। इंग्लिस प्रिमियर लिग सिजनको अन्तिम खेलमा म्यान्चेस्टर सिटीले घरेलु मैदानमै एस्टन भिल्लासँग हार बेहोरेको छ ।
आइतबार राति भएको खेलमा सिटीलाई भिल्लाले २-१ गोलअन्तरले हराएको हो । खेलमा सुरुवाती अग्रता लिएको भएपनि सिटीले जोगाउन सकेन ।
खेलको २४औं मिनेटमा एन्टोइन सेमेन्योले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा भिल्लाले २ गोल फर्कायो ।
४६औं र ६१औं मिनेटमा ओली वाट्किन्सले गोल गर्दै सिटीलाई हार चखाए ।
हारपछि दोस्रो स्थानको सिटी ३८ खेलमा ७८ अंकमा सीमित रह्यो । भिल्ला ६५ अंकका साथ चौथोमा रहेर सिजन सकायो ।