मुख्य समाचार
गोरखा मिडियालाई घर खाली गर्न १५ दिने म्याद, ग्यालेक्सी टिभीका सामान लिलाम गर्ने चेतावनी
गोरखा मिडियालाई घर खाली गर्न १५ दिने म्याद, ग्यालेक्सी टिभीका सामान लिलाम गर्ने चेतावनी

। काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा.लि.लाई घर खाली गर्न सूचना जारी गरेको छ । महानगरले मंगलबार ‘ग्यालेक्सी फोर के’ टेलिभिजन रहेको घर खाली गर्न प्रालिलाई १५ दिने सूचना जारी गरेको हो ।

सूचनामा समायवधिभित्र कानूनबमोजिम सरसमान नलगे महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन, २०७५ को दफा ७० बमोजिम लिलाम हुने सूचनामा उल्लेख छ ।

‘निर्णय कार्यान्वयन गरेको ६ महिना पूरा भएकाले ग्यालेक्सी फोर केमा भएका सामानहरू लिलाम गरिपाऊँ भनी वादी मृगेन्द्र मिश्रको मिति २०८३ वैशाख २१ मा निवेदन पेश भएकाले यो सूचना प्रकाशन गरिएको छ,’ अन्तिम पटकका लागि भन्दै जारी सूचनामा लेखिएको छ ।

२८ साउन २०८२ मा उच्च अदालत पाटनबाट दुई महिनाभित्र न्यायिक समितिबाट भएको निर्णय कार्यान्वयन गर्नू भनेर महानगरपालिका समेतको नाममा परमादेशको आदेश जारी भएको थियो ।

अदालतको आदेशबमोजिम १४ कात्तिक २०८२ मा महानगरबाट टोली खटिएर निर्णय कार्यान्वयन गरिएको सूचनामा उल्लेख छ ।

त्यसअघि मिश्रले भाडा असुल उपर गरी घर जग्गा खाली गराइदिन भन्दै गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राईको नाममा महानगरपालिको न्यायिक समितिमा मुद्दा हालेका थिए ।

समितिले १४ कात्तिक २०८१ मा माग दाबीबमोजिमको घर जग्गाको बहाल रकम र बहाल कर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ बमोजिम प्रतिवादीबाट भराई घरजग्गासमेत खाली गराइदिने ठहर्ने निर्णय गरेको थियो ।

जीबी राईले सहकारी संस्थाका रकम अपचलन गरी गोरखा मिडिया प्रालिबाट सन्चालित ग्यालेक्सी फोरके टेलिभिजनमा लगानी गरेका थिए । त्यसको खुलासा भएपछि उनी हाल फरार छन् । जीबीसँग मिलेर ग्यालेक्सी टेलिभिजनमा काम गरेका रास्वपा सभापति रवि लामिछानेले समेत सहकारी संस्थाको रकम अपचलनको मुद्दा खेपीरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग छलफल गर्ने भएका छन् । उनले मंगलबार बिहान (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग सामूहिक छलफल गर्ने भएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले बिहान ११:३० बजे सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय ...
। सरकारले अमेरिका, कतार, मलेसिया र सिंगापुरसँग पारस्परिक सहायता सम्बन्धी सम्झौता गर्ने गरि प्रक्रिया अगाडि बढाएको छ । छिमेकी मुलुक भारत र चीनसँग नेपालले यस्तो सम्झौता गरिसकेको छ । बाँकी मुलुकसँग पनि सम्झौताको प्रक्रिया अगाडि बढेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले जानकारी दिइन् । ‘चीन र भारतसँग पारस्परिक सहायता सम्बन्धी सम्झौता सम्पन्न भइसकेको छ,’ ...
। सर्वोच्च अदालतले नजिर र कानूनको सिद्धान्त प्रतिकूल फैसला वा निर्णय गर्दैमा कुनैपनि न्यायाधीशलाई अदालतको अवहेलना गरेको आरोपमा मुद्दा चलाउन नमिल्ने व्याख्या गरेको छ । उच्च अदालत पाटनका न्यायाधीशहरूले नजिरको सिद्धान्त विपरीत विवादित प्रकृतिको आदेश गरेको भन्दै सर्वोच्च अदालतमा अवहेलनाको कारवाहीको माग सहित निवेदन दर्ता भएको थियो । त्यही निवेदनमा न्यायाधीशहरू शारंगा सुवेदी र मेघराज पोखरेलको इजलासले ...
। सरकारका प्रवक्ता सस्मित पोखरेलले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्री बालेन शाहको कुनै सम्बन्ध नरहेको बताएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘सभापतिज्यू आफ्नै ढंगले जाँदै हुुनुहन्छ । प्रधानमन्त्रीज्यूको त्यससँग केही सम्बन्ध छैन,’ उनले भने । उनले प्रधानमन्त्री शाह अहिले भारत मात्रै नभइ अन्य कुनै पनि देशको भ्रमणको ...
। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न मुख्य ४ वटा निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि निर्णयहरू सार्वजनिक गरेका हुन् । उनका अनुसार, नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोललाई नियुक्त गर्ने लगायतका ४ वटा निर्णय भएका छन् । यस्ता छन् बैठकका निर्णयहरू: –नेपाल चीन जोड्ने विद्युत् प्रशारण लाइन आयोजना चिलिमे ...