मुख्य समाचार
पाल्पामा विषालु च्याउबाट एक महिनामै तीन जनाको मृत्यु, ११ जना बिरामी
पाल्पामा विषालु च्याउबाट एक महिनामै तीन जनाको मृत्यु, ११ जना बिरामी

। पाल्पामा विषालु च्याउबाट एक महिनामै तीन जनाको मृत्यु भएको छ । ११ जना बिरामीको उपचार भइरहेको छ ।

च्याउ सेवनबाट बिरामी परेका तानसेन नगरपालिका ८ कोकलका ८ वर्षीय बालकको जेठ ९ गते राति मृत्यु भएपछि एक महिनामै मृतकको संख्या तीन पुगेको हो ।

गत जेठ ३ गते च्याउ खाएर बिरामी भएका ती बालक सामान्य उपचारपछि घर लगिएकोमा पुन: स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी मेडिकल कलेजमा उपचाररत थिए । उनको उपचारको क्रममा मृत्यु भएको तानसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले जानकारी दिए ।

उनका अनुसार अहिले पनि तानसेन नगर भित्र ११ जना च्याउ खाएर बिरामी छन्, जसमध्ये एक जना गम्भीर छ । अन्यको अवस्था सामान्य छ ।

उता माथागढीको कसेनीका ४ जना, निस्दीका २ जना पनि बिरामी रहेका छन् । यस्तै रम्भा गाउँपालिकाका तीन जना पनि च्याउ सेवन गरी बिरामी परेकोमा दुई जनाको गत मंगलबार र बुधबार मृत्यु भएको छ । एक जना उपचाररत छन् ।

बिरामीमध्ये केहीको युनाइटेड मिसन अस्पताल तानसेन र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार जारी रहेको छ ।

प्रि–मनसुनको समयमा उम्रिएका च्याउहरू विषालु हुने हुँदा यस्ता च्याउको सेवनबाट बिरामी र मृत्यु हुने दर बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

जिल्लामा विषालु च्याउ सेवन गर्ने र मृत्यु हुनेको संख्या बढ्दै गएपछि स्वास्थ्य कार्यालय र स्थानीयहहरुले सचेतनाका कार्यक्रम गर्दै आएका छन् । स्वास्थ्यकर्मीसँगै जनप्रतिनिधि, कर्मचारीले विभिन्न तरिका तथा सामाजिक सञ्जालमार्फत पनि सचेतनाका कार्यहरु गर्दै आएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८३र८४–२०८७र८८) स्वीकृत गरेको छ। रणनीतिले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ। नेपालमा रेबिज प्राणघातक जुनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्णरूपमा रोक्न सकिने रणनीति दस्तावेजमा उल्लेख छ। आर्थिक वर्ष २०८१र८२ ...
। नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिदै गएको र उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास विक्रेता महासंघ नेपालले आयल निगमको ध्यानाकर्षण गराएको छ । महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उद्योगहरूबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्र बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकभन्दा धेरै ...
। कैलालीमा चट्याङ लागेर ७ जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङ लागेर लागेर घरको छतमा जन्मदिन मनाइरहेका ७ जना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय खुशीलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला राति करिब साढे ९ बजेतिर घर नजिकै चट्याङ परेको थियो । चट्याङको झिल्काले ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भूमि सम्बन्धी समस्या समाधान गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन्। सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले अहिलेसम्म सरकारले ५,७३७ लालपुर्जा वितरण गरिसकेको उल्लेख गरेका छन्। विभिन्न जिल्लामा लालपुर्जा नभएका स्वबासी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको प्रधानमन्त्री शाहको भनाइ छ। ‘यो सुरुवात हो। ...