: अल इन्डिया गोल्ड कपका लागि नेपाल ‘ए' टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार गोल्ड कप खेल्न अनिलकुमार शाहको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
उत्तराखण्डको देरादुनमा हुने अल इन्डिया गोल्ड कपको ४२ औं संस्करण मा नेपाल ए टिमले पनि खेल्ने भएको हो।
एकदिवसीय फर्म्याटमा हुने यस प्रतियोगितामा नेपाल' ए' ले पहिलो खेल केरलासँग खेल्नेछ। दोस्रो खेल गोवा र तेस्रो खेल ओडिसासँग खेल्ने छ।
भारत भ्रमणका लागि नेपाल ए टोली:
अनिल शाह (कप्तान), मयन यादव, तृतराज दास, देव खनाल रासिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सरार्फ, दीपक डुम्रे, युवराज खत्री, विपिन खत्री, ललित राजबंशी र अर्जुन कुमाल