मुख्य समाचार
मधेशमा नयाँ सत्ता गठबन्धनमा खटपट : ९ बुँदे सहमति पत्र कार्यान्वयनमा भएन हस्ताक्षर
मधेशमा नयाँ सत्ता गठबन्धनमा खटपट : ९ बुँदे सहमति पत्र कार्यान्वयनमा भएन हस्ताक्षर

। मधेशमा आइतबार अपराहन्न सरकार विस्तारको तयारी थियो । शपथ ग्रहण गर्न नेकपा एमालेबाट मन्त्री बन्ने तीन सम्भावित प्रदेश सांसद पनि मुख्यमन्त्री कार्यालयमा आइपुगेका थिए ।

एमालेले तीनजना मन्त्रीको नामसमेत दिइसकेको छ । तर, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बिच्किदा सरकार विस्तार नै रोकिएको छ । अबेर साँझ मन्त्रीको शपथ लिन आएका प्रदेश सांसदहरु निराश भई रित्तै फर्किएका छन् ।

एमालेबाट मन्त्री बन्ने सम्भावित लिस्टमा प्रदेश सांसदहरु सरदा देवी थापा, मनोज कुमार सिंह र लखन दास आएका थिए । उनीसँगै गत बिहीबार विनाविभागीय मन्त्रीको शपथ लिएका मोहमम्मद समिर पनि आएका थिए ।

‘हामीलाई शपथ खान भनेर चार बजे नै बोलाएको थियो । हामी आएर मुख्यमन्त्री कार्यालयमा बसिरह्यौं । तर, नेकपाका नेता नै आएन । बाटो कुर्दाकुर्दा आज अबेर साँझ हामी फर्कियौं’, शपथ लिन आएका एक प्रदेश सांसदले सुनाए ।

गत बिहीबार मात्र मधेशमा सत्ता समीकरण फेरिएको थियो । कांग्रेसबाट मुख्यमन्त्री रहेका कृष्णप्रसाद यादवले बिहीबार जनता समाजवादी पार्टी (जसपा) नेपालका तीनजना मन्त्रीलाई बर्खास्त गर्दै एमालेलाई सरकारमा सहभागी गराउन मोहम्मद समिरलाई विनाविभागीय मन्त्री नियुक्त गरेर शपथ खुवाएका थिए ।

तर नयाँ समीकरण बनेको तीन दिनमै सत्ता गठबन्धनमा खटपट आएको हो । एक प्रदेश सांसदका अनुसार तीन दलीय सत्ता गठबन्धन बन्दा नौं बुँदे सहमति भएको थियो । तर, त्यो सहमति पत्रमा हस्ताक्षर भने भएको छैन । नौं बुँदे सहमति पत्रमा हस्ताक्षर र कार्यान्वयनका बुँदामै मतभेद भएको छ । नेकपा उक्त सहमतिमा हस्ताक्षर र कार्यान्वयन पहिलो सर्त राखेको छ ।

सहमतिमा आगामी बजेट एक करोडभन्दा कमको नबनाउने, खुल्ला प्रतिस्पर्धामार्फत योजना कार्यान्वयन गर्ने, भौतिक पूर्वाधार तर्फ कम र शिक्षा, स्वास्थ्य र कृषि तर्फ बढी बजेट विनियोजन गर्ने, सुशासनमा जोड दिने लगायतको नौं बुँदे सहमति छ । तर त्यसमा हस्ताक्षर गर्न र कार्यान्वयन गर्न काँग्रेस र एमाले तयार नरहेको ती सांसदको दाबी छ ।

‘विगतका बेतिथि नियन्त्रण गर्न नौ बुँदे सहमति कार्यान्वयनमा हाम्रो जोड छ । तर काँग्रेस र एमाले विगत जस्तै टुक्रे योजना बनाउने, उपभोक्ता समिति मार्फत काम गर्ने तर्फ जोड दिइरहेका छन्’, सुनाउँदै उनले प्रश्न गरे, ‘यदि यही अवस्था रह्यो भने यो सरकारमा रहेको के औचित्य । बरु यसको विकल्प खोज्छौं ।’

अर्थ मन्त्रालयमै बार्गेनिङ भन्दा नीतिगत कुरामा मतभेद छ । अर्थ मन्त्रालय दिएपनि विगतको बेथितिलाई रोक्न नसके त्यसको अपजसको भारी नेकपालाई पनि पर्ने नेताहरु बताउँछन् । आफ्नो सर्त पालना नभए सरकारबाट समर्थन फिर्ता लिने चेतावनी समेत नेकपाले दिएको छ । यसले सरकार संकटमा पुगेको छ ।

हिजोदेखि कांग्रेस, एमालेका नेताहरुसँग नेकपाको संवाद समेत रोकिएको छ । एमालेका एक सांसदका अनुसार नौ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको भए अहिलेको जटिलता आउने थिएन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको र १७४ जना घाइते भएको तथ्यांक छ । काठमाडौं उपत्यकाभित्र मात्रै गत वैशाख महिनामा ३७ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा दुई जनाको मृत्यु भएको ...
। झापाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक माइक्रो बस (हायस) मा काँक्रोभित्र लुकाएर ल्याइएको लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा गरेको चेकजाँचका क्रममा एक सय ग्रामभन्दा बढी खैरो हेरोइन बरामद गरेको जनाएको छ । जाँचका क्रममा काँक्रोमा प्वाल बनाई त्यसको भित्री भागमा कालो र सेतो प्लास्टिकले बेरिएका दुईवटा पोका लुकाइएको अवस्थामा भेटिएको ...
। नेपालस्थित चिनियाँ दूतावासले नेपाली पत्रकारलाई घुस दिएर एक नेपाली राजनीतिज्ञविरुद्ध नकारात्मक समाचार बनाउन खोजिएको भन्ने सामाजिक सञ्जालमा फैलिएको चर्चालाई ‘चीनविरुद्धको योजनाबद्ध बदनाम’ भन्दै त्यसमा संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न नेपाल सरकारसँग माग गरेको छ । दूतावासका प्रवक्ताले जारी गरेको नोटमा उक्त घटनाबारे ‘गम्भीर, गहिरो र निष्पक्ष अनुसन्धान’ गर्न तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न ...
। नेकपा एमालेका सचिव महेश बस्नेतलेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै नेतृत्वमा निरन्तरता दिने कुराको विपक्षमा सचिवालयका अधिकांश सदस्यहरू रहेको कुरामा सत्यता नरहेको दाबी गरेका छन् । आइतबार पार्टी अध्यक्ष ओलीकै निवासमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनका अनुसार, तीन दिनसम्म लगातार बसेका सचिवालय बैठकमा ओलीले नै प्रस्तुत गरेका ...
: राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि कार्यतालिका सार्वजनिक गरेको छ । आगामी असार ७, ८ र ९ गते चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले उपप्रमुख राम गुरुङले महाधिवेशनको तयारीका लागि तालिका सार्वजनिक गरेका हुन्। कार्यतालिकामा ७७ वटा जिल्ला र ७ वटै प्रदेशमा निर्वाचन समिति गठनदेखि पालिका, जिल्ला, प्रदेश अधिवेशन ...