मुख्य समाचार
ओलीलाई नै नेतृत्वमा निरन्तरता दिने कुराको विपक्षमा सचिवालयका अधिकांश सदस्यहरू रहेको कुरामा सत्यता नरहेको दाबी
ओलीलाई नै नेतृत्वमा निरन्तरता दिने कुराको विपक्षमा सचिवालयका अधिकांश सदस्यहरू रहेको कुरामा सत्यता नरहेको दाबी

। नेकपा एमालेका सचिव महेश बस्नेतलेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै नेतृत्वमा निरन्तरता दिने कुराको विपक्षमा सचिवालयका अधिकांश सदस्यहरू रहेको कुरामा सत्यता नरहेको दाबी गरेका छन् ।

आइतबार पार्टी अध्यक्ष ओलीकै निवासमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनका अनुसार, तीन दिनसम्म लगातार बसेका सचिवालय बैठकमा ओलीले नै प्रस्तुत गरेका सबै प्रस्तावहरू पारित भएका छन् ।

‘बाहिर जुन ढंगले मिडियाबाजी भए, अध्यक्षज्यूलाई बिदा गरिंदैन, राजीनामा मागिंदैछ, अध्यक्षको पक्षमा कमजोर संख्या छन् भनेर भ्रामक प्रचार गरिएका थिए, त्यो सबै गलत भनेर भनिरहेकै थियौं,’ बस्नेतले भने, ‘आज अध्यक्षज्यूले जे प्रस्ताव गर्नुभयो त्यही नै पारित भयो ।’

ओलीले नै प्रस्ताव गरे अनुसार, विद्यादेवी भण्डारीको सदस्यता नवीकरण भएको पनि उनले बताए ।

राष्ट्रपति भएको ८ वर्षको समयलाई स्वीकार नगर्नेगरी भण्डारीको ०३४ सालदेखिकै पार्टी सदस्यता नवीकरण भएको उनको भनाइ छ ।

‘पहिलो बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने सन्दर्भमा उहाँले माग गर्नुभएको आवेदन अनुसार नै ८ वर्ष उहाँ राष्ट्रपति रहेको कार्यकाललाई पार्टी सदस्यता स्वीकार नभएको कुरालाई स्वीकार गर्ने र ०३४ सालदेखिको सदस्यता कायम गर्ने निर्णय पनि सर्वसम्मतबाट भयो । अन्य विविध निर्णय पनि सर्वसम्मतबाट भएको छ,’ उनले भने ।

उनले अब फेरि पनि पार्टीको नेतृत्व ओलीले नै गर्ने पनि दाबी गरे ।

‘बाहिर जे जे हल्ला भएका छन् । ती सबै हल्ला भ्रामक हुन् । कमरेड केपी शर्मा ओलीज्यूले नै पार्टीको नेतृत्व गर्नुहुन्छ,’ सचिव बस्नेतले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालस्थित चिनियाँ दूतावासले नेपाली पत्रकारलाई घुस दिएर एक नेपाली राजनीतिज्ञविरुद्ध नकारात्मक समाचार बनाउन खोजिएको भन्ने सामाजिक सञ्जालमा फैलिएको चर्चालाई ‘चीनविरुद्धको योजनाबद्ध बदनाम’ भन्दै त्यसमा संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न नेपाल सरकारसँग माग गरेको छ । दूतावासका प्रवक्ताले जारी गरेको नोटमा उक्त घटनाबारे ‘गम्भीर, गहिरो र निष्पक्ष अनुसन्धान’ गर्न तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न ...
: राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि कार्यतालिका सार्वजनिक गरेको छ । आगामी असार ७, ८ र ९ गते चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले उपप्रमुख राम गुरुङले महाधिवेशनको तयारीका लागि तालिका सार्वजनिक गरेका हुन्। कार्यतालिकामा ७७ वटा जिल्ला र ७ वटै प्रदेशमा निर्वाचन समिति गठनदेखि पालिका, जिल्ला, प्रदेश अधिवेशन ...
। नेकपा एमालेका सचिव शेरधन राईले पार्टी पराजयको गम्भीर समीक्षा गर्नुपर्ने निष्कर्ष सहित तीन प्रस्ताव राखेका छन् । गुन्डुमा आज सम्पन्न सचिवालय बैठकमा राईले निर्वाचनको समीक्षा गर्दै पार्टी पुनगर्ठनको प्रस्ताव राखेका हुन् । ‘कर्मीहरूलाई गहिरो रुपमा महसुस गर्दै आगामी दिनमा सच्चिने प्रण गर्नुपर्छ,’ राईले बैठकमा भने, ‘निर्वाचनको समीक्षा निर्मम ढंगले गर्दै पराजका आन्तरिक र बाह्य कारणहरू ...
। नेकपा एमालेका नेताहरूको कार्य विभाजन प्रस्ताव संशोधन गरेर पारित गर्ने निर्णय भएको छ । आवश्यक छलफल गरेर कार्यविभाजन टुंग्याउने जिम्मा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । ‘प्रस्तावित जिम्मेवारीप्रति असन्तुष्टि देखिएको छ । मिलाउनुपर्ने कुराहरू छन्,’ एक पदाधिकारीले भने, ‘महासचिवले थप गृहकार्य गर्ने र सुझावहरू सुनेर कार्यविभाजन प्रस्ताव टुंग्याउने भन्ने भएको ...
: अल इन्डिया गोल्ड कपका लागि नेपाल ‘ए' टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार गोल्ड कप खेल्न अनिलकुमार शाहको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। उत्तराखण्डको देरादुनमा हुने अल इन्डिया गोल्ड कपको ४२ औं संस्करण मा नेपाल ए टिमले पनि खेल्ने भएको हो। एकदिवसीय फर्म्याटमा हुने यस प्रतियोगितामा नेपाल' ए' ले पहिलो ...