मुख्य समाचार
अमेरिका, इजरायल र इरानबीच जारी युद्ध अन्त्य हुन सक्ने सम्झौताको आशामा कच्चा तेलको मूल्यमा भारी गिरावट
अमेरिका, इजरायल र इरानबीच जारी युद्ध अन्त्य हुन सक्ने सम्झौताको आशामा कच्चा तेलको मूल्यमा भारी गिरावट

: अमेरिका, इजरायल र इरानबीच जारी युद्ध अन्त्य हुन सक्ने सम्झौताको आशामा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ भने एसियाली सेयर बजारमा वृद्धि देखिएको छ।

शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान (इरान) सँगको सम्झौताका लागि 'धेरैजसो वार्ता' भइसकेको र यसको विस्तृत विवरण चाँडै घोषणा गरिने बताएका थिए। यद्यपि, भोलिपल्टै उनले आफ्नो वार्ता टोलीलाई सम्झौताका लागि हतार नगर्न आग्रह गरेका छन्।

सोमबार बिहान एसियाली बजार खुल्दा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य ५ प्रतिशतले घटेर प्रतिब्यारेल ९८.३६ डलर कायम भएको छ। त्यस्तै, अमेरिकी कच्चा तेलको मूल्य पनि ५.३ प्रतिशतले घटेर प्रतिब्यारेल ९१.५० डलरमा ओर्लिएको छ।



यसअघि राष्ट्रपति ट्रम्पले सम्झौतामा महत्त्वपूर्ण जलमार्ग 'स्ट्रेट अफ हर्मुज' पुनः खोल्ने विषय समावेश हुने बताएका थिए, तर विस्तृत विवरण भने दिएका छैनन्। विश्वको झन्डै एक चौथाइ तेल र लिक्विफाइड नेचुरल ग्याँस (एलएनजी) ओसारपसार हुने यो साँघुरो जलमार्ग गत फेब्रुअरी २८ मा द्वन्द्व सुरु भएदेखि नै बन्द अवस्थामा छ।

यो जलमार्ग चाँडै खुल्ने आशामा जापानको सेयर सूचक (निकेई २२५) २.५ प्रतिशतले बढेर इतिहासमै पहिलो पटक ६५,००० अंक पार गरेको छ। जापान र छिमेकी दक्षिण कोरिया खाडी मुलुकको ऊर्जामा अत्यधिक निर्भर रहेका कारण यस द्वन्द्वबाट सबैभन्दा बढी प्रभावित भएका थिए। सार्वजनिक बिदाका कारण सोमबार बेलायत र अमेरिकाका ऊर्जा तथा वित्तीय बजारहरू भने बन्द छन्।

राष्ट्रपति ट्रम्पले शनिबार सामाजिक सञ्जालमार्फत साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कतार र अन्य देशका नेताहरूसँग 'शान्तिसम्बन्धी समझदारी पत्र' का विषयमा 'धेरै राम्रो कुराकानी' भएको उल्लेख गरेका थिए। साथै उनले शनिबार नै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पनि टेलिफोन वार्ता भएको र त्यो 'धेरै राम्रो'रहेको बताए। ट्रम्पले सम्झौताको विस्तृत विवरण नदिए पनि कुनै पनि सम्झौताले इरानलाई आणविक हतियार प्राप्त गर्न 'पूर्ण रूपमा'रोक्ने दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...