। इंग्लिस प्रिमियर लिग च्याम्पियन आर्सनलले सिजनको अन्तिम खेलमा क्रिस्टल प्यालेसमाथि २-१ गोलअन्तरको जित हासिल गरेको छ ।
प्यालेसको मैदानमा भएको खेलमा आर्सनलका लागि ४१औं मिनेटमा गाब्रियल जेससले गोल गर्दै अग्रता दिलाएका थिए ।
४७औं मिनेटमा नोनी माडुएकेले गोल गर्दै अग्रता दोब्बर पारे । प्यालेसका जिन फिलिपे माटेटाले सान्त्वना गोल फर्काए ।
जितपछि आर्सनलको ३८ खेलमा ८५ अंक भयो । प्यालेस भने ४५ अंक जोडेर १५औं स्थानमा फिनिस गर्यो ।