। नेकपा एमालेका सचिव शेरधन राईले पार्टी पराजयको गम्भीर समीक्षा गर्नुपर्ने निष्कर्ष सहित तीन प्रस्ताव राखेका छन् ।
गुन्डुमा आज सम्पन्न सचिवालय बैठकमा राईले निर्वाचनको समीक्षा गर्दै पार्टी पुनगर्ठनको प्रस्ताव राखेका हुन् । ‘कर्मीहरूलाई गहिरो रुपमा महसुस गर्दै आगामी दिनमा सच्चिने प्रण गर्नुपर्छ,’ राईले बैठकमा भने, ‘निर्वाचनको समीक्षा निर्मम ढंगले गर्दै पराजका आन्तरिक र बाह्य कारणहरू किटान गर्नुपर्छ ।’
पुनगर्ठनको प्रक्रियाबारे राईले दोस्रो प्रस्ताव राखेको बैठक स्रोतले बतायो । ‘पार्टी पुनर्गठन प्रक्रिया कार्यदल गठन मार्फत अगाडि बढाउनुपर्छ,’ राईले भने, ‘कार्यदलले दिने सुझाव प्रतिवेदनका आधारमा सचिवालयले निर्णय लिनुपर्छ ।’
राईको तेस्रो प्रस्ताव भने राष्ट्रिय राजनीतिमा एमालेको भूमिकाबारे छ । ‘चुनौतीहरुलाई सामना गर्न सक्ने र आगामी कार्यभारहरुलाई पुरा गर्नेगरी कसरी पार्टीलाई प्रस्तुत गर्न सकिन्छ, त्यसबारे सोच्नुपर्छ,’ राईले भनेका छन् ।