। इंग्लिस प्रिमियर लिगमा लिभरपुलले ब्रेन्टफोर्डसँग १-१ गोलको बराबरी खेलेको छ ।
आइतबार राति घरेलु मैदानमा भएको खेलमा ५७औं मिनेटमा कर्टिस जोन्सको गोलमार्फत अग्रता लिएको लिभरपुलले उक्त अग्रता धेरैबेर जोगाउन सकेन ।
६३औं मिनेटमा केभिन स्केडले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि कुनै पनि टोलीबाट थप गोल हुन सकेनन् ।
इजिप्टियन फरवार्ड मोहमद सालाहको यो लिभरपुलका लागि अन्तिम खेल थियो । उनले सिजनको अन्त्यमा क्लब छाड्ने कुरा यसअघि नै सार्वजनिक भइसकेको छ ।
आफ्नो अन्तिम खेलमा सालाहले जोन्सको गोलमा असिस्ट गरे । उनले लिभरपुलका लागि सर्वाधिक असिस्ट गर्ने स्टेभेन जेरार्ड (९२) को कीर्तिमान तोडे । सालाह प्लेयर अफ द म्याच समेत भए ।
बराबरीपछि लिभरपुल ३८ खेलमा ६० अंकका साथ पाँचौं स्थानमा रहेर च्याम्पियन्स लिगमा भने स्थान सुरक्षित गर्न सफल भएको छ ।
ब्रेन्टफोर्ड भने ५३ अंकसहित नवौं स्थानमा रह्यो ।