मुख्य समाचार
इंग्लिस प्रिमियर लिग फुटबलमा सन्डरल्यान्डले चेल्सीलाई २-१ गोलअन्तरले पराजित
इंग्लिस प्रिमियर लिग फुटबलमा सन्डरल्यान्डले चेल्सीलाई २-१ गोलअन्तरले पराजित

। इंग्लिस प्रिमियर लिग फुटबलमा सन्डरल्यान्डले चेल्सीलाई २-१ गोलअन्तरले पराजित गरेको छ ।

आइतबार राति भएको सिजनको अन्तिम खेलमा सन्डरल्यान्डको जितमा ट्राइ हुमले एक गोल गर्दा एक गोल उपहार पाएको थियो। चेल्सीका कोल पाल्मरले एक गोल गरे ।

खेलको २४औं मिनेटमा हुमले गोल गर्दै सन्डरल्यान्डलाई अग्रता दिलाएका थिए । ४९औं मिनेटमा चेल्सीका मालो गस्टोबाट आत्मघाती गोल भएपछि सन्डरल्यान्डको अग्रता दोब्बर भयो ।

५५औं मिनेटमा पाल्मरले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेपनि पर्याप्त हुन सकेन । ६१औं मिनेटमा वेसले फोफाना रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो ।

जितपछि सन्डरल्यान्ड ३८ खेलमा ५४ अंकका साथ सातौं स्थानमा रहेर सिजन सकायो । चेल्सी ५२ अंकसहित १०औं स्थानमा रह्‍यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्लिस प्रिमियर लिग सिजनको अन्तिम खेलमा म्यान्चेस्टर सिटीले घरेलु मैदानमै एस्टन भिल्लासँग हार बेहोरेको छ । आइतबार राति भएको खेलमा सिटीलाई भिल्लाले २-१ गोलअन्तरले हराएको हो । खेलमा सुरुवाती अग्रता लिएको भएपनि सिटीले जोगाउन सकेन । खेलको २४औं मिनेटमा एन्टोइन सेमेन्योले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा भिल्लाले २ गोल फर्कायो । ४६औं र ...
। टोटनहम हटस्पर इंग्लिस प्रिमियर लिगदेखि रेलिगेसनमा पर्नबाट जोगिएको छ । आइतबार राति भएको खेलमा एभर्टनलाई १-० ले हराएसँगै टोटनहम रेलिगसेन हुनबाट जोगिएको हो । टोटनहमको जितमा जोआओ पालिन्हाले ४२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । त्यसपछि दुवै टिमबाट कुनै गोल हुन सकेनन् । जितपछि टोटनहम ३८ खेलमा ४१ अंक जोडेर १७औं स्थानमा रहेर सिजन फिनिस ...
। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले ब्राइटनमाथि ३-० को सहज जित निकालेको छ । आइतबार राति भएको सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राइटनलाई उसैको मैदानमा पराजित गरेको हो । युनाइटेडको जितमा प्याट्रिक डोर्गु, ब्रायन एमबेउमो र ब्रुनो फर्नान्डेसले १-१ गोल गरे । खेलको ३२औं मिनेटमा डोर्गुले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ४३औं मिनेटमा एमबेउमोले गोल ...
: नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दविरुद्ध पद दुरुपयोगको मुद्दा दर्ता भएको छ । क्यानका अध्यक्ष चन्दमाथि २०८३ वैशाख १६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पद दुरुपयोगसम्बन्धी मुद्दा दर्ता भएको थियो । आयोगले सोही मुद्दालाई वैशाख २९ मा युवा तथा खेलकुद मन्त्रालयलाई पठाएको थियो । यहि विषयलाई मन्त्रालयले वैशाख ३१ मा राखेपलाई १० दिनभित्र ...
। जापानमा हुने एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटतर्फको छनोट प्रतियोगिता सिंगापुरमा ३१ मे देखि सुरु हुँदैछ । प्रतियोगितामा सहभागी हुने नेपाली क्रिकेट टोलीको घोषणा पनि आइतबार भइसकेको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा नेपालसँगै मलेसिया, कतार र चीन पनि छन् । समूह बी मा भने ओमान, हङकङ, बहराइन र सिंगापुर छन् ...