: परराष्ट्रमन्त्री शिशिर खनाल नेपालले प्राकृतिक, सांस्कृतिक र सभ्यतागत पहिचानलाई विश्वसामु अझ प्रभावकारी रूपमा प्रस्तुत गर्न आवश्यक रहेको बताएका छन्। आइतबार परराष्ट्र सेवा दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपालको लागि प्रत्यक्ष विदेशी लगानी, पर्यटन, प्रविधि स्थानान्तरण र बजार पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय साझेदारीलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने बताएका हुन् ।
उनले नेपालको कूटनीतिलाई आर्थिक कूटनीतिमा केन्द्रित गर्नुपर्ने बताए। मन्त्री खनालले नेपालको नरम शक्तिलाई उपयोग गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा देशको छवि र विश्वसनीयता अझ बलियो बनाउनुपर्नेमा जोड दिए
मन्त्रालयले नेपालको राष्ट्रिय हित, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय सम्बन्धलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित कूटनीतिक क्षेत्रलाई सुदृढ बनाउँदै लैजाने जनाएको छ । मन्त्रालयले वि.सं. २०७९ देखि हरेक वर्ष जेठ १० गते यो दिवस मनाउँदै आएको छ । दिवसका अवसरमा उत्कृष्ट कर्मचारीलाइ सम्मान गर्नुका साथै नेपालको कूटनीतिक भूमिका र आर्थिक कूटनीतिबारे पनि छलफल गरिएको थियो ।