टिकट काटी पठाउने कार्य घोर आपत्तिजनक रहेको । त्यसैगरी अध्यक्षको व्यक्तिगत खर्च क्यानको अन्य जिल्ला शाखाहरुको समग्र खर्च बराबर रहेको छ भनी परेको उजुरीको विषयमा के भन्न खोजिएको हो ? यस सम्बन्धमा स्पष्ट रायप्रतिक्रिया र सोसँग सम्बद्ध प्रमाणित कागजातहरु उपलब्ध गराउनु हुन ।
१०. उजुरीको बुँदा नं. ८ मा “माग तथा अनुरोध” भनी उठाईएको व्यहोराको सम्बन्धमा उजुरीमा उल्लेख भए बमोजिम अध्यक्ष लगायत सम्वद्ध पदाधिकारीहरुको स्पष्ट राय/प्रतिक्रिया समेत संलग्न गर्नु हुन ।
११. त्यसैगरी नेपाल क्रिकेट संघले सञ्चालन गर्ने गरेको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको विषयमा संघ र संघका पदाधिकारीहरुको सम्बन्धमा बारम्बार सम्मानित आयोग, राष्ट्रिय सतर्कता केन्द्र, मन्त्रालय एवं सम्बद्ध निकायहरुमा संघको आर्थिक गतिविधी, अन्तर्राष्ट्रिय सहभागिता, प्रवेश पास, टेण्डर, विज्ञापन पदको दुरुपयोग, आर्थिक अनियमितता, लेखापरीक्षण, असम्बन्धित व्यत्तिहरुलाई प्रसय, विना प्रक्रिया नियुत्ती लगायतका विषयहरुमा उजुरी पर्नाको कारण र यस सम्बन्धमा संघले चालेका कदमहरुको विषयमा समेत स्पष्ट र यथार्थ राय/प्रतिक्रिया तोकिएको समयमा उपलब्ध गराउनु हुन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई शृङ्खलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार राति सम्पन्न खेलमा नेपाल घरेलु टोली नेदरल्यान्डस्ससँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १५८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले अविजित ६१ रन बनाए । नोआ ...
: काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग पराजित भएको छ । पाकिस्तानको इस्लामाबादमा भएको खेलमा नेपाल श्रीलंकासँग ३–२ ले पराजित भएको हो । नेपाल श्रीलंकासँग पहिलो, चौथो र पाँचौं सेटमा हार व्यहो¥यो । नेपालले दोस्रो र तेस्रो लगातार २ सेट जित्दा चौथो सेटमा निकै प्रतिस्पर्धात्मक खेलमा हार व्यहोर्‍यो । त्यसपछि पाँचौं सेटमा भने नेपालले ८ ...
: एसियन गेम्स–२०२६ को महिला भलिबल अन्तर्गत नेपालले समूह ‘ए’ मा रहेर खेल्ने भएको छ । जापानमा हुने प्रतियोगितामा नेपालले समूह ‘ए’ मा रहेर जापान र इन्डोनेसियासँग खेल्ने छ । समूह ‘बी’ मा चीन, काजाकिस्तान र फिलिपिन्स रहेका छन् । समूह ‘सी’ मा थाइल्यान्ड, चाइनिज ताइपेइ, कीर्गिस्तान र मंगोलिया रहेका छन् । समूह ‘डी’ मा ...
: आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १५८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। उट्रेचमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४.४ ओभरमा १५७ रन बनाउँदै अलआउट भयो। आज पनि नेपालको ब्याटिङ चलेन। नेपालका लागि मध्य क्रममा आएका आरिफ शेखले सर्वाधिक ४१ रन बनाए। उनले ९० बलमा ४ ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेट लिग–टुअन्तर्गत नामिबियासँगको खेलमा नेपालको ब्याटिङमै समस्या देखिएको छ। नेदरल्यान्ड्समा मंगलबार भएको विश्वकप क्रिकेट लिग–टुको त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलोे खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय ५८ रनको मध्यम लक्ष्य नामिबियाले ३७.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो। नामिबियालाई फराकिलो जित दिलाउन जान ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम