मुख्य समाचार
बजारमा व्याप्त अनियमितता रोक्न र उपभोक्ता अधिकार सुरक्षित गर्न सञ्चालन गरेको ‘मूल्य पारदर्शिता सप्ताह’ अन्तर्गत १० व्यापारिक फर्ममाथि कारबाही
बजारमा व्याप्त अनियमितता रोक्न र उपभोक्ता अधिकार सुरक्षित गर्न सञ्चालन गरेको ‘मूल्य पारदर्शिता सप्ताह’ अन्तर्गत १० व्यापारिक फर्ममाथि कारबाही

। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा व्याप्त अनियमितता रोक्न र उपभोक्ता अधिकार सुरक्षित गर्न सञ्चालन गरेको ‘मूल्य पारदर्शिता सप्ताह’ अन्तर्गत १० व्यापारिक फर्ममाथि कारबाही गरेको छ ।

विभागले २८ वैशाखदेखि ३ जेठसम्म विशेष बजार अनुगमन अभियान सञ्चालन गरेको थियो । त्यस अवधिमा विभाग टोलीले विभिन्न बजार पुगेर २ सय ५ व्यावसायिक फर्म तथा पसलको विस्तृत अनुगमन गरेको थियो ।

अनुगमन क्रममा उपभोक्ता संरक्षण सम्बन्धी प्रचलित कानुन उल्लंघन गर्ने १० वटा फर्म तथा कम्पनीलाई विभागले तत्कालै कारबाहीको दायरामा ल्याएको जनाएको छ ।

दोषी देखिएका फर्मबाट जरिबाना स्वरूप कुल ५ लाख ४५ हजार रुपैयाँ असुल गरिएको विभागले जनाएको छ । जरिबानामा परेका बाहेक अन्य ४ फर्मका सम्बन्धमा थप अनुसन्धान र प्रमाण परीक्षण गर्नुपर्ने देखिएकाले आवश्यक कागजात माग गरी विभागले अध्ययन अघि बढाएको छ ।

अनुगमन गरिएका कुल संख्यामध्ये १ सय ९१ फर्ममा भने सामान्य प्रकृतिका त्रुटि र कमजोरी भेटिएकाले उनीहरूलाई सचेत गराउँदै तत्काल सुधार गर्न निर्देशन र सुझाव दिइएको छ ।

विभागले मूल्यसूची नराख्ने, उपभोक्ताको स्वास्थ्य प्रतिकूल वस्तु बेच्ने, वस्तुको न्यूनतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढीमा सामान बेच्ने लगायतलाई कारबाहीको दायरामा ल्याएको हो ।

बजारमा मूल्यसूची अनिवार्य राख्नुपर्ने व्यवस्था कडाइसाथ लागु गराउनु, बिलबिजक अनिवार्य प्रयोग सुनिश्चित गर्नु, वस्तुको गुणस्तर कायम राख्नु र समग्र बजार अनुशासन कायम गराउनु यस अभियानको मुख्य उद्देश्य रहेको विभागको भनाइ छ ।

विभागले सम्पूर्ण व्यवसायीलाई प्रचलित कानुन पूर्णपालना गर्न, पसलमा मूल्यसूची अनिवार्य राख्न र गुणस्तरीय वस्तु तथा सेवामात्र उपलब्ध गराउन आग्रह गरेको छ ।

साथै, उपभोक्तालाई पनि बजारमा हुने कुनै पनि प्रकारको कालोबजारी, कृत्रिम अभाव, मूल्यमा अस्वाभाविक वृद्धि वा बिल नदिनेजस्ता गैरकानुनी गतिविधि देखे तत्काल विभागमा उजुरी वा जानकारी गराएर सहयोग गर्न आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीप्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेटको अभाव हुन नदिने बताएका छन्। शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री वाग्लेले भोटेकोशी बाढीबाट २ दशमलव ७ देखि २ दशमलव ८ बिलियन डलरको क्षति देखिएको जानकारी दिए। पुनर्निर्माणका लागि करिब ...
। चालु आर्थिक वर्ष २०८३/८४ पहिलो तीन महिना (साउन-असोज) को बजेट कार्यान्वयनमा मिश्रित नतिजा देखिएको छ । अर्थ मन्त्रालयका अनुसार पहिलो त्रैमासिक अवधिमा सरकारले राजस्व संकलन गत आव सोही अवधिको तुलनामा उल्लेख्य बढाउन सफल देखिन्छ । तर, खर्चमा पुरानै प्रवृत्ति हाबी भयो । भएको खर्चमा पनि पूँजीगतभन्दा बढी चालु र ऋण भुक्तानी सेवामा अधिक खर्च भएको ...
: तिहार तथा धनतेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुनको असर्फी तथा चाँदीका मेडालियन आजबाट बिक्री सुरु गरेको छ। राष्ट्र बैंकको टक्सार महाशाखा, बबरमहलबाट कात्तिक १९ र २० गते सर्वसाधारणका लागि सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्न लागेको हो। राष्ट्र बैंकले कात्तिक १८ गते सूचना जारी गर्दै दुवै दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ...
: आउँदै गरेको दीपावली पर्वका लागि काठमाडौं महानगरपालिकाले महानगरको विभिन्न क्षेत्रमा फूल तथा माला बिक्रीका लागि स्थान तोकिएको छ। महानगरले प्लास्टिकजन्य फूल, फूलको माला तथा सजावटका विभिन्न सामाग्री बिक्री वितरणमा रोक गर्नुका साथै स्वदेशी फूल र मालाको बिक्री वितरणलाई प्राथमिकता दिन आग्रह गरेको छ। यदि उल्लंघन गरेको पाइएकोमा सामान जफत गर्ने सूचनाले जानकारी गरेको छ। ...
: तिहार नजिकिँदै गर्दा बजारमा फूलको माग र व्यापार उच्च हुँदै गएको छ। तर उपभोक्तामा भने अभाव र महँगो मूल्यको मार खेप्नुपर्ने हो कि भन्ने चिन्ता फेरि देखिएको छ। अघिल्लो वर्ष तिहारमा सयपत्री फूलको माला अभाव भएपछि उपभोक्ताले महँगो मूल्य तिर्नु परेको थियो। यस वर्ष करिब ४५ लाख माला व्यावसायिक रूपमा उत्पादन हुने अनुमान र मखमली ...