मुख्य समाचार
लामो समयदेखि आर्थिक संकटसँग जुध्दै आएको हेटौंडा सिमेन्ट उद्योगको निरीक्षण
लामो समयदेखि आर्थिक संकटसँग जुध्दै आएको हेटौंडा सिमेन्ट उद्योगको निरीक्षण

। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक संकटसँग जुध्दै आएको हेटौंडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेकी छन् । कुनै बेला बन्द हुने र कुनै बेला सञ्चालन हुने नियति भोग्दै आएको उक्त सिमेन्ट उद्योगको अवस्था बुझ्न मन्त्री यादवले आज उद्योगको निरीक्षणसँगै व्यवस्थापन र कर्मचारीहरूसँग छलफलसमेत गरेकी छन् ।

उद्योग निरीक्षणपश्चात् आयोजित छलफल कार्यक्रममा मन्त्री यादवले सरकारको स्वामित्वमा रहेको सिमेन्ट उद्योग बन्द हुनु अत्यन्तै दुःखद भएको बताउँदै सरकार बन्द रहेका सबै उद्योग सञ्चालन गर्ने तयारीमा रहेको बताइन् ।

‘हेटौँडा सिमेन्ट उद्योग नियमित रूपमा कसरी सञ्चालन गर्न सकिन्छ, त्यस विषयमा हामीले अध्ययन गरिरहेका छौँ,’ मन्त्री यादवले भनिन्, ‘थुप्रै निजी सिमेन्ट उद्योगहरू नियमित सञ्चालन हुने तर सरकारी स्वामित्वको सिमेन्ट उद्योग बन्द हुने यो असाध्यै दुःखद कुरा हो ।’

सरकारले हेटौँडा सिमेन्ट उद्योगको समस्यालाई गम्भीरतापूर्वक लिएको छ, छिट्टै सबै समस्या समाधान गरेर नियमित सञ्चालनको वातावरण बनाउने मन्त्री यादवको भनाइ छ ।

‘उद्योग बन्द हुँदा रोजगारीमात्र गुम्दैन, देशको आर्थिक अवस्थामा पनि असर पर्छ,’ मन्त्री यादवले भनिन्, ‘त्यसैले जसरी भए पनि सिमेन्ट उद्योगलाई सञ्चालन गर्न सरकार चाहिरहेको छ, यसमा सबैको सहयोग आवश्यक छ ।’

सरकार एक्लैले मात्र चाहेर उद्योग नियमित चल्न नसक्ने भएकाले यसमा व्यवस्थापन र कर्मचारीको पनि त्यत्तिकै सहयोग आवश्यक रहेको उल्लेख गर्दै मन्त्री यादवले बन्द अवस्थामा रहेको हेटौँडा सिमन्ट उद्योग नियमित सञ्चालनका लागि सरकार सहयोग गर्न प्रतिबद्ध रहेको बताइन् ।

कार्यक्रममा हेटौँडा सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक शिवनारायण साहले मेसिन पुरानो र जीर्ण भएकाले समय–समयमा बिग्रिने र आर्थिक संकटका कारण कच्चा पदार्थको आपूर्ति हुन नसक्दा उद्योग बन्द भएको जानकारी दिए ।

मेसिनको मर्मतसम्भार गरेर समय–समयमा थोरै भए पनि सिमेन्ट उत्पादन गर्दै आएकामा पछिल्लो समय कच्चा पदार्थको आपूर्ति हुन नसक्दा उद्योग बन्द गर्नुपरेको जानकारी दिँदै निमित्त महाप्रबन्धक साहले आर्थिक समस्याका कारण कर्मचारीहरूलाई ११ महिनादेखि तलबभत्ता उपलब्ध गराउन नसकिएको, कच्चा पदार्थ आपूर्तिकर्ताको पुरानो बक्यौता तिर्न नसकेको, बिजुली महसुल भुक्तानी गर्नेलगायत समस्या अवगत गराए । तत्काल देखिएको आर्थिक समस्यालाई समाधान गर्न सकिए उद्योग नियमित सञ्चालन गर्न सकिने उनको भनाइ थियो ।

२०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । अहिले उपकरण पुरानो भइसकेको र राम्ररी उत्पादन गर्न सक्ने अवस्थामा नरहेको प्राविधिकहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका नेता रमेश लेखकले सुदूरपश्चिम प्रदेशमा गरिएको भेला पार्टीमा कुनै विग्रह ल्याउनका लागि नभएको दाबी गरेका छन् । धनगढीमा आयोजित भेलामा सम्बोधन गर्ने क्रममा उनले पार्टीलाई एकताबद्ध बनाएर थप संगठित गर्नका लागि भेला आयोजित गरिएको जिकिर गरे । ‘यो भेला पार्टीमा विग्रह ल्याउनका लागि होइन । नेपाली कांग्रेसलाई एकताबद्ध गरेर थप संगठित गर्नका लागि हो ...
। नेपाली कांग्रेसका नेता एनपी साउदले सभापति गगन थापासँग पार्टीमा मेलमिलापका लागि विशेष अधिवेशनमा सहभागी नभएका नेताहरूसँग समन्वय गर्न आग्रह गरेका छन् । आइतबार कैलालीको धनगढीमा आयोजना गरेक प्रदेशस्तरीय भेलामा उनले पार्टी एकतामा जोड दिँदै सभापति थापासँग समन्वयका लागि आग्रह गरेका हुन् । ‘अधिवेशनमा नगएका साथीहरूका बीचमा समन्वय र एकता स्थापित गर्नस्,’ भेलाका प्रमुख अतिथि साउदले भने, ...
। उपसभामुख रुबिकुमारी ठाकुरले दाइजो प्रथाविरुद्ध अन्तिम साससम्म संघर्ष जारी राख्ने बताएकी छन् । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजित बालविवाह तथा दाइजो प्रथा उन्मूलनसम्बन्धी बृहत् सभालाई सम्बोधन गर्दै उनले छोरा–छोरीबीच समान व्यवहार भए मात्रै समाजबाट दाइजो प्रथा अन्त्य गर्न सकिने बताइन् । ‘बाल विवाह जिन्दगी तबाह, दाइजो हटाऔं, छोरी बचाऔं’ भन्ने नारासहित आयोजित कार्यक्रममा बोल्दै ठाकुरले दाइजोका ...
। ललितपुर महानरपालिका–१५ ज्ञाननगर टोलमा गाडीले ठक्कर दिँदा ८ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही घर भइ ललितपुर हात्तिवन बस्दै आएका अनिरुद्र प्रसाद साहकी ८ वर्षीया छोरी रोशनी छिन् । शनिबार दिउँसो साढे ३ बजेतिर ज्ञाननगर टोलमा बाटो काट्ने क्रममा प्र.०१–०३३ च ८७८० नम्बरको जिपले बालिकालाई ठक्कर दिँदै अघि बढेको थियो । जिपको ठक्करबाट गम्भीर ...
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका क्याम्पसहरूलाई नियमन गर्न नयाँ नियामावली ल्याउन लागेको जानकारी दिएका छन्। आइतबार आयोजित एक कार्यक्रममा उनले विदेशी विश्वविद्यालयसम्वद्ध कलेजका सन्दर्भमा धेरै गुनासो आएकोले नियमन गर्नका लागि नियमावली ल्याउन लागेको जानकारी दिएका हुन् । उनकाअनुसार शिक्षा मन्त्रालयले नियमावलीको मस्यौदा तयार गरी अर्थ र कानुन मन्त्रालयमा पठाएको छ । ती ...